२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिसो मौसममा छालाको स्याहार कसरी गर्ने ? जानी राखौं

२०७५, २५ मंसिर मंगलवार ०८:४९

जाडोयामको सुरुवातसँग चिसो बढ्दै छ । चिसोको कारण हामीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छ । त्यसमध्ये छाला सुख्खा हुने समस्या पनि एक हो ।

चिसो मौसमका हावा एकदमै चिसो हुने गर्छ र, चिसो हावाका कारण छाला पनि सुख्खा हुने गर्छ । यो आम समस्या हो । चिसोमा छाला सुख्खा हुनुमा हावाको साथै अन्य विभिन्न कारण पनि हुने गर्छ ।

शरीरमा पानीको कमी, घामको हानीकारक विकिरण, तातो पानीमा नुहाउने लगायतका कारणले पनि छाला सुख्खा हुने गर्छ । छाला सुख्खा भएमा छाला पोल्ने, चिलाउने तथा छाला पोल्ने गर्छ ।

चिसोमा छाला सम्बन्धि समस्याबाट बच्न नियमित रुपमा मोइस्चराइजर क्रिमको प्रयोग गर्न आवश्यक छ । साथै, साबुनको प्रयोग प्रयोगमा विशेष सावधानी अपनाउनु पर्छ । किनकी विभिन्न केमिकल्सयुक्त साबुनको प्रयोगले पनि छाला सुख्खा हुने गर्छ ।

नरिवलको तेल

छाला सुख्खा हुन नदिन नरिवलको तेल प्रभावकारी उपचार मानिन्छ । किनकी नरिवलमा फ्याटी एसिड, प्रोटिन तथा विटामिन ‘ई’ पाइन्छ, जसले छालालाई नरम बनाउन मद्दत गर्छ । यसबाहेक, नरिवरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ, जुन समग्र स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।

यसको लागि नरिवल तेललाई हल्का तताएर नुहाउनु अघि शरीरमा लगाउनु पर्छ । र, विस्तारै मालिस गर्नुपर्छ । त्यसको दश मिनेट पछि स्नान गर्नुपर्छ । छाला धेरै सुख्खा भएमा नुहाए पश्चात्त पनि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

यी चीजको प्रयोगले छालाको स्याहार गर्न सकिन्छः

मह

महलाई प्राकृतिक मोइस्चराइजर पनि भन्ने गरिन्छ । यसमा एन्टी अक्सिडेन्ट तत्वका साथै रोग निरोधी गुण हुन्छ । यसबाहेक, महमा कयौ प्रकारका भिटामिन तथा खनिज पाइन्छ, जसले छालालाई नरम राख्न मद्दत गर्छ ।

जैतूनको तेल

अंग्रेजीमा ओलिभ आयल भनिने जैतूनको तेल छालाको लागि प्रभावकारी औषधि हो । जैतूनमा भिटामिन लगायतका एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । छालाको सुख्खापन हटाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले जैतूनलाई पनि प्राकृतिक मोइस्चराइजर भनिन्छ । जैतूनलाई हल्का तातो बनाएर हात, खुट्टामा लगाइ मसाज गर्नु होस् र करिब आधा घण्टा पछि धुनुहोस् । यसो गर्नाले तपाईंको छाला मुलायम हुन्छ ।

दू्धमलाई

दूधमलाईमा फ्याट तथा ल्याक्टिक एसिड उच्च हुन्छ, जसले सुख्खा छालामा मोइस्चराईजरको रुपमा कार्य गर्छ । यसले छालालाई नरम र चम्किलो बनाउँछ । दैनिक उपयोगका लागि आˆनो सुख्खा छालामा दूधको ताजा मलाई लगाउनुस् । यसलाई दश मिनेट सम्म राखेर मनतातो पानीले राम्ररी धुनुहोुस् ।

एलोभेरा

सुख्खा छालामा एलोभेरा निकै प्रभावकारी मानिन्छ । एलोभेराको मद्दतले चिसो मौसममा छालालाई नरम, मुलायम तथा जीवन्त बनाउन सकिन्छ । यसको प्रयोगले छालाको स्किन टोनमा समेत सुधार आउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला