२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! पुरुषहरूमा बाँझोपन ल्याउँछ यी खानेकुराले

११ कार्तिक २०७५, आईतवार ०७:४७

पछिल्लो केही वर्ष यता नेपालमा बाँझोपनको समस्या तीव्र गतिमा बढ्दो छ । त्यसमा पनि पुरुषमा हुने बाझोपनको ग्राफ निकै तीव्र गतिमा बढ्दो छ ।

बाँझोपन बढ्नुमा जीनको मात्र दोष नभई अस्वस्थकर खानपान, धूमपान, मद्यपान आदि कुराको सेवनले पनि बाँझोपनको समस्या बढ्ने गरेको छ । त्यसबाहेक केही यस्ता खानेकुरा पनि छन् जसको सेवनले सेक्स लाइफमा मात्र असर पार्दैन, पुरुषहरूमा बाँझोपनको समस्या समेत निम्त्याउने गर्छ । के छन् त त्यस्ता खानेकुरा :

१. प्रोसेस्ड मासु

मासु धेरैलाई मन पर्छ । मासु खानु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर कुनै पनि मासु छान्दा सही मासुको छनोट गर्नु जरुरी छ । मासु अर्गानिक छ भने त समस्या हुँदैन तर प्रोसेस्ड मिट खानु स्वास्थ्यका दृष्टिले त्यति फाइदाजनक मानिँदैन । प्रोसेस्ड मिटले स्पर्मको गुणस्तरमा कमी ल्याउने गर्छ ।=

त्यसमा पनि ह्यामवर्गर, हट डग, सलामी लगायतमा प्रयोग हुने प्रोसेस्ड मिटले स्पर्म काउन्ट झण्डै २३ प्रतिशतले कम गर्दछ । प्रोसेस्ड मिटले हर्मोनमा गडबडी गराउने हुँदा यसले प्रजनन प्रणालीमा हानी पुर्‍याउने गर्छ ।

२. फ्याटयुक्त दुग्धजन्य पदार्थ

फ्याटले भरिपूर्ण दूध, चीजजस्ता दुग्धजन्य पदार्थले स्पर्मको प्रभावकारितामा असर पार्ने गर्छ । दैनिक फुल फ्याट दूध पिउनाले पनि स्पर्म काउन्टमा कमी हुनसक्छ । दिनमा कम्तीमा दुईपटक फुल फ्याट डेयरी प्रोडक्टको सेवनले यस किसिमको नोक्सान हुनसक्छ ।

३. चिनीयुक्त पेय पदार्थ

कोक, फ्यान्टा, स्प्राइट, सोडाजस्ता चिनीयुक्त पेय पदार्थ तथा कार्बोहाइड्रेटले पनि शरीरमा असर पार्ने गर्छ । एक अनुसन्धानले जनाए अनुसार एक दिनमा एकपटक भन्दा बढी पटक सुगर तथा कार्बोहाइड्रेट डि्रंक्स पिउँदा स्पर्मको गुणस्तरमा र्‍हास आउँछ ।

सुगर बढी सेवन गर्दा इन्सुलिन रजिस्टेन्टलाई बढाएर अक्सीडेटिभ स्ट्रेस पैदा गर्दछ । जसका कारण स्पर्मको प्रभावकारितामा र्‍हास आउन सक्छ ।

४. कीटनाशक औषधी प्रयोग गरिएका खानेकुरा

सकेसम्म किटानाशक औषधी प्रयोग गरेको खानेकुरा खानबाट बच्नु पर्छ । किटनाशक औषधीको प्रयोग गरी तयार पारिएको फलफूल तथा तरकारीले स्पर्म काउन्ट कम गरिदिन्छ । यसमा प्रोसेस्ड मिट, स्याउ, स्ट्रबेरी, अंगूर, गोलभेँडा, पालुङ्गो, काँक्रो इत्यादि पर्दछन् । कीटनाशक तथा हर्मोन्सको असर यी कुराहरूमा धेरै पर्दछ । त्यसैले यस्ता खानेकुरा प्रयोग गर्नुपूर्व खानपानमा विशेष ध्यान दिन जरुरी छ । साथै यसकेा प्रयोग गर्नुअघि राम्रोसँग धुन, पखाल्न जरुरी छ ।

५. क्याफिन

चिया, कफी धेरै मन पर्ने मानिसहरूका लागि यस्ता बानी महँगो साबित हुनसक्छ । चिया, कफीजस्ता क्याफिनयुक्त पदार्थको सेवनले प्रजनन क्षमतामा असर पुर्‍याउँछ । चिया, कफी छोड्न नसकिए पनि यसको सेवन कमभन्दा कम गर्ने प्रयास गराँै ।

६. जंकफुड

जुन खानेकुरामा फ्याट तथा सुगरको मात्रा बढी हुन्छ, त्यस्ता खानाले पाचन प्रणाली, मुटु तथा प्रजनन कोषिकाहरूलाई हानि पुर्‍याउँछ । यस्ता खानाले पुरुषको स्पर्म काउन्ट -शुक्रकीट)को विकासमा असर पुर्‍याउने गर्छ । यसमा स्टेराइड पनि सामेल हुन्छ । यसरी पुरुषहरूले शरीर बनाउने चक्करमा बाँझोपन निम्त्याउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक