३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लक्ष्मी पुजा गर्दै हुनुहुन्छ ? पूजाका लागि कुन समय उत्तम ? हेर्नुहोस्

२१ कार्तिक २०७५, बुधबार ०५:४५

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार धुमधामसँग मनाईरहेका छन् । तिहारको तेस्रो दिन आज लक्ष्मीको पूजा गरेर तिहार मनाईँदै छ । आजको दिन गाईको पूजाका साथमा बेलुका लक्ष्मीको पूजा गरेर लक्ष्मी पूजा मनाउने गरिन्छ ।

आजको दिन लक्ष्मीका साथमा भगवान गणेशको पूजा समेत गरिन्छ । आजको रात लक्ष्मी स्वयं पृथ्वी लोकमा आउने विश्वास गरिन्छ ।

त्यसकारण उनलाई खुशी राख्न विभिन्न प्रकृयाले उनको पूजाआजा र अर्चना गर्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई खुशी तुल्याउन उनको पूजाका साथमा घरघरमा दिप प्रज्वोलन गरि दिपावली समेत मनाउने गरिन्छ ।

यो पटक पनि लक्ष्मी पूजाको विशेष मुहूर्त रहेको छ । शुभ समयमा गरेको लक्ष्मीको पूजाले तपाईँलाई शुभ फल दिन्छ ।

आजको दिन बिहान सूर्योदय पहिलेदेखि नै लक्ष्मी पूजनको दिन शुरु भएको छ र आजको राती करिब १ बजेसम्म अमावस्याको तिथि रहनेछ ।

ज्योतिषहरुकाअनुसार यो पटक दिपावली हस्त उपरान्त चित्र नक्षत्रमा रहेको छ । यो योगलाई परम शुभ मानिएको छ । यो योगलाई कार्यसिद्धि दायक योग पनि भन्ने गरिन्छ ।

लक्ष्मी पुजन र दिपावलीको समय विभिन्न व्यक्तिहरुका लागी अलग अलग तोकिएको छ ।

यसमा,

पेशागत व्यक्तिहरुका लागि दिउँसोको पौने १ बजेदेखि करिब सवा ३ बजेसम्म

किसान तथा कामकाजीहरुका लागि बेलुकाको पौने ५ बजेदेखि करिब सवा ६ बजेसम्म

गृहस्थ तथा व्यापारिहरुका लागि बेलुकाको करिब सवा ६ बजेदेखि पौने ८ बजेसम्म

व्यवसायीहरुका लागि सातको साढे १२ बजेदेखि २ बजेसम्म

त्यसैगरि लग्नका अनुसार लक्ष्मी पुजन तथा दिपावलीको उत्तम समय

बेलुका पौने ७ बजेदेखि सवा ८ बजेसम्म वृषभ लग्न

राती पौने ८ बजेदेखि पौने १० बजेसम्म सिंह लग्न

लक्ष्मी पुजामा आवश्यक सामाग्रीहरु

सबै गृहस्थहरुले कमल र सेतो फूल पूजामा प्रयोग गर्न सक्दछन् । यसै प्रकार किसानहरुले पाँच प्रकारका खाद्य पदार्थका नैवेद्य चढाउनु पर्दछ र व्यापारीहरुले कमलगट्टको माला, विद्यार्थीहरुले धर्मग्रन्थ, अनार र तिलको सामाग्रीसहित पुजा गर्न सक्नेछन् ।

लक्ष्मीको पूजा गर्ने समयमा कर्ताले सेतो वा गुलाबी बस्त्र लगाएर गर्नु पर्दछ । लक्ष्मीको पुजा मध्य रातमा गर्नु उत्तम हुन्छ । लक्ष्मीको गुलाबी कमको फूलमा बसेको प्रतिकृतीलाई पुजा गर्नुपर्दछ, यस्तो प्रतिकृतीमा उनको हातबाट धनको वर्षा भईरहेको हुनु अति उत्तम हुन्छ ।

लक्ष्मीलाई गुलाबी फूल, विशेषगरेर कमलको फूल चढाउनु पर्छ । उनलाई विशेषरुपमा कमलको फूल निकै मन पर्दछ । यसका साथै लक्ष्मीको मन्त्रहरुको जप स्फटिकको मालाद्धारा गर्दा निकै प्रभावकारी हुन्छ ।

त्यसैले उपयुक्त समय र मुहूर्तमा माता लक्ष्मीको पूजा गरेर लक्ष्मी मन्त्रोच्चारण गर्दै उनलाई खुशी तुल्याउन सके घरमा धनको वर्षा हुने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’