२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँमा पनि घुर्ने समस्या छ ? यी हुनसक्छन् कारण, यसरी उपचार गर्नुहोस्

२०७५, १० माघ बिहीबार ०६:३३

अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ।

घुर्ने मानिस आफन्तबाटै टाढिनुपर्ने अवस्था सिर्जना हुन्छ । आफ्नै परिवारका सदस्य पनि सँगै सुत्न नमान्ने, छिमेकीले समेत ‘डिस्टर्ब’ भयो भन्दै झै–झगडा गर्ने र बोलीचाली नै बन्द हुने,साथीभाइले गिज्याउने जस्ता समस्या झेल्नुपर्ने हुन्छ । घुर्ने समस्याका कारण विशेष गरी विदेशमा रहेकाश्रीमान्–श्रीमतीबीच त सम्बन्ध बिच्छेदसमेत हुने गरेका छन्।

के हो घुर्ने समस्या ?

९० प्रतिशत मानिसमा नाकको डाडी बांगो हुन गई घुर्नेसमस्या देखिन्छ । कुनै मानिसमा अकरु नै कारणले श्वासप्रश्वासमा अवरोध भई घुर्ने समस्या आउँछ । यो समस्याले बच्चादेखि वृद्धसम्मलाई दुःख दिने गर्दछ।

घुर्ने समस्या हुने मानिसमा पटकपटक ब्युँझिने, छटपटी गर्ने, बारम्बार पसिना आउने, चिटिचिट हुनेजस्ता समस्या देखिन्छन् । घुुर्ने समस्या अक्सिजनको कमीलेगर्दा हुने भएकोले दिमागदेखि शरीरका विभिन्न भागमा असर गर्ने गर्दछ। 

दुई प्रकारका हुन्छन् 

– विभिन्न किसिमका इन्फेक्सन,चोटपटक, तथा ट्युमरले गर्दा श्वासप्रश्वासमा अवरोध आई घुर्ने समस्या आउने गर्दछ । 

– दिमाग र श्वासप्रश्वासका  मांसपेशीसँगको नियन्त्रण छुट्यो भनेघुर्नेसमस्या उत्पन्न हुन्छ । 

कारण

– कुनै बच्चा जन्मँदै नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ । त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्नेहुन्छ ।विशेषगरी ३ देखि ७ वर्ष उमेरका बच्चामा टन्सिल एडिन्यन्सबढ्नाले घुर्नेसमस्या हुन्छ । 

– बच्चामा हुने मिलानो भन्ने ट्युमरले गर्दा घुर्ने समस्या हुन्छ । यो नाक अथवा नाँकको पछाडि टन्सिल हुने भागमा ट्युमर आउने गर्दछ । 

– युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ ।

– एजियो फाइब्रोमाभन्ने ट्युमरले गर्दा पनि घुर्ने समस्या हुन्छ । यो विषेशगरीकेटामा बढी हुन्छ ।

– कुनै बच्चा जन्मिँदै नाक थेप्चेर भएर जन्मन्छन् । उनीहरुको नाकको डाँडी बांगो हुने गर्दछ । त्यो कारणले गर्दा पनि घुर्ने समस्या हुन्छ । त्यसलाई भनिन्छ। यो समस्या बच्चादेखि वृद्धसम्म हुने गर्दछ । 

– पोलिप्स नाकको वरिपरि भागमा आउने टिस्युहरुले पनि घुर्ने समस्या हुन्छ । 

– वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर आएर घुर्नेसमस्या हुन्छ । कसैको जिब्रो मोटो हुन्छ, त्यसलाई म्याक्रोगोलोसिस भनिन्छ । त्यो कारणले पनि घुर्नेसमस्या हुन सक्छ। 

– बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्नेसमस्या हुने गर्दछ । 

– एसिड अल्कालिसले गर्दा श्वास नलीको माथिल्लो भाग खुम्चने गर्छ र घुर्नेसमस्या आउँछ । 

– श्वास नलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भई घुर्नेसमस्या उत्पन्न हुन्छ ।

– जिब्रोको पछाडिको रगतको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँछ । 

– र्‍यालका ग्रन्थीहरु उत्पन्न हुने ठाउँमा ट्युमरआउने गर्दछन् जसलाई भनिन्छ, त्यो कारणले पनि घुर्ने समस्या हुन्छ । 

उपचार 

– सुरुमा आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने। मोटोपन घटाउने,शारीरिक कसरत गर्ने, धूमपान,मदिरा सेवननगर्ने र घोप्टो परेर सुत्ने । 

– मेडिकलमा पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्नेसमस्यालाई नियन्त्रण गर्न सकिन्छ ।मुखमा राख्ने माउथ एयर पिस हुन्छ, जुन मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्या कम हुन्छ । 

– के कारणले गर्दा घुर्ने समस्या आएको हो, कारण पत्ता लगाउने र सर्जरी गर्ने । 

स्वास्थ्य खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला