२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाली पेटमा भुलेर पनि नखानुस् यी ७ खानेकुरा !

२०७५, २७ पुष शुक्रबार ०७:२८

आवश्यकताभन्दा बढी वा कुबेला खाएको खानाले पेटमा खराबी हुनेमात्रै नभएर विष समान हुन्छ । यसले अन्य कैयन समस्याहरू पनि जन्माउँछ ।

हामीले एकदमै मनपराउने र दैनिकरुपमा खाने खानेकुरा पेटमा समस्या पनि उब्जाउन सक्छ । कतिपय खानेकुरा अन्यसँगसँगै खायो भने पनि स्वास्थ्यमा प्रतिकुल असर पर्ने गर्दछ । त्यसैले खाली पेटमा भुलेर पनि नखानुस् यस्ता खानेकुरा :- 

१. केरा

केरा दूधसँग खायो भने वजन बढ्छ, तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्छ । त्यसैले केरा खाली पेटमा नखानु नै बेस ।

२. सखरखण्ड

सखरखण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि फाइदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । यसले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।

३. काँचो गोलभेंडा

काँचो टमाटर स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा खानबाट बच्नुस् । किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसका कारण पेट दुख्ने, फुल्ने तथा छाती पोल्ने समस्या उत्पन्न हुनसक्छ । खाली पेटमा टमाटर खाँदा पथरीको खतरा पनि दुईगुणा बढ्छ ।

४. सोडा

ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

५. औषधि

केहीलाई छोडेर प्राय औषधि खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँग अवश्य सल्लाह लिनुस् ।

६.अल्कोहल

पहिलो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाइकन रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।

७. दूध हालेको चिया

बिहान उठेर चिया पिउनु त नेपालीको संस्कारजस्तै नै भइसक्यो । तर, तपाईं एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु बेस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला