२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भावस्थामा भिडियो एक्स-रे कतिपल्ट गराउने, के धेरै गराउँदा हानी हुन्छ ?

२०७५, १३ कार्तिक मंगलवार ०६:५१

मेडिकल क्षेत्रमा भिडियो एक्स-रे को प्रयोग हुनथालेको करिब ६ दशक भइसकेको छ ! नेपालमा पनि यसको प्रयोग प्राय सबै सानोठूलो अस्पतालमा हुन्छ । एउटा रेडियोलोजिस्टले भिडियो एक्स-रे गर्दा दैनिक जसो कानमा पर्ने प्रश्नमध्ये एउटा हो 'डाक्टर साहब, यो भिडियो एक्स-रे कति पटक गर्ने हो ? अस्ति भर्खर गरेको फेरी गर्दा बचालाई केहि असर पर्ने हो कि  ?' 

यो जिज्ञासा सवैजसो रेडियोलोजिस्टहरु ले पनि धेरै सुन्नु भएको होला । त्यसले आम जानकारीका लागि यही विषयमा केही कुरा प्रस्तुत गर्न खोजिएको हो।

भिडियो एक्स-रे गर्भावस्थामा कम्तिमा १ पटक (भिडियो एक्स-रे को पहुँच नभएको वा अरु कुनै कठिनाई भएकोमा ) देखि ३ पटकसम्म गरिन्छ। पहिलोपटक पहिलो त्रैमासिक अर्थात् १२ हप्तासम्म गर्भको दिन / समय तोक्न, मुटुको धड्कन  र बच्चा बस्नेघर पाठेघरमा भए नभएको हेर्न । दोस्रोपटक दोस्रो त्रैमासिकमा बच्चाको अवस्था थाहा पाउन ( अंगभंग भएको वा राम्रोसँग बनेको वा नबनेको हेर्ने ) । दोस्रो त्रैमासिकको जाँच एकदमै महत्वपूर्ण र अनिवार्य हो । अरु समयको स्क्यान भए वा नभए पनि दोस्रो त्रैमासिकमा हुन अति आवश्यक छ । तेस्रो त्रैमासिकमा बच्चाको अवस्था,  साल र पमनीको अवस्था हेर्न गरिन्छ ।  यी उल्लेखित कारण वा समय भन्दा अरु कारण र समयमा पनि भिडियो एक्स-रे गरिन्छ र गर्नु परेमा सुत्केरीलाइ हेर्ने गाइनेक्लोजिस्ट र रेडियोलोजिस्टको सल्लाह अनुरुप गर्न सकिन्छ।

सामान्यतया भिडियो एक्स-रेले मानव सरिरलै खासै हानी पुर्यासउने गरेको पाइएको छैन।  अहिलेसम्म थाहा भएको मध्ये प्रमुख नकारात्मक प्रभाव कोसिकाहरु तात्तिनु हो तर २.५ डिग्री सेन्टिग्रेड भन्दा माथि भए मात्र हानी हुन्छ, त्यसभन्दा कम भएमा खासै नकारात्मक असर हुँदैन !  प्राय डायग्नोसटिक भिडियो एक्स-रे गर्दा अधिकतम १.५ डिग्री सेन्टिग्रेड(<२.५ ) सम्म तापमान बढ्ने रिसर्चमा उल्लेखित छ । तापमान बढाउने अर्को भिन्न भिडियो एक्स–रे  गर्दा लाग्ने समय हो।  जति लामो समय त्यत्तिनै तापक्रम बढ्छ। कति समयसम्म गर्दा कतिसम्म तापक्रम बढ्छ भन्ने कुरा मेसिनको थर्मल इन्डेक्स (टीआर्इ) बाट थाहा हुन्छ । यही टीआइबाट कति समयसम्म भिडियो एक्स-रे गर्दा हानी हुँदैन भन्ने थाहा हुन्छ। यो फरक–फरक मेसिनको फरक फरक हुने गर्छ तर विदेशका ठूला अस्पतालहरुमा गरिएको  अनुसन्धान अनुसार अहिले प्रयोगमा आइरहेका मेसिनहरुले हानिकारक मात्रामा बढाउँदैनन्।

निस्कर्षमा,  भिडियो एक्स-रे प्रयोग भएको यति लामो समयमा मानव शरीरलाई नकारात्मक असर पुर्याउने कुनै ठोस प्रमाण थाहा भएको छैन। युएसजी  धेरैपटक गरेर गर्भावस्थाको प्रतिफल राम्रो हुने र कम गरेर नराम्रो हुने भन्ने हुँदैन। आमा र गर्भमा रहेको  शिशुको स्वास्थ्यमा भिडियो एक्स-रेबाट पत्ता लाग्ने कुनै प्रकारको समस्या छैन भनेर यकिन गर्न, गर्भको प्रतिफल राम्रो हुनका लागि, शिशुलार्इ हानी नहुने गरी वा सकेसम्म कम हुनेगरी  विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिन भिडियो एक्स-रे को प्रयोग गर्नु पर्दछ । स्वास्थ्य खबर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला