३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कति बेला गर्ने यौन सम्पर्क ? जानी राख्नुस

२८ मंसिर २०७५, शुक्रबार ०८:०३

प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पुर्र्याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ ।

मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पुर्र्याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।

सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।

आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ ।

सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ । एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड