२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीको फिटनेस सूत्र : के खान्छन्, के गर्छन् ? हेर्नुहोस्

२०७५, १४ पुष शनिबार ०५:३६

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उमेरको हिसाब-किताब लगाउने हो भने, उनी ६८ बर्षका भए । मोदी यस्ता नेता हुन्, जो सात्विक जीवनशैलीका लागि चिनिन्छन् । उनी शाकाहारी भोजन गर्छन्, व्यायाम गर्छन्, योग गर्छन् । भनौं, उनको जीवनशैली अनुकरणयोग्य छ ।


भनिन्छ, मोदी चार बर्षको प्रधानमन्त्रीकालमा एकपटक पनि बिरामी भएका छैनन् । उनको दिनचर्या एकदमै तालिकाबद्ध र सक्रिय छ । उनी बिहान ५ बजेदेखि राती १० बजेसम्म काम गरिरहेका हुन्छन् । सधै उस्तै ताजा, स्फूर्त देखिन्छन् । आखिर के कारणले उनी यति निरोगी र तन्दुरुस्त छन् त ? यी हुन् उनका फिटनेस रहस्य:-

योग

योग प्राचिनकालदेखि अभ्यास हुँदै आएको विधी हो, जसलाई आधुनिक समाजले पनि अनुसरण गरिरहेको छ । मोदीले आफ्नो दैनिकीको एउटा हिस्सा बनाएका छन्, योगलाई ।

उनी भन्छन्, ‘योग शान्त र रचनात्मक जीवनको मूल मन्त्र हो ।’ यसले तनाव र मानसिक वेचैनी हटाइदिन्छ । मोदीले कुन-कुन योग गर्छन् त ?

सूर्य नमस्कार र पैदल यात्रा

उनी ५ देखि ६ घण्टा मात्र सुत्छन् । बिहान ४-५ बजे ओछ्यान छाड्छन् । त्यसपछि उनी योग सुरु गर्छन् ।

सूर्य नमस्कार र प्राणायाम मोदीको पि्रय आसन हो । त्यसपछि उनी पैदल यात्रामा निस्कन्छन् । पैदल यात्राका लागि उनले तीस मिनेट समय छुट्याएका छन् ।

सुखासन

यो योग श्वास-प्रश्वास र ध्यानमा आधारित छ, जसले तनाव कम गरेर मनलाई एकाग्र र सकारात्माक उर्जा संचार गर्छ । यस योगले मेटाबोलिज्म तिब्र हुने मात्र होइन, खुट्टाको दुखाईमा पनि आराम मिल्छ ।

पद्यासन

पद्यासन आसनले पेटलाई स्वस्थ राख्न, मस्तिष्कको एकाग्रता बढाउन मद्दत गर्छ ।

उष्ट्रासन

यस आसनले पेट र पिठ्यूको तल्लो भागलाई लाभ हुन्छ । यसले हिप्स र तिघ्रालाई बलियो बनाउँछ । मोदी नियमित रुपमा यो आसन गर्छन् ।

बज्रासन

खाना खाएपछि मोदीले १० मिनेट बज्रासन गर्ने गरेका छन् । बज्रासनले खानेकुरा राम्ररी पचाउने मात्र होइन, ग्यास, एसिडिटी, कब्जियत आदिबाट छुटकारा दिलाउँछ । तर, यदि घुँडामा कुनै समस्या छ भने बज्रासन गर्न उपयुक्त हुँदैन ।

स्वस्थ्यबर्द्धक खानपान

मोदीले पछिल्लो २० बर्षदेखि सात्विक र सन्तुलित भोजनमा निकै ध्यान दिदै आएका छन् । खानाको लागि उनको खास कुनै डिमान्ड छैन । उनी साधारण खाना खान्छन् ।

मोदीले बताउँदै आएका छन् कि, उनलाई रोटी र खिचडी एकदम मनपर्छ । ब्रेकफास्टमा इडली र डोसा रुचाउँछन् । यसका साथै उनलाई ‘नन स्पाइसी’ परम्परागत गुजराती खाना पनि मनपर्छ ।

मोदीको बायोग्राफी लेख्ने आदित्य वासुले भनेअनुसार मोदी पूर्ण शाकाहारी हुन् । उनी भिन्डीको कडी, गुजराती स्विट आदि खान रुचाउँछन् ।

मोदी गर्मी मौसममा पनि तातोपानी सेवन गर्छन् । यसले आफ्नो गला सफा र राम्रो बनाउने उनको विश्वास छ । यसका साथै उनी कागती पानी पिउन मन पराउँछन् । मोदी मादक पदार्थ सेवन गर्दैनन् ।

मोदी के विश्वास गर्छन् भने, उपवासले शरीर फिट हुन्छ । उनी नवरात्रमा पुरै ९ दिनसम्म उपवास बस्छन् । यस अवधीमा उनी केवल कागती पानी मात्र सेवन गर्छन् ।

संसदको क्यान्टिनमा मोदी केवल सलाद सेवन गर्छन् । उनी प|mुट सलाद रुचाउँछन् । कुनै पनि मसलेदार खानामा उनको रुची छैन ।

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला