२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कन्डमबिनै गर्भ नरहने गरि यौनसम्पर्क कसरी राख्ने ? यौन टिप्स

२७ आश्विन २०७५, शनिबार १६:३९

टिप्स | हाम्रो समाजमा बिबाह गरे पछी श्रीमान श्रीमती दुवैलाइ जति सक्यो चाडों सन्तान जन्माउनु पर्ने दबाव हुन्छ । कुनै कुनै परिवारमा पहिले कोहि नामर्द वा बाझोपन छ छैन भन्ने कुरा हेरेर नवबिबाहितलाइ चाडों बच्चा जन्माएर आफ्नो प्रजनन क्षमता प्रमाणित गर्नु पर्ने बाध्याता समेत रहेको पाइन्छ ।

पहिले पहिले गर्भ निरोधक उपाय अहिले को जस्तै बिकशित भैसकेको थिएन र नियमित यौन सम्पर्क पछी बच्चा नजन्मदा त्यसलाई बाझोपन कै अर्थमा लिइन्थ्यो । अहिले गर्भ निरोधक का अनेक उपाय अबलम्वन गरिने हुँदा ति कुराहरु सान्दर्भिक छैन ।

केहि समयको अन्तराल पछी जन्माउन नै गर्भ निरोधकका विभिन्न उपाय बिकशित भएका हुन तर यी विभिन्न उपायको प्रभावकारिता भने फरक फरक हुन्छ । इम्लानटको प्रभावकारिता ९९ .९५ प्रतिशत, कपरटिको ९९ .२० प्रतिशत छ भने तिन महिने सुइ को ९७ प्रतिशत छ । 

कन्डमको कुरा गर्दा नियमित रुपमा सहि तरिकाले प्रयोग गर्दा यसको प्रभाव कारिता ९८ प्रतिशत सम्म हुन सक्छ । तर सामान्य रुपमा प्रयोग गर्दा ८५ प्रतिशत सम्म देखिएको छ । बाह्य स्खलनको विधिलाई सहि ढंगले प्रयोग गर्दा यसको प्रभावकारिता ७३ प्रतिशत सम्म मात्र हुन्छ ।

विर्य स्खलन योनी भित्रै भएको स्थितिमा पनि गर्भ धारणका लागि डिम्ब निष्काशनको समय संग तालमेल मिल्नु आवश्यक छ । श्रीमान कत्तिको अव्यस्त छन् यस कुराले पनि प्रभाव पार्छ । विर्य स्खलन हुनु ठिक अघि योनी बाट लिङ्ग झिक्ने बिधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो तरिका अपनाउन गार्हो हुन्छ ।

अब विर्य स्खलन हुने लाग्यो भनेर राम्रो संग थाहा नपाउदा लिङ्ग झिक्न ढिलो भै विर्य योनी भित्रै या योनी खेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि अबलम्बन गरिएको बिधि काम नलाग्ने भै दिन्छ । त्यस बाहेक उत्तेजनाको श्रोत जे सुकै भए पनि योन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पमा देखिन्छ । 

यसमा सामान्यतया शुक्र किट हुदैँन । त्यसैले सामान्य अवस्थामा यो रस सम्पर्क बाट गर्भ रहदैन । तर कति पय अवस्थामा यदि केहि समय पहिले हस्त मैथुन गरेर वा योन सम्पर्क गरेर विर्य स्खलन गरेको भए गर्भ रहने सम्भावना ज्यादै रहन्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै