२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! पुरुषहरूमा बाँझोपन ल्याउँछ यी खानेकुराले

२०७५, ११ कार्तिक आईतवार ०७:४७

पछिल्लो केही वर्ष यता नेपालमा बाँझोपनको समस्या तीव्र गतिमा बढ्दो छ । त्यसमा पनि पुरुषमा हुने बाझोपनको ग्राफ निकै तीव्र गतिमा बढ्दो छ ।

बाँझोपन बढ्नुमा जीनको मात्र दोष नभई अस्वस्थकर खानपान, धूमपान, मद्यपान आदि कुराको सेवनले पनि बाँझोपनको समस्या बढ्ने गरेको छ । त्यसबाहेक केही यस्ता खानेकुरा पनि छन् जसको सेवनले सेक्स लाइफमा मात्र असर पार्दैन, पुरुषहरूमा बाँझोपनको समस्या समेत निम्त्याउने गर्छ । के छन् त त्यस्ता खानेकुरा :

१. प्रोसेस्ड मासु

मासु धेरैलाई मन पर्छ । मासु खानु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर कुनै पनि मासु छान्दा सही मासुको छनोट गर्नु जरुरी छ । मासु अर्गानिक छ भने त समस्या हुँदैन तर प्रोसेस्ड मिट खानु स्वास्थ्यका दृष्टिले त्यति फाइदाजनक मानिँदैन । प्रोसेस्ड मिटले स्पर्मको गुणस्तरमा कमी ल्याउने गर्छ ।=

त्यसमा पनि ह्यामवर्गर, हट डग, सलामी लगायतमा प्रयोग हुने प्रोसेस्ड मिटले स्पर्म काउन्ट झण्डै २३ प्रतिशतले कम गर्दछ । प्रोसेस्ड मिटले हर्मोनमा गडबडी गराउने हुँदा यसले प्रजनन प्रणालीमा हानी पुर्‍याउने गर्छ ।

२. फ्याटयुक्त दुग्धजन्य पदार्थ

फ्याटले भरिपूर्ण दूध, चीजजस्ता दुग्धजन्य पदार्थले स्पर्मको प्रभावकारितामा असर पार्ने गर्छ । दैनिक फुल फ्याट दूध पिउनाले पनि स्पर्म काउन्टमा कमी हुनसक्छ । दिनमा कम्तीमा दुईपटक फुल फ्याट डेयरी प्रोडक्टको सेवनले यस किसिमको नोक्सान हुनसक्छ ।

३. चिनीयुक्त पेय पदार्थ

कोक, फ्यान्टा, स्प्राइट, सोडाजस्ता चिनीयुक्त पेय पदार्थ तथा कार्बोहाइड्रेटले पनि शरीरमा असर पार्ने गर्छ । एक अनुसन्धानले जनाए अनुसार एक दिनमा एकपटक भन्दा बढी पटक सुगर तथा कार्बोहाइड्रेट डि्रंक्स पिउँदा स्पर्मको गुणस्तरमा र्‍हास आउँछ ।

सुगर बढी सेवन गर्दा इन्सुलिन रजिस्टेन्टलाई बढाएर अक्सीडेटिभ स्ट्रेस पैदा गर्दछ । जसका कारण स्पर्मको प्रभावकारितामा र्‍हास आउन सक्छ ।

४. कीटनाशक औषधी प्रयोग गरिएका खानेकुरा

सकेसम्म किटानाशक औषधी प्रयोग गरेको खानेकुरा खानबाट बच्नु पर्छ । किटनाशक औषधीको प्रयोग गरी तयार पारिएको फलफूल तथा तरकारीले स्पर्म काउन्ट कम गरिदिन्छ । यसमा प्रोसेस्ड मिट, स्याउ, स्ट्रबेरी, अंगूर, गोलभेँडा, पालुङ्गो, काँक्रो इत्यादि पर्दछन् । कीटनाशक तथा हर्मोन्सको असर यी कुराहरूमा धेरै पर्दछ । त्यसैले यस्ता खानेकुरा प्रयोग गर्नुपूर्व खानपानमा विशेष ध्यान दिन जरुरी छ । साथै यसकेा प्रयोग गर्नुअघि राम्रोसँग धुन, पखाल्न जरुरी छ ।

५. क्याफिन

चिया, कफी धेरै मन पर्ने मानिसहरूका लागि यस्ता बानी महँगो साबित हुनसक्छ । चिया, कफीजस्ता क्याफिनयुक्त पदार्थको सेवनले प्रजनन क्षमतामा असर पुर्‍याउँछ । चिया, कफी छोड्न नसकिए पनि यसको सेवन कमभन्दा कम गर्ने प्रयास गराँै ।

६. जंकफुड

जुन खानेकुरामा फ्याट तथा सुगरको मात्रा बढी हुन्छ, त्यस्ता खानाले पाचन प्रणाली, मुटु तथा प्रजनन कोषिकाहरूलाई हानि पुर्‍याउँछ । यस्ता खानाले पुरुषको स्पर्म काउन्ट -शुक्रकीट)को विकासमा असर पुर्‍याउने गर्छ । यसमा स्टेराइड पनि सामेल हुन्छ । यसरी पुरुषहरूले शरीर बनाउने चक्करमा बाँझोपन निम्त्याउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला