३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी गल्तीले ल्याउँछ कम उमेरमै स्मरणशक्तिमा ह्रास, बढाउन के गर्ने, के नगर्ने ? जान्नुहोस्

८ माघ २०७५, मंगलवार ०८:४८

टिप्स:- हाम्रो मस्तिष्क एउटा विचित्र कम्प्युटर हो । यसैको अन्तर्गत मेमोरीपावर या याद शक्ति आउँछ । कुनै वस्तुलाई हेरेर, सुनेर वा अनुभव गरेपछि त्यसलाई दिमागमा सम्हालेर राख्ने र आवश्यकता परे प्रकट गर्नु सक्नु नै स्मरण गर्नु हो । 

मानव जीवनमा स्मरणशक्तिको ठूलो महत्व छ । स्मरणशक्ति तेज भएका मानिसहरुले हरेक क्षेत्रमा चाँडो प्रगति गर्न सक्छन् । कमजोर हुनेहरु पछि पर्छन् ।

वैज्ञानिकहरुका अनुसार व्यक्तिको स्मरण शक्तिको गहिरो सम्बन्ध उसको इच्छा, अनिच्छा, चाहना तथा रुचिसँग हुन्छ । तर, स्मरणशक्तिमा ह्रास आएमा मानिसले कुनै पनि क्रियाकलाप राम्रोसँग गर्न सक्दैन । 

स्मरणशक्ति उमेरमा पनि भर पर्छ । ५० वर्षको उमेर पार गरेपछि विस्तारै स्मरण शक्तिमा ह्रास आउन थाल्छ । तर, कम उमेरमै स्मरण शक्ति कमजोर भएमा त्यसलाई समस्याको रुपमा लिनुपर्छ ।

किन हुन्छ स्मरणशक्ति ह्रास ?

– सामान्य गल्तीले पनि स्मरणशक्तिमा ठूलो समस्या उत्पन्न हुन सक्छ । रुचीको अभाव, क्रमअनुसार काम नगर्नु, एकैपटक धेरै कामहरुमा हात हाल्नु, कामलाई उपेक्षा गर्नु आदि कारणले स्मरणशक्ति कमजोर हुँदै जाने गर्छ ।

– कुनै कुरा याद राख्ने ईच्छाशक्ति नहुँदा पनि स्मरणशक्ति ह्रास भएर जान्छ । त्यस्तै, चिन्तामा डुबिरहने, शारीरिक तथा मानसिक समस्या भइरहने मानिसको पनि स्मरणशक्ति गतिलो हुँदैन ।

– मस्तिष्कमा जन्मजात समस्या वा अविकसित मष्तिस्कले पनि स्मरणशक्ति प्रभावित तुल्याउँछ । टाउकोमा कुनै प्रकारको चोटपटक लाग्दा, क्षमताभन्दा बढी काम गर्न खोज्दा पनि यो स्मरणको समस्या आउँछ ।

– क्रोध, भय, चिन्ता, अनिऽा पनि स्मरणशक्तिलाई प्रभावित तुल्याउँछन् । उच्च रक्तचाप, डिप्रेसन, पेनकिलर औषधीको बढी प्रयोगको साइड इफेक्ट स्मरणशक्तिमा पर्न जान्छ ।

– शरीरमा पौष्टिक तत्वको हुनु अर्को कारण हो । साथै, मद्यपानको नियमित सेवन गर्दा स्मरणशक्ति कमजोर भएर जान्छ ।

– केही रोगहरु पनि छन्, जसले स्मरणशक्तिलाई कमजोर बनाउने काम गर्छन् । जस्तो कि थाइराइड, मधुमेह आदि ।

के गर्ने ?

– यस्तो समस्याबाट बच्नको लागि दैनिकको कार्यतालिका बनाउन सकिन्छ । आफ्नो समयअनुसार बिहान-बेलुकी घुम्ने बानी बसाल्नुपर्छ । कुनै पनि कुरा याद राख्नका लागि रुची लिनुपर्छ ।

– कतिपयले कामलाई बढी महत्व दिएर निद्रालाई व्यवास्ता गर्छन् । यसले स्मरणशक्तिलाई कमजोर बनाउनका लागि भूमिका खेल्छ । त्यसैले पुरा निद्रा सुत्नुका साथै विगतका कुराहरुलाई क्रमबद्ध तरिकाबाट याद गर्ने बानीको पनि विकास गर्नुपर्छ । यस्तो गतिविधि प्रत्येक हप्ता दोहोर्‍याउँदा राम्रो हुन्छ ।

– योग अभ्यास, ध्यान, प्राणायामजस्ता गतिविधिले स्मरणशक्ति कमजोर हुनबाट बच्न सकिन्छ ।

के नगर्ने ?

– धेरैपटक एउटै कुरा याद गर्ने प्रयास गर्नु हुँदैन ।

– सँधै आफ्नो स्मरण शक्तिको विषयलाई लिएर चिन्तित बनिरहनु हँुदैन ।

– रेडियो, टेलिभिजन, पत्रपत्रिकामा आउने स्मरणशक्ति बढाउने विज्ञापन हेरेर औषधी खोज्न दौडिनु हुँदैन

– राती अबेरसम्म पढ्नु हुँदैन

– सकारात्मकभन्दा बढी नकारात्मक सोच्ने गर्नु हुँदैन

समाधान

स्मरणशक्ति ह्रास हुँदै गएमा मानिसको दैनिकी नै अस्तव्यस्त भएर जान्छ । त्यसैले लक्षण थाहा  पाउने बित्तिकै समाधानमा लाग्नु राम्रो हुन्छ ।

होमियोप्याथिक चिकित्सा विधिबाट यसको निकै प्रभावकारी उपचार हुन्छ । बिरामीको मानसिक तथा शारीरिक लक्षणलाई ध्यानमा राखेर होमियोप्याथिक उपचार गरिन्छ । यस्तो समस्या समाधानका लागि होमियोप्याथिमा थुप्रै औषधी उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड