२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरूले हस्तमैथुन गर्नुको कारण यस्तो पो रहेछ !

२०७५, ८ कार्तिक बिहीबार ०८:१५

सुरक्षित यौन क्रियाकलापमा पहिलो मानिन्छ हस्तमैथुन । हस्तमैथुन एकल यौन क्रियाकलाप हो । यौन क्रियाकलापका बारेमा गरिएका खोज अनुसन्धान अनुसार स्वास्थ्य र सम्बन्धहरूमा हस्तमैथुनका धेरै फाइदाहरू हुन्छन् । 

हस्तमैथुनबाट पुरूषहरूले मात्र होइन महिलाहरूले पनि भरपूर फाइदा प्राप्त गर्न सक्छन् । यी फाइदाहरू यस प्रकार छन् ।

१. हस्तमैथुन सामान्य क्रिया

विभिन्न अनुसन्धान  अनुसार सम्पूर्ण महिलाले आफ्नो जीवनकालमा कम्तिमा एकपटक हस्तमैथुन गरेको पाइन्छ । जसको उमेरसँग कुनै सम्बन्ध रहँदैन । हस्तमैथुन गर्दा महिलाले प्रायः औँला र विद्युतीय कम्पन दिने वस्तुको प्रयोग गरेको पाइन्छ । 

महिलाहरूले हस्तमैथुन गरेर आफ्नो यौनसाथी थाकेको बेला अथवा बाहिर गएको बेला पनि उत्तिकै सन्तुष्टि लिन सक्छन् ।

२. मनस्थिति ताजा राख्न हस्तमैथुन 

यौनसाथी बिना नै हस्तमैथुन गर्न सकिने हुनाले विभिन्न तनावबाट महिलाले मुक्ति पाउँछिन् । एकल यौन क्रियाकलापले महिलाहरूमा थप शक्ति बढाउनुको साथै उदास मनस्थितिमा सुधार ल्याउँछ । 

यो क्रियाकलाप एकल हुने हुँदा महिलाले यौनसाथीको सन्तुष्टिको चिन्ता बिना नै पूर्ण अनुभव लिन सक्छन् । आफ्नो यौनसाथीबाट चरम सुखमा पुग्न नसक्दा पनि महिलाहरू निराश हुने गर्छन् । त्यस्तो निराशाबाट मुक्ति पाउने सबैभन्दा राम्रो उपाय पनि हस्तमैथुन हो ।

३. यौनजीवनमा सुधार

कतिपय महिलाले हस्तमैथुन गर्दा आफ्नो भविष्यको यौन जीवनमा खराव असर पर्ने हो कि भनेर भ्रम र चिन्ता पालेका हुन्छन् । उनीहरूलाई आफ्नो हस्तमैथुन गर्ने बानीले यौनसाथीलाई सन्तुष्टि दिन असफल भइएला भन्ने कुराले पनि सताएको हुन्छ । तर हस्तमैथुनले यौनसाथीसँगको सम्बन्धमा सुधार ल्याउन सक्छ ।

हस्तमैथुन गर्ने महिलाले आफूलाई सन्तुष्टि मिल्ने कुराको महशुस गरेका हुन्छन् र आत्मविश्वासका साथ यौनजीवनमा साथीसँग यौनसम्पर्क राख्न सक्छन् । कतिपय अवस्थामा त आफ्नो यौनसाथीलाई यौनक्रियाका बारेमा सिकाउन पनि सक्छन् । उत्तेजनात्मक वस्तुको साथ हस्तमैथुन गर्ने महिलाको यौनजीवनमा साथीसँगको यौनसम्बन्ध राम्रो रहन्छ । अझ हस्तमैथुन गर्ने महिलाले यौनसम्पर्कका बेला आफ्नो यौनसाथीलाई भरपूर सहयोग गरेर यौनजीवनलाई अझै सफल बनाइरहेका हुन्छन् ।

४. आनन्द महसुस 

हस्तमैथुनले आनन्द लिन सहयोग गर्छ । सामान्यतया महिलाहरू बढी नै तनावग्रस्त रहने गर्दछन् । त्यसैले स्वतः आनन्द दिने क्रियाकलापबाट तनाव भङ्ग हुने हुँदा हस्तमैथुनले महिलालाई तनावरहित र आनन्दित तुल्याउँछ । 

यौनसम्पर्कबाट चरमसुख प्राप्त गर्न नसकेका महिलाले हस्तमैथुनबाट चरमसुख प्राप्त गर्ने हुनाले यो बढ्दा आनन्ददायी हुन्छ |

डा. खेम कार्की

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला