२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पकाएका खानेकुरा धेरैबेर राख्ने बानी छ ? एकचोटी पढ्नुहोस् !

२०७५, १७ कार्तिक शनिबार १०:३२

चाडपर्वमा हामी थरीथरीका परिकार बनाउँछौं । आगन्तुकको सत्कार गर्न आफ्नो भान्सामा पकाएको परिकार चखाउँछौं । यतिबेला पाहुना आउने-जाने क्रम चलिरहन्छ । त्यसैले पाहुना आउनुअघि नै खानेकुरा तयार गरेर राख्न सहज लाग्छ हामीलाई ।

त्यसो त अन्य दिनमा पनि हामी खानेकुरा बनाएर राख्छौं, जो केही समय राखेर खाइन्छ । अहिले शहरिय क्षेत्रका कामकाजी दम्पतीले एक पटकमा दुई, तीन छाकका लागि खाना तयार गर्ने चलन पनि छ । आज बनाएको खाना बाँकी राखेर बेलुका वा अर्को बिहानसम्म खाने गरिन्छ । खाना पकाइरहने समयको बचत गर्न र झन्झटबाट मुक्त हुने काइदा हो यो ।

खानेकुरा जब विषालु बन्छ

धेरैजसो खानेकुरा जब पकाएर लामो समय राखिन्छ, त्यो खान योग्य हुँदैन । अर्थात पकाएर राखेको खाना केही समय राखेर सेवन गर्दा त्यसले भोक त मेट्छ, शरीरको आवश्यक्ता पुरा गर्दैन ।

दाल, भात, तरकारी, अचार आदि जो पकाइन्छ, यस्ता खानेकुरा निश्चित अवधीभित्र सेवन गरिसक्नुपर्छ । यदी त्यसो गरिएन भने हामी खानाको रुपमा विष सेवन गर्न पुग्छौं । किनभने लामो समय राखिएको खाना विषाक्त बन्ने प्रक्रियामा हुन्छ ।

पेट भर्ने कि पोषक तत्व प्राप्त गर्ने ?

तपाईं/हामीलाई थाहै छ, खाना खानु भनेको पेट भर्नु वा भोक मेट्नु मात्र होइन । जिब्रोको तलतले मेट्नु मात्र पनि होइन । हामीले खाने खाना खासमा शरीरको लागि हो । शरीरलाई स्वस्थ्य, तन्दुरुस्त, उर्जावान र जीवित राख्नका लागि खाना अपरिहार्य मानिन्छ ।

हामीले खाने खाना यस्तो स्रोत हो, जसबाट शरीरलाई आवश्यक विभिन्न पोषक तत्व प्राप्त हुन्छ । प्रोटिन, क्याल्सिमय, भिटामिन, फाइबर, फलाम आदि तत्वहरु खानेकुराको माध्यामबाट प्राप्त हुन्छ । यी पोषक तत्व हाम्रो शरीरका लागि अनिवार्य हुन् ।

त्यसैले खानेकुरा सेवन गर्नु भनेको त्यसमा रहेको विभिन्न पोषक तत्व ग्रहण गर्नु हो । जब कुनैपनि खानेकुरा पकाएर लामो समय राखिन्छ, त्यसमा रहेको पोषक तत्व क्रमस नष्ट हुँदै जान्छ । त्यती मात्र होइन, रासायनिक प्रतिक्रियाद्वारा त्यो विषाक्त बन्दै जान्छ । त्यसैले निश्चित अवधीभन्दा लामो समय राखेर खाइएको खानाले शरीरलाई रोगी, जीर्ण बनाउँछ ।

खाना विषाक्त बनेपछि

पकाएको खानेकुरा जति जति समय गुजि्रदै जान्छ, उत्तिनै खराब हुँदै जान्छ । निश्चित अवधीपछि उक्त खानेकुरा सड्ने, गल्ने प्रक्रियामा जान्छ । त्यसपछि खानेकुरामा हानिकारक जीवाणुहरु बढ्न थाल्छ । यस्ता खानेकुरा शरीरमा नपच्ने मात्र होइन, हानिकारक समेत हुन्छ । खाना खराब हुँदै जाँदा त्यसमा रहेको ब्याक्टेरिया सात घण्टापछि एक लाख गुना बढ्न पुग्छ । यसले खानामा टक्सिन अर्थात विषाक्त तत्व बढाइदिन्छ ।

पकाउन नजान्दा पनि विषाक्त

चाडपर्वमा हामी खानेकुरा बनाएर लामो समय राख्छौं । कतिपय खानेकुरा पटक पटक तताएर खान्छौं । धेरैजसो खानेकुरा पुनः पकाउँदा पनि त्यो विषालु हुनपुग्छ । यस्ता खानेकुराले हाम्रो स्वास्थ्य खराब गर्छ । भित्री अंगहरु खासगरी कलेजो, मिर्गौला अदिको कार्य संचालनमा बाधा पुर्‍याउँछ ।

शरीरमा विभिन्न रोगको आक्रमण त्यही बेला हुन्छ, जतिबेला हाम्रो शरीरको कार्य क्षमता घट्छ । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । शरीरभित्र विषाक्त तत्व बढ्न थाल्छ । र, यस्तो अवस्थामा आउनुमा खराब खानपान मूख्य हुन्छ ।

सकेसम्म ताजा वा पकाउनसाथ खानेकुरा सेवन गरौं । खानेकुरा पकाउने शैलीले पनि त्यसलाई पोषिलो राख्ने वा विषालु बनाउने भन्ने कुरामा निर्भर गर्छ । हरेक खानाको प्रकृति अनुसार त्यसलाई पकाउने निश्चित विधी र समय हुन्छ । यसरी सबै कुरा मिलाएर पकाएको खानेकुरामा पोषक तत्व रहन्छ ।

जस्तो, हरियो सागपातमा फाइबरको मात्रा बढी हुन्छ । तर, त्यही सागलाई लामो समय पकाइयो भने त्यसको पोषक तत्व नष्ट हुन्छ । दुधमा पनि क्याल्सियम, भिटामिन डि जस्ता थुप्रै किसिमका पोषक तत्व पाइन्छ । तर, दुधलाई निश्चित समयभन्दा बढी पकाइयो भने त्यसमा रहेको पोषक तत्व रहँदैन ।

कुनैपनि  खानेकुरा कसरी पकाइन्छ वा त्यसमा के मिश्रण गरिन्छ भन्ने कुराले पनि पोषक तत्व कति प्राप्त हुन्छ भन्ने कुरा निक्र्यौल गर्छ ।

खानेकुरालाई सही ढंगले भण्डारण गर्ने, पकाउने र खाने गर्नुपर्छ । यसरी खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले ग्रहण गर्छ । अन्याथा, खानेकुरा रोगको स्रोत बन्छ ।

भनिन्छ नि, संसारमा जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा दोब्बर खान नजानेर मर्छन् । 

अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला