२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ७ किसिमका हुन्छन् यौन-पाटनर, तपाई कस्तो हुनुहुन्छ ? जान्नुहोस्

२०७५, ११ कार्तिक आईतवार ०८:४४


भनिन्छ, दाम्पत्य सम्बन्ध कति सुमधुर छ भन्ने कुरा उनीहरुको यौन जीवनले पनि निर्धारण गर्छ । के पनि भनिन्छ भने, सफल यौन जीवनले दम्पतीको सम्बन्ध प्रगाढ बनाउने मात्र होइन, निरोगी पनि हुन्छ । तर, यसका लागि त्यो यौन क्रिया रचनात्मक र सक्रिय हुनुपर्छ ।

यौनका अनेक प्रवृत्ति हुन्छन् । यसका तौर तरिका, विधी हुन्छन् । शारीरिक तथा मानसिक तनाव हटाउने विधी पनि हो, यौन । यौन शारीरिक क्रिया भएपनि यसमा भावना जोडिएको हुन्छ । त्यसैले यौन क्रिया र त्यसबाट लिने सन्तुष्टि सबैमा एकरुपता हुँदैन । खासगरी पार्टनरको सोचाई, बुझाई आदिले यसमा खास भूमिका खेल्छ । किनभने, यौन साथी एकैखाले हुँदैनन्, धेरै थरीका हुन्छन् । कस्ता कस्ता हुन्छन् त यौन साथी ?

रोमान्टिक पार्टनर

यस्तो दम्पती यौन सम्पर्कका बेला निकै मस्ती गर्छन् । पार्टनरलाई उत्तेजित गराउनका लागि अनेक जुक्ति निकाल्छन् । साथै आफ्ना पार्टनरबाट पनि यस्तो अपेक्षा गर्छन् कि, उनले पनि यौनमा सक्रियतापूर्वक सहभागी जनाओस् । यस्ता दम्पती यौन सम्बन्धको क्रममा यस्तो सेक्सअल फ्यान्टासीबाट प्रेरित हुन्छ, जो उनीहरुले कहि देखेको वा पढेको हुन्छ । उनीहरुको यौन जीवन सफल र सन्तुष्ट हुन्छ ।

उदासिन पार्टनर

कति दम्पती यस्ता हुन्छन्, जसको यौन जीवन एकदमै खल्लो हुन्छ । कामको बोझ, पारिवारिक तनाव, रोग, सम्बन्ध अदिको कारण उनीहरुमा यौनप्रति कुनै रुची हुँदैन । यौन मनोविज्ञहरु भन्छन्, ‘कतिपय अवस्थामा सबैकुरा ठीकठाक भएर पनि दम्पती यौनमा उदासिन हुन्छन् ।’ जो पार्टनर यौनमा उदासिन हुन्छन्, उनीहरुले आफ्नो यौन क्षमता पनि गुमाउँछन् । यौन उदासिनताले पार्टनरबीचको सम्बन्धमा समेत खटपट ल्याउन सक्छ । कतिले चाहि आफ्नो यौन इच्छा दबाएर बस्छन् । उनीहरु यौनलाई भन्दा अरु कुरालाई बढी महत्व दिन्छन् ।

यदि पार्टनरले यौन रुची देखाएपनि उनीहरु त्यसमा खासै चासो दिदैनन् । पार्टनरको अनुरोधमा उनीहरु तयार त हुनसक्छन्, तर स्वंम पहल गर्दैनन् । र, सक्रिय पनि हुँदैनन् ।

भावनात्मक रुपले जोडिएका पार्टनर

यस्तो दम्पती यौन सम्बन्धका क्रममा भावनात्मक रुपले पनि आपसमा जोडिने प्रयास गर्छन् । उनीहरुको लागि शारीरिक क्रिया दोस्रो प्राथमिकताका विषय हुन् । उनीहरुको लागि यौन एउटा माध्याम हो, आफ्ना पार्टनरसँग सम्बन्ध बनाउने । यस्तो दम्पतीले यौन सम्पर्कका लागि आफ्ना पार्टनरलाई कहिल्यै दवाव दिदैनन् । उनीहरु मिलनसार र समझदार हुन्छन् । उनीहरु यौन सम्पर्कका क्रममा पनि एकअर्काको सन्तुष्टिमा बढी केन्दि्रत हुन्छन् ।

अधिक विश्वासिला पार्टनर

यस किसिमको दम्पती जीवनलाई सुमधुर र सुखद बनाउने विधीको रुपमा यौनलाई लिन्छन् । उनीहरु आफ्नो दैनिक जीवनयापनका क्रममा आइपर्ने झन्झट, तनाव आदि हटाउनका लागि यौनको साहारा लिन्छन् । साथै यौन जीवन सफल बनाउन योग, व्यायाम, ध्यान गर्छन् । उनीहरुको सोचाई हुन्छ कि, यौन नै तनाव कम गर्ने राम्रो औषधि हो ।

यौनमा लत भएका पार्टनर

कुनै दम्पती यस्ता हुन्छन्, जसले यौनलाई सर्वोपरी ठान्छन् । मौका पाउनसाथ उनीहरु यौनको आनन्द उठाउन छाड्दैनन् । पार्टनरले रुची राखोस् वा नराखोस्, परिस्थिती अनुकुल होस् वा प्रतिकुल, उनीहरु वेपर्वाह यौनमा तल्लिन हुन रुचाउँछन् । यस्ता पार्टनर आफ्नो सन्तुष्टिमा केन्दि्रत हुन्छन् । यौनमा लत भएकाहरुले पार्टनरलाई केवल आफ्नो यौन तृप्त गर्ने साधनको रुपमा बुझ्छन् ।

कामुक पार्टनर

यस्ता दम्पती कामुक प्रवृत्तिका हुन्छन् । उनीहरुमा यौनको इच्छा एकदमै तिब्र हुन्छ । उनीहरुको सम्बन्ध जहिलेपनि तातिरहेको हुन्छ । यौन मनोविज्ञका अनुसार यस्ता दम्पतीले यौनलाई नै महत्वपूर्ण हिस्सा ठान्छन् । यहि कारण यौन सम्बन्धका क्रममा उनीहरु आक्रमक पनि हुने गर्छन् ।

स्वार्थी पार्टनर

केहि यस्ता यौन साथी हुन्छन्, जो शारीरिक सम्बन्धका बेला केवल आफ्नो सन्तुष्टिलाई मात्र ध्यान दिन्छन् । उनीहरु चाहन्छन् कि, बेडरुममा आफुले जे चाह्यो पार्टनर त्यही अनुरुप प्रस्तुत भइदियोस् । हरेक यौन क्रिया उनी आफ्नो ढंग र रुची अनुसार गर्न चाहन्छन् । उनीहरु आफ्नो पार्टनरको खुसी र सन्तुष्टमा कतिपनि ध्यान दिदैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला