२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रह्मचारीभन्दा सेक्स गर्ने मान्छे बढी स्वस्थ हुन्छन् !

२०७५, ७ पुष शनिबार ०६:२७

म ४५ वर्षको विवाहित पुरुष हुँ । श्रीमतीसँग महिनामा २-३ पटक मात्र यौनसम्बन्ध हुने गरेको छ । श्रीमतीसँग मनमुटाब भइरहने भएकाले मलाई यौन कृयाकलापमा त्यती चासो नलागेको हो । यौन सम्पर्कतिर मन जान्छ भनेर म मनलाई अरु नै तिर लगाउँछु । तत्काललाई यसले मलाई धेरै बेफाइदा नगरे पनि श्रीमतीसँगको प्रेम चाहिँ विस्तारै कम भएको हो कि जस्तो लाग्छ ।

तपाईंलगायत विभिन्न विज्ञको लेखहरु पद्दा यौन कृयाकलापले धेरै किसिमको फाइदा गर्दछ भन्ने लेखेको हुन्छ । यसले जोडीको र शरीरको स्वास्थामा पनि सकारात्मक असर गर्दछ भन्ने लेखिएको हुन्छ । के यो कुरा अनुसन्धानबाटै निस्किएको निचोड हो कि मनोबैज्ञानिक उपचार मात्र गर्न खोजिएको हो ?

अब उमेर पनि ४५ पुगिसक्यो । के मैले श्रीमतीसँगको सम्बन्धलाई बलियो बनाउन जरुरी छ र ? छ भने सम्बन्ध सुधार गर्न कुन कुरामा ध्यान दिनुपर्छ ?


जति सक्नु हुन्छ, श्रीमतीसँग नजिक रहनुहोस्

तपाईले लेखहरुमा पढ्दै आइरहनुभएको यौनसम्बन्धी कुरा साँचो हो । पहिले विभिन्न आस्त्रहरुले विवाहित मानिसभन्दा अविवाहित विशेष गरी ब्रम्हचर्यमा बसेको मान्छे स्वस्थ हुन्छ भन्ने मान्यता थियो । तर, यससम्बन्धी विभिन्न अध्ययन अनुसन्धानपछि अविवाहित मानिसको जीवन, विवाहित मानिसको जीवन बढी स्वस्थ भएको देखियो ।

विशेषगरी भद्र र आवश्यक मात्राको यौन क्रियाकलापहरुले जीवनमा सकारात्मक असर पारेको हुन्छ । यो प्राकृतिक कुरा हो र यसले मानिसलाई एउटा नियमितता र अनुशासनमा अड्याएको हुन्छ ।

यौन कृयाकलापका फाइदा वा बेफाइदाका बारेमा धेरै खोजीहरु भएका छन् । ती अनुसन्धानहरुका अनुसार यौन कृयाकलापले शरीर र आत्मा दुबैलाई फाइदा पुग्छ । अध्ययनहरुले विवाहित पुरुषहरुमा हृदयघात कम हुने देखाएको छ । त्यसो भए प्रश्न उठ्छ, के अविवाहित पुरुषहरु अस्वस्थ हुने र हृदयघात भएका छैनन् र ?

यस विषयमा विषेशज्ञहरुले आफ्ना धेरै अध्ययनहरुको निष्कर्षमा भनेका छन्, बिवाहित मानिसको तुलनामा अविवाहित मानिसहरु कम हुन्छन् । यही कारण हृदयघात हुने मानिसहरु बिवाहित नै बढी देखिन्छ । तर, प्रतिशतको हिसाब हेर्दा हृदयघातको सम्भावना अविवाहितमा बढी देखिन्छ । यसको हुनुको कारणबारे उनीहरुले भनेका छन्, विवाहित पुरुषहरु लामो समयदेखि प्रेम र यौनसम्पर्कमा संलग्न हुन्छन् ।

तर, अर्को सत्य पनि उद्घाटित भएको छ । जो पुरुषको यौन र प्रेमसम्बन्ध लामो समयसम्म ठीक छैन, उनीहरुमा विभिन्न किसिमका स्वास्थ समस्या देखिने गरेको छ । त्यसमध्ये एउटा हृदयघात पनि हो ।

पेनसिल्भेनियाको स्कुल अफ मेडिसिनका डाक्टर माईकल किरिगलियानोले एक पाइला अघि सरेर यौन कृयाकलापलाई एक किसिमको शारीरिक व्यायाम भनेका छन । उनका अनुसार हप्तामा तीन पटक यौन सम्बन्ध राख्ने हो भने यसले झण्डै ७ हजार ५ सय क्यालोरी नष्ट गर्छ ।

यौन सम्बन्धका क्रममा छिटो छिटो श्वासप्रश्वास प्रवाहित हुन्छ । यसले उच्च बनाएर शरीरका सबै तन्तुहरुमा अक्सिजन मात्रा बढाउंछ । पर्याप्त मात्रामा प्रवाहित अक्सिजनले शरीरका अङ्गहरुलाई स्वस्थ राख्न मद्दत गर्दछ । यति मात्र होइन, यौन क्रियाकलापलाई सही ढंगले अगाडि बढाउँदाका अन्य फाइदाहरु पनि छन् ।

सिकागो नर्थ वेस्टर्न युनिर्भसिटीका डाईरेक्टरका डाक्टर करिन डोनाहेका अनुसार कुनै पनि किसिमका शारीरिक व्यायामले पुरुषमा टेष्टोटेरिन हार्मोन बढाउँछ र यो हार्मोन बढ्नाले पुरुषको हड्डी र मासंपेशीलाई बलियो बनाउँछ । नियमितरुपमा स्वस्थ यौन कृयाकलाप राख्नाले कोलेष्टोरलको मात्रालाई विस्तारै कम गर्छ ।

अमेरिकन एसोसियसन अफ सेक्स एजुकेटर डाक्टर विभरली विपलका अनुसार यौन क्रियाकलाप र अरग्याजमको क्रममा निस्कने हार्मोनका कारणले मांसपेसीमा र टाउकोमा हुने दुखाइलाई कम गर्न मद्दत गर्दछ । कुनै औषधिको प्रयोगविना डीएचईए हार्मोनको विकास हुन्छ । यो हर्मोन शरीरका लागि महत्वपूर्ण मानिन्छ । यो हार्मोन स्खलन हुनुभन्दा ठीक अगाडि निस्कन्छ । यौन क्रियाकलापका क्रममा यो हार्मोन सामान्य अवस्थामा निस्कने भन्दा तीनदेखि पाँच प्रतिशत बढीले निस्कने गर्छ ।

अनुसन्धानकर्ताहरु भन्छन्- ग्रन्थीमा बढ्ने एक प्रकारको तरल पदार्थले प्रोस्टेटको समस्या हुन्छ । उमेर छिप्पिँदै जाने क्रममा धेरै पुरुषहरुमा यो समस्या बढ्दै जाने गर्छ । नियमित स्खलनले यही तरल पदार्थलाई यौन क्रियाकलापका क्रममा बाहिर निकाल्ने काम गर्छ र प्रोस्टेटको समस्यालाई केही कम गर्न मद्दत गर्छ ।

जति सक्नु हुन्छ, श्रीमतीसँग नजिक रहनुहोस् । श्रीमती भनेको यौन साथी मात्रै होइनन्, जीवन साथी हुन् । हेर्दा उनीहरुसँग यौनसम्बन्ध मात्रै गाँसिएको हुँदैन, अञ्जानमै तपाईंले निशुल्क स्वस्थ शरीर र स्वस्थ मन पनि पाइरहनुभएको छ

पुरुषको स्वास्थाको विषयमा डोनाहेले यौनसम्बन्ध तनाबलाई कम गर्ने प्रभावकारी माध्यम हो भनेर भनेका छन् । यौन कृयाकलापले दुई जना वीचको सम्बन्धलाई नजिक बनाउँछ । स्त्री र पुरुषले एकअर्कालाई स्पर्श गर्दा ओक्सिटक्सिन नामक हार्मोन बढ्छ । यो हर्मोनलाई प्रेमको हर्मोन भनिन्छ । दुई व्यक्ति ल्याउने हार्मोन पनि यही नै हो । यसले यौनईच्छा बढाउन पनि मद्दत गर्छ । ओक्सिटोक्सिन हर्मोन नियमितरुपमा निस्कँदा यौन सम्बन्ध स्वस्थरुपमा अघि बढ्छ । नियमित यौन सम्बन्धले महिलामा इस्ट्रजिन हर्मोनलाई बढाउछ । यो हर्मोनले महिलाको मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ र योनीको तन्तुहरुलाई नरम बनाउने काम गर्दछ ।

यसरी सबै किसिमका अध्ययन र अनुसन्धानले यौन कृयाकलापले स्वास्थ्य र शरीरमा देखिने विभिन्न प्रकारका असन्तुलनहरुलाई ठीक गाउँमा राखेको देखाएको छ । ओहायो युनिर्भसिटीका मनोविद् क्रिस्टाेफर फगुन्डोसका अनुसार विवाहपश्चात् लागू पदार्थ दुर्व्यसनीको जोखिम पनि कम हुने देखाएको छ ।

अर्का मनेाचिकित्सक सुदिप्ता वर्मा भन्छन्, ‘जो एक्लोपन मन पराउँछ र वेखुसी छ । उ एक्लो हुने अवस्था धेरै हुन्छ र त्यसले उदासीपनालाई वढावा दिन्छ ।’ उनका अनुसार यस्ता व्यक्तिले यौन्ासाथी खोज्नु नै हीतकर हुन्छ । अर्को मनोविद् थियोदोर रोबल्स भन्छन्, ‘विवाह पश्चात् आफ्नो पार्टनरले के खानुपर्छ के खानु हुदैन भन्ने हेरचाह हुने हुँदा स्वास्थ्यमा सुधार हुने देखिएको छ ।

चिकित्सकहहरुले पनि सुखी दम्पत्तीले डाक्टरले दिएका सुझाव र निर्देशनहरुलाई राम्ररी पछ्याउछन् । जब कि एक्लो व्यक्तिलाई चिकित्सकले भनेका धेरै कुराले छुदैन वा उसले दिएका निर्देशन पच्छ्याउने उद्देश्य राख्दैन । यही कारण आजभोलि चिकित्सकले कसैको स्वास्थ जाँच गर्दा बिरामीको विवाह भएको छ वा ऊ प्रेममा छ कि छैन भन्ने कुरालाई पनि ध्यानमा राख्न थालेका छन् ।

यी सबै कारणले मैले तपाईंलाई दिने सुझाव भनेको जति सक्नु हुन्छ, श्रीमतीसँग नजिक रहनुहोस् । श्रीमती भनेको यौन साथी मात्रै होइनन्, जीवन साथी हुन् । हेर्दा उनीहरुसँग यौनसम्बन्ध मात्रै गाँसिएको हुँदैन, अञ्जानमै तपाईंले निशुल्क स्वस्थ शरीर र स्वस्थ मन पनि पाइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला