२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो फेसबुकबाट तुरुन्त हटाईहाल्नुस् यी ९ कुरा, यस्तो खतरा होला

२०७५, १४ कार्तिक बुधबार ०७:०८

हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । यतिमात्रै होइन हालै फेसबुक डाटा लीक भएको घटनाले तपाईंको गोपनियता पनि झन् खतरामा पारेको छ ।

९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी सेटिङमा परिवर्तन गरेका छन् ।

यद्यपि फेसबुकले प्रयोगकर्ताको गोपनियतालाई अझै मजबुत बनाउने कामको सुरुआत गरिसकेको दावी गरेको छ । तर, तपाईं आफ्नो फेसबुक सुरक्षित राख्न चाहनुहुन्छ भने फेसबुकबाट यी ९ चिज तुरुन्त डिलिट गरिहाल्नुस् ।

१. धेरै जना फेसबुकमा आफ्नो जन्मदिन सबैले हेर्न मिल्ने गरी राखेका हुन्छन् । तर तपाईंको जन्मदिन अन्य महत्वपूर्ण स्थानमा र डकुमेन्टमा पनि उल्लेख गरिएको हुन्छ । यसमार्फत तपार्ईंको बैंक अकाउन्ट र व्यक्तिगत पूरा विवरण जस्ता चिजमा सजिलै पहुँच पुर्‍याउन सकिन्छ ।

२. फेसबुकमा धेरै जनाले राख्ने अर्को चिज भनेको आफ्नो फोन नम्बर अर्थात् मोबाइल नम्बर हो । तर, मोबाइलन नम्बर सबैले देख्न मिल्ने गरी राख्नु राम्रो हुँदैन । यसमार्फत पनि तपाईंको व्यक्तिगत विवरणसम्म पहुँच पुर्‍याउन सकिन्छ । किनकि मोबाइल नम्बर पनि कयौं महत्वपूर्ण डकुमेन्टहरुमा उल्लेख गरिएको हुन्छ । साथै फोन नम्बरबाट तपाईं कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ ।

३. फेसबुकमा जो मनलाग्यो त्यसलाई साथी बनाउने कामबाट पनि जोगिनु जरुरी छ । कतिपयले साथीहरुको संख्या धेरै देखाउनका लागि जसलाई पनि फ्रेन्ड रिक्वेस्ट पठाउने र रिक्वेस्ट आएमा एसेप्ट गर्ने गर्दछन् । फेसबुकमा भएको चिनजानको आधारमा विश्वास गर्दा कतिपयले आफ्नो पासवर्ड आदान प्रदान गर्छन् ।

पछि दुरुपयोग भएको जानकारी पाएपछि प्रहरीकोमा हारगुहार गर्न जान्छन् । त्यतिमात्रै होइन फेसबुकको निकटताले आपराधिक घटना भएका उदाहरण पनि छन् । त्यसैले राम्रोसँग नचिनेका व्यक्तिहरुसँग साथी नबन्दा नै बेस हुन्छ ।

किनकि तपाईंलाई कसैले व्यक्तिगत स्वार्थ पूर्तिका लागि पनि फ्रेन्ड रिक्वेस्ट पठाएको हुनसक्छ । त्यसैले जसलाई मनलाग्यो उसलाई साथी बनाउनु एकदमै खतरा हुन्छ । फेसबुक फ्रेन्ड बनाउने बेला निकै सावधानी अपनाउनु पर्दछ ।

४. फेसबुकमा धेरैले आफ्ना साना बालबच्चाका वा किशोरावस्थामा पुगेका परिवारका सदस्यहरुको तस्वीर राखिरहेका हुन्छन् । यसो गर्नु पनि खतरनाक हुनसक्छ ।

यदि अझै पनि फेसबुकमा यस्ता फोटा छन् भने हटाइदिनु नै राम्रो हुन्छ । किनकि यसमार्फत् अज्ञात व्यक्तिले तपाईंको पूरै परिवारकोबारेमा जानकारी लिनसक्छ र यसको गलत प्रयोग पनि गर्न सक्छ ।

५. धेरै व्यक्तिहरुले कुनै स्टाटस वा फोटोसँगै आफ्नो लोकेसन पनि राखेका हुन्छन् । कतिपयले त घरभित्रै बसिरहेको बेलामा पनि लोकेसन ट्याग गरेका हुन्छन् ।

यसबाट धेरैलाई थाहा हुन्छ कि तपाईं अहिले कहाँ हुनुहुँदो रहेछ भन्ने कुरा । यसो गर्दा अज्ञात व्यक्तिहरुले पनि तपाईंको घर कहाँ छ भन्ने कुरा वा तपाईं अहिले कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा थाहा पाउँछन् ।

६. कतिपयले त कतै घुम्न जाने बेला घरबाट निस्किएकोदेखि लिएर अहिले कहाँ कहाँ पुगिएको छ भन्ने कुराको समेत जानकारी पलपलमा अपडेट गरेर जानकारी दिइरहेका हुन्छन् । तपाईंको यो बानीले कुनै अपराधिक तत्वलाई तपाईंमाथि आक्रमण गर्ने वा क्षति पुर्‍याउने मौका दिइरहेको हुनसक्छ ।

आजभोलि त केही बीमा कम्पनीहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिन थालेका छन् । कुनै व्यक्तिले सामाजिक सन्जालमा आफ्नो होलिडेको पूरै प्लान पोस्ट गरेको छ भने उनीहरुको इन्स्योरेन्स क्लेमलाई रिजेक्ट गर्न थालिएको छ ।

७. धेरैजनाले फेसबुकमा आफ्नो बोर्डिङ पास सेयर गरेका हुन्छन् । तपाईंले ख्याल गर्नु भएको छ कि छैन, बोर्डिङ पासमा बार कोड राखिएको हुन्छ । यो बार कोडमा तपाईंको बारेमा विस्तृत विवरण हुन्छ जसबाट पूरै जानकारी लिन सकिन्छ । यसलाई प्रयोग गरेर एयरलाइन्स कम्पनीबाट तपाईंको बारेमा पूरै जानकारी निकाल्न सकिन्छ ।

८. कुनै पनि स्थितिमा आफ्नो क्रेडिट कार्डको डिटेल्स फेसबुकमा सेयर नगर्नुहोस् । डाटा लीक हुँदा तपाईंको क्रेडिट कार्डको पूरै डिटेल्स सेयर हुनसक्छ । विदेशमा यस्ता एक दुई घटना भइसकेका छन् । फेसबुक आफैले पनि यसबारेमा प्रयोगकर्तालाई सचेत गराइसकेको छ । म्यासेन्जरमा पनि कसैलाई पनि क्रेडिट कार्डको डिटेल्स नदिनु नै राम्रो हुन्छ ।

९. यदि तपाईं नयाँ सम्बन्धको खुसी साट्न चाहानुहुन्छ भने फेसबुकमा रिलेसनशीप स्टाटस अपडेट नगर्नुहोस् । पछि यदि रिलेसनशीप स्टाटस सिंगल गरियो भने तपाईंलाई समस्या पनि पर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला