२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिले सोच्नु भएको छ ? स्मार्टफोनको प्रयोगले यस्तोसम्म असर गर्छ !

२०७५, २ माघ बुधबार ०९:०८

अहिले स्मार्टफोन हाम्रो दैनिक जीवनको महत्वपूर्ण साथी बनेको छ । मानिसहरु आफ्नो फुर्सदको अधिकांस समय स्मार्टफोनमा नै खर्चिने गर्छौ |

त्यही कारण त, गेम खेलेर घण्टौ विताइदिन्छौं । फेसबुक चलाएर रात विताइदिन्छौं । अहिले स्मार्टफोन हाम्रो लागि कुलत बनेको छ । केही समयअघि अमेरिकामा भएको एक अध्ययनबाट के देखियो भने, मान्छेले तीन दिनका लागि यौन सम्बन्ध त्याग्न सक्छन् । तर, एक दिनका लागि स्मार्टफोन त्याग्न तयार हुँदैनन् ।

कतिपयले यसको भरपुर उपयोग गरेका छन् भने कतिपयले यसको व्यापक दुरुपयोग पनि गरेका छन् ।

त्यसैले यसको प्रयोगमा भने सावधानी अपनाउनु जरुरी छ । जर्जिया विश्वविद्यलायले गरेको एक अनुसन्धनले पत्ता लगाएको छ की कम्प्यूटर गेम खेल्ने, शोसल मिडियामा बढी बस्ने, स्मार्ट फोनको बढी प्रयोग गर्ने टिनियजर्सभन्दा स्मार्टफोन कम प्रयोग गर्नेहरु खुशी हुन्छन् । स्मार्टफोनको अत्याधिक प्रयोगले दिमागमा असर पुग्नुका साथै निराशा, बेचैन र अनिन्द्रजस्ता समस्या बढेर जान्छ ।

कमजोर बनाउँछ दिमाग

विषेशज्ञले भनेका छन की बालबालिकालाई स्मार्टफोन दिनु भनेको उसलाई एक ग्राम कोकीन पनि सँगै दिनु जस्तो हो । बच्चा जव स्मार्टफोनको सम्पर्कमा आउँछ त्यसपछि उसको सहि ढंगले मानशिक विकास हुँन पाउँदैन । स्मार्ट फोनको कारण बच्चाको मस्तिष्क कमजोर बन्छ । स्मार्टफोटबाट निस्कने रेडियो तरंगले दिमागमा मात्र गहिरो प्रभाव पार्दैन की सुन्ने क्षमतामासमेत ह्रास आउछ ।

यस्तो असर

स्मार्ट फोनको प्रयोगले आँखमा असर पुग्छ । यसको कारण आँखाको दृष्टिसमेत कमजोर हुन सक्छ । यस्तो लत लागेका मानिस क्रोनिक ड्राई आई सिन्ड्रोमबाट पीडत हुन सकिन्छ ।

स्मार्टफोनको बढी प्रयोग गर्ने बच्चाले आउटडोर गेम खेल्न मन गर्दैनन् । जसले गर्दा उसको शारिरिक विकासमा असर पुग्छ । परिणाम मोटोपन जस्ता समस्या देखिन थाल्छन् ।

रातमा सुत्नुभन्दा पहिले र विहाने उठ्ने समय स्मार्ट फोन लामो समयसम्म चलाउनु पनि एक रोग हो । जसलाई स्मार्टफोन ब्लाइन्डनेस पनि भनिन्छ ।

फोनलाई लामो समय मुटुको नजिक राख्नु हुँदैन । गोजीमा लामो समय राख्दा पनि स्वास्थ्यमा असर पुग्न सक्छ ।

स्मार्टफोनलाई कहिल्यै पनि सिरानी मुनि राखेर सुत्नु हुँदैन । यसले अनिद्राको समस्या निम्त्यान सक्छ । अनिद्राको समस्या पनि ठूलो रोग हो ।

गर्धन बढी झुकाएर मोवाइल चलाउँदा गर्धनलाई जोड्ने हाड सम्बन्धि विभिन्न रोग देखा पर्छ ।

कसरी पाउने छुट्करा ?

स्मार्टफोनमा बढी समय विताउनुको सट्टा विभिन्न खेल खेल्ने, हिड्ने, पत्रिका पढ्ने र मानिसँग कुरा गरेमा बढी खुशी हुन सकिन्छ ।

स्मार्टफोनमा घन्टौँ विताउनुहुन्छ भने तपाई स्मार्टफोनको लतमा फँसीसक्नुभएको छ । यस्तो बानीबाट छुट्करा पाउनको लागि स्मार्टफोनलाई आफुभन्दा टाढा राख्न सक्नुहुन्छ । मोवाइल चेक गर्ने टाइमिङ बनाउँदा अझ राम्रो हुन्छ । तपाईलाई यो आवश्यक छैन की खाना खाने, कसैसँग कुरा गर्ने समय पनि मोवाइल गर्नै पर्छ ।

तपाइको मोवाइलमा कस्ता-कस्ता एप्स छन् र त्यस्तो एप्स कति पलदायी छ भन्ने कुरामा विषेश ध्यान दिनुस् । यदि मोवाइलमा अनावश्यक एप्स छ भने त्यसलाई हटाइहाल्नुपर्छ ।

धेरै मानिसले सुत्नुभन्दा पहिला मोवाइलको स्वीच्ड अफ गर्दैनन् । यदि यस्तो लतबाट मुक्त हुनुको लागि स्वीच्ड अफ गरेर सुत्ने बानी गर्दा राम्रो हुन्छ ।

कतिपय त्यस्ता एप्स छन् जसले स्मार्टफोनको कम प्रयोग गर्न सहयोग गर्छन् । त्यस्ता एप्सको साहारा पनि लिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला