२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइरस कुन समय बढी सक्रिय हुन्छ ? जान्नुहोस्

२०७५, १८ पुष बुधबार ११:३८

भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रिय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ । भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनले उल्लेख गरेको छ ।

शरिरको जैबिक घडीमा हुने असरले संक्रमणको जोखिम बढ्ने मुसामा गरिएको सो अध्ययनमा उल्लेख हो। अध्ययनले भाइरसको महामारी रोक्न एउटा नयाँ उपाय प्रदान गर्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन्।

अध्ययन अनुसार विहान इन्फ्लुयन्जा संक्रमित मुसामा साँझ संक्रमित भएको भन्दा १० गुणा बढी भाइरसको मात्रा देखिएको थियो।

‘भाइरसलाई पनि संक्रमण गर्न उचित समय चाहिँदो रहेछ। नत्र भने ऊ गतिशिल हुन सक्दो रहेनछ। तर सानो भन्दा सानो संक्रमण बिहान सक्रीय हुन्छ र बिहान भाइरसले शरिरलाई छिट्टै नियन्त्रणमा लिन्छ,’ उनले भने। अध्ययनले रोगका महामारी नियन्त्रण गर्न सहयोग गर्ने उनले विश्वास गरे।

‘महामारी भएको क्षेत्रमा बिहान भन्दा दिउसो बस्दा संक्रमणको खतरा घट्ने र मृत्युबाट बच्न सकिन्छ,’ उनले भने ।

जनावरहरुको जैबिक घडी परिवर्तनको अर्थ शरिरले भाइरस संक्रमणका लागि प्रोत्साहन गर्नु वा निम्तो दिनु भएको अध्ययनले देखाएको छ।

अध्ययन समूहका अर्का वैज्ञानिक र्याचल इडगार भन्छन्, ‘सिफ्टमा राती काम गर्नेको शरिरको जैविक घडी बिथोलिएको हुन्छ। उनीहरुलाई भाइरल रोगको जोखिम बढ्छ।'

अनुसन्धानकर्ताले अध्ययनमा केबल दुई ओटा भाइरसको प्रयोग गरेका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला