२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भवती भएको कसरी थाहा पाउने ? हेर्नुहोस्

२०७५, १४ कार्तिक बुधबार ०७:४४

एजेन्सी, सन्तान जन्मानका लागि महिला गर्भवती हुन्छिन् । कतिपय महिलाहरु चाहेर पनि गर्भवती बन्न सकेका हुँदैनन् । तर केही महिलाहरु भने नचाँहदा नचाँदै पनि गर्भवती बन्न सकिरहेका हुँदैनन् । यी दुवै अवस्था आउनुमा फरक फरक कारण हुन्छन् । कतिपय महिलाहरु मानसिक, आर्थिक र सामाजिक रुपमा परिपक्व नहुँदै सानो असावधानीले पनि गर्भवती हुन्छन् भने कतिपयमा स्वास्थ्यका कारणले लामो प्रयास गर्दा पनि गर्भवती बन्न सकिरहेका हुँदैनन् । महिलाले कसरी थाहा पाउने त आफू गर्भवती भएको ?

–महिला गर्भवती भएको पहिलो लक्षण नै महिनावारी रोकिनु हो । शारिरीक सम्पर्क भएपछि महिनावारी रोकिन्छ ।

–गर्भवती भएपनि प्रायजसो महिलाहरुले स्वयं नै अनुभूति गर्न सक्छन् । जुन प्रायजसो सत्य सावित हुन्छ ।

–गर्भवती भएपछि महिलाको स्तनको टुप्पोमा कालो रङ देखा पर्नुका साथै दुख्ने गर्छ ।

–गर्भवती भएपछि शरीरमा हर्मोनको वृद्धि हुने गरेकाले महिलाहरु चाँडै नै थकान महसुस गर्छन् ।

–गर्भवती महिलाले शरीरमा नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानीपख ज्वरो आउने र शुररुवातका केही महिनामा वान्ता हुने गर्छ । तर बिस्तारै यो समस्या हट्दै जान्छ ।

–बच्चा गर्भमा आएपछि नजन्मेसम्म महिलालाई बारम्बार पिसाव लाग्ने गर्छ । बच्चा बढ्दै गएपछि पिसव नलीमा पाठेघरले निरन्तर चाप दिने र मिर्गौलाबाट पनि अतिरिक्त रसायनहरु बाहिरीने भएकाले औषतमा बढी नै पिसाव लाग्छ ।

–बच्चाको उचित विकासका लागि गर्भवती महिलाले अघिपछि भन्दा बढी पोसिलो खानेकुरा खानुपर्छ । बढी मात्रामा भिटामिन र प्रोटिनयुक्त खानेकुरा खाइरहने हुँदा केही खानेकुरा खान मन पर्दैन । तर खान भने छोड्नु हुँदैन । एस्ट्रोजन हर्मोनको साइडइफेक्टका कारणले कतिपय महिलालाई केही कुराको वास्ना तथा गन्धले पनि एलर्जी हुन सक्छ ।

–गर्भवती महिलामा कहिलेकाँही कब्जियत पनि हुन सक्छ । यस्तो अवस्थामा तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ ।

–बच्चा बढ्दै गएपछि आमाको शरीररमा भएको प्रोटिन बच्चालाई अवश्यक पर्ने भएकाले गर्भवती महिलाहरु कम्जोर भएर काम्ने र बेहोस हुने समस्या पनि आउन सक्छ । त्यसैले धेरै प्रोटिन र भिटामिनयुक्त खाना खानु जरुरी हुन्छ ।

–पेटमा भएको बच्चाको वृद्धि र तौलमा हुने हेरफेरले गर्भवती महिलाको ढाड दुख्ने समस्या हुन्छ ।

–गर्भवती महिलाको मन ज्यादै चन्चल हुन्छ । उनीहरुको व्यवहार छिनछिनमा परिवर्तन हुन्छ । तर सधैं तनाव लिएर मनमा नकारात्मक कुरा खेलाउँदा बच्चाको मानसिक विकासमा पनि असर पर्न सक्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला