२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अण्डा शाकाहारी कि मांशाहारी ? वैज्ञानिकले निकाले यस्तो निष्कर्ष

२०७५, २१ पुष शनिबार १३:१६

अण्डा शाकाहारी हो कि मांशाहारी ? यस विषयमा मानिसहरुले लामो समयदेखि नै बहस गर्दै आएका छन् । तर वैज्ञानिकहरुले यस्तो तथ्य पत्ता लगाएका छन् कि जसले अण्डा मांशाहारी कि शाकाहारी भन्ने बहसलाई अब अन्त्य गरिदिनेछ ।

बजारमा पाइने धेरै अण्डाहरु बतासे, अर्थात् गर्भाधान नभएका अण्डा हुन् । अर्थात् यी अण्डाबाट चल्ला कोरलिँदैन । यसको अर्थ त्यस्ता अण्डाहरु विज्ञानको नजरमा शाकाहारी हुन् ।

अण्डामा तिनवटा प्रष्ट तह हुन्छन् । पहिलो बाहिरी बोक्रा, दोश्रो सेतो भाग र तेश्रो पहेँलो भाग ।

सेतो भाग प्रोटिनको निकै उत्कृष्ट श्रोत हो । त्यसमा प्राणीको कुनै हिस्सा नहुने भएकाले अण्डाको त्यो भाग पूर्णरुपमा शाकाहारी हो ।

पहेँलो भागको कुरा गर्दा त्यसमा प्रोटिनसँगै कोलेस्ट्रोल र फ्याट पनि पाइन्छ । जब कुनैपनि अण्डा पोथीमा भाले लागेर पारिएको वा गर्भाधान भएको हुन्छ तबमात्र त्यो अण्डा मांशाहारी बन्दछ । अन्यथा अण्डाको पहेँलो भागपनि शाकाहारी नै हुन्छ ।

अतः अण्डाका पारखीहरु अब ढुक्क भए हुन्छ । तपाइँ शाकाहारी हुनुहुन्छ भनेपनि तपाइँले नकोरेलिने बतासे अण्डा खान सक्नुहुन्छ । किनकि बतासे अण्डा शाकाहारी नै हुन्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला