३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाइलाई ग्यास्ट्रिक छ ? झुक्किएर पनि खाँदै नखानुस् यी खानेकुरा

२३ पुष २०७५, सोमबार ०८:०६

ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यो नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएमा यस्ता खानेकुराको प्रयोग गर्नुहुँदैन :

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड