यौन जीवनको एक आवश्यकता मात्रै होइन यो एक कला पनि हो । संसारमा हरेक मानिस यौन कलामा पारंगत हुन्छन् भन्ने हुँदैन । तर, केही कुरालाई ध्यानमा राखेमा यसमा सजिलै निपुणता हासिल "/> Sajhasabal यौन जीवनको एक आवश्यकता मात्रै होइन यो एक कला पनि हो । संसारमा हरेक मानिस यौन कलामा पारंगत हुन्छन् भन्ने हुँदैन । तर, केही कुरालाई ध्यानमा राखेमा यसमा सजिलै निपुणता हासिल "/>
३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्फेक्ट सेक्स पार्टनरमा हुनैपर्ने ५ गुण यस्ता छन्, जानी राखौं

१६ पुष २०७५, सोमबार ०८:४५

यौन जीवनको एक आवश्यकता मात्रै होइन यो एक कला पनि हो । संसारमा हरेक मानिस यौन कलामा पारंगत हुन्छन् भन्ने हुँदैन । तर, केही कुरालाई ध्यानमा राखेमा यसमा सजिलै निपुणता हासिल गर्न सकिन्छ ।

आम रुपमा जोडीले एक अर्कालाई मन पर्ने नपर्ने र जिन्दगीका अन्य आवश्यकताहरुको त पुरै ख्याल राख्छन् तर जब कुरा सेक्सको कुरा आँउछ उनीहरुले केही ससाना तर महत्वपूर्ण कुरालाई नजरअन्दाज गरिदिन्छन् ।

यसैकारण उनीहरुले अन्तरंग पलको आनन्द उठाउन सक्दैनन् । त्यसोभए यौनकार्यमा निपुणता हासिल गरेर पर्फ]{ट सेक्स पार्टनर कसरी बन्ने त ?

यदि तपाईं पनि यस्तो स्थितीबाट बचेर आफ्नो यौन जीवनलाई रोमाञ्चक बनाउन चाहनुहुन्छ भने निम्न ५ कुरामा ध्यान दिनुहोस् ।

१. सरसफाईमा ध्यान दिने

अन्तरंग पललाई विशेष बनाउनको लागि आफ्नो शरीरको सरसफाइमा ध्यान दिनुहोस् । छालालाई नरम बनाउनको लागि समयसमयमा मसाज गर्नुहोस् किनभने तपाईंको सफा र चम्किलो छालाको स्पर्शले नै पार्टनरलाई कामोत्तेजित बनाउँछ ।

बेडमा जानुभन्दा पहिले नै आफ्नो शरीरबाट पसिना आदिको दुर्गन्ध नआओस् भन्ने कुराको सुनिश्चित गर्नुहोस् । नुहाएर राम्रो वास्ना दिने कुनै बडि स्प्रे वा परफ्युम लगाउनुहोस् र हेर्नुहोस् तपाईंको शरीरको बास्नाले पार्टनरलाई कसरी मदहोस् बनाइदिन्छ ।

२. मुखमैथुनको आवश्यकता

यौनको पुरा मजा लिनको लागि बिना कुनै शर्त हरेक क्रियामा पार्टनरलाई सहयोग गर्नु पर्छ । एक राम्रो यौनसाथी उनै हुन्छन् जसले आफ्नो साथीको इच्छाहरुको पुरा ख्याल राख्छन् ।

पार्टनर मुखमैथुनबाट धेरै सन्तुष्ट हुन्छन् भने बिना हिच्किचाहट यसमा उनलाई साथ दिनुहोस् । पत्नी ओरल सेक्स गर्न हिच्किचाउँछिन् भने पहिले उसको हिच्किचाहट टाढा गर्ने कोसिस गर्नुहोस् ।

३. साहसिक प्रेमी

यौनकार्य पनि अफिसको काम जसरी नै गर्नुहुन्छ वा यौनकार्यको क्रममा बोरिङ पारामा प्रस्तुत हुनुहुन्छ भने  पार्टनरको मुड राम्रो बनाउन सक्नुहुन्न । साथै तपाईंले यौनको धेरै मजा उठाउन र सुखद यौनजीवनको अनुभव प्राप्त गर्न सक्नुहुन्न ।

राम्रो यौनसाथी बन्नको लागि आफ्नो साथीको यौनप्यासलाई बढाउने कोसिस गर्नुहोस् र उनीहरुलाई कामोत्तेजित बनाउनुहोस् । यसको लागि पार्टनरसँग यौनका कुराहरु गर्नुहोस्, सँगै नुहाउनुहोस्, मायालु खेल खेल्नुहोस् र पार्टनरसँग थोरै बदमासी गर्नुहोस् । यसले तपाईंको यौन जीवनको साथै जिन्दगी पनि रोमाञ्चक बन्छ ।

४. पत्नीलाई पहल गर्न सिकाउनुहोस्

आमरुमा महिलाहरुले यौनसम्पर्कको लागि पहल गर्न हच्किन्छन् साथै केही नयाँ कुरा प्रयास गर्न पनि रुची देखाउँदैनन् । जसले उनीहरु पूर्णरुपमा यौनको मजा लिन पाउँदैनन् ।

यदि तपाईं आफ्नो बोरिङ यौनजीवनमा प्यारको नयाँ रंग भर्न चाहनुहुन्छ भने पत्नीलाई यौनसम्पर्कको लागि पहल गर्न सिकाउनुहोस् । तपाईंको यो नयाँ तरिका उनलाई पक्कै मन पर्छ ।

यौनसम्पर्क गर्दा सँधै नयाँ नयाँ चीज प्रयास गर्ने पनि कोसिस गर्नुहोस् जस्तै सेक्स टोयको प्रयोग, क्लाइमेक्सको नयाँ तरिका, कामोत्तेजित गर्ने र फोरप्लेको तरिकामा परिवर्तन गरेर तपाईंले सेक्सलाई अझै पनि सुखद बनाउन सक्नुहुन्छ ।

५. कल्पना सेयर गर्नुहोस्

राम्रो यौनसाथी तीनै हुन जसले आफ्नो साथीसँग अन्य कुराको साथै सेक्सुअल फेन्टासी पनि सेयर गर्छन् । आफ्नो सेक्सको चाहना र फेन्टासी पार्टनरसँग सेयर गरेर तपाईंले यौनजीवनको भरपुर आनन्द उठाउन सक्नुहुन्छ ।

सेक्सुअल फेन्टासी अर्थात यौनको कल्पनाहरुलाई वास्तविकता बनाएर यौनक्रियालाई रुचीपूर्ण बनाउन सकिन्छ । तर, एउटा कुरा सँधै ध्यान राख्नुहोस् कि सफल यौन जीवनको लागि जोडीको बीचमा कुराकानी हुन आवश्यक छ ।

पार्टनरको राम्रो कुरालाई थाहा नपाइकन तपाईंले उनलाई सन्तुष्ट गर्न सक्नुहुँदैन । जबसम्म तपाईं आफ्नो दिलको कुरा उनीसँग भन्नुहुन्न उनले पनि तपाईंलाई सन्तुष्ट बनाउन पाँउदैनन् त्यसैले संवादको पुललाई सँधै मजबुत बनाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड