२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइमा पनि यी ८ लक्षण देखापरेको छ ? सावधान ! यी गम्भीर रोगका संकेत पनि हुनसक्छ

२०७५, २२ आश्विन सोमबार ११:४१

हामी कतिपय समस्याहरुलाई सामान्य रुपमा लिइरहेका हुन्छौं | तर यी सामान्य कुराहरुलाई बेवास्ता गर्दा गर्दै अर्दै गम्भीर रोगले समातिसकेको हामी पत्तो नै पाउदैनौं | सावधान तपाईको शरीरमा पनि यस्तो समस्या छ ? हुनसक्छ गम्भीर रोग |

१. सुख्खा नङ

स्वस्थ नङका लागि हड्डी पनि स्वस्थ हुनु आवश्यक हुन्छ । यदि शरीरमा क्याल्सियम वा म्याग्नेसियमको कमी छ भने नङ पनि सुख्खा हुन्छ । त्यसकारण नङ सुख्खा भएको छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ ।

२. पिसाबमा रगत आउनु

पिसाबमा यदि रगत देखिन्छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ । पिसाबमा रगत आउनु प्रोस्टेट क्यान्सर या प्रोस्टेट वृद्धिको संकेत हुन सक्छ । यसका अलावा मूत्राशय वा मिर्गौलाको क्यान्सर या पत्थरीका कारण पनि यस्तो हुन सक्छ । मिर्गौलाको रोग या कुनै चोटका कारण पनि पिसाबबाट रगत आउन सक्छ ।

३. लगातार कम्मर दुखाई

लगातार कम्मर दुखाई मिर्गौलाको रोग या खराबीको कारण हुन सक्छ । यद्यपि सधैं यस्तो भने हुँदैंन । विशेषज्ञका अनुसार कम्मर दुख्ने व्यक्तिहरुमा १० जनामा एकजनामा मिर्गौलाको पत्थरी हुन्छ ।

४. धेरै पसीना आउनु या शरीर सुन्निनु

धेरै पसीना आउनु या शरीर सुन्निनु थाइराइडको संकेत हुन सक्छ । अक्सर शरीरमा मेटाबोलिजमको दर धेरै बढ्यो भने कि धेरै पसीना आउछ या कि पसीना नै आउन बन्द हुन्छ । कतिपय अवस्थामा पसीनाका साथै बेचैनी पनि बढ्छ । यसका अलावा शरीरका केही भाग जस्तै, अनुहार, आँखा, औंला आदि सुन्निन्छ भने थाइराइडको संकेत हुन सक्छ ।

५. बंगारा दुख्नु

कहिलेकाही लामो समयसम्म चुइङगम चपाउनाले बंगारामा दुखाई हुन्छ । तर, कहिलेकाही यो हृदयाघातको संकेत पनि हुन सक्छ । यद्यपि यस्तो संकेत देखिनेबित्तिकै डाक्टरसंग सल्लाह लिने समय पाइन्छ ।

६. मुख गन्हाउनु

ब्रस गरेपछि पनि मुख गन्हाउन छाडेन भने फोक्सोको समस्याको कारण हुन सक्छ । फोक्सोको रोग, दम, सिस्टिक फाइब्रोसिस आदि समस्यामा उच्च अम्लीय गन्हाउने समस्या हुन्छ । गन्ध जति अम्लीय हुन्छ, उति गम्भीर बिरामीको समस्या हुन्छ ।

७. पेट दुख्नु

पेट दुख्नु झन् गम्भीर रोगका संकेत हुन सक्छन् । कलेजोमा खराबी, मिर्गौला, कोलाइटिस अल्सर हुन सक्छ । यदि पेट फुल्यो भने अल्सर फुट्ने संकेत हुन सक्छ ।

८. जिब्रो लर्बराउनु

यदि शरीर कमजोर हुनुका साथै जिब्रो पनि लर्बराउँछ भने प्यारालाइसिसको लक्षण हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला