२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन राशीका मानिस कति कामुक ?

२०७५, १० माघ बिहीबार १६:१४

हामी सबैलाई थाहा छ मानिस अनुसार मानिसका रुचीहरु पनि फरक-फरक हुन्छन् । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई गुलियो खान मन पर्छ त कसैलाई नुनिलो । यसैगरी यौनिक मामलामा पनि मानिसहरुका फरक-फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ । कसैलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पुग्छ । ज्यौतिषशास्त्रका अनुसार यौनिक ब्यवहार फरक हुनुको कारण राशि हो ।


मेष राशि 

मेष राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने मन पराउँदैनन् ।यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने वेलामा यिनीहरु आतुर हुन्छन् ।

वृष राशि 

वृष राशिका ब्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निक्कै मन पर्छ । यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र एक अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

मिथुन राशि 

यो राशिको स्वामी बुध हो त्यसैकारण कामुक भावना प्रवल हुन्छ । यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु छिटै तयार हुन्छन् । यौन सम्बन्ध गरिरहँदा यिनीहरुलाई प्रेमालाप पनि गरेको मन पर्छ । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीप्रति पनि सचेत हुन्छन् ।

कर्कट राशि

यो राशिका मानिस भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरुलाई आफ्नो पार्टनरको भन्दा पनि आफ्नो खुसी बढी महत्वपूर्ण हुन्छ । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमि महसुस भैरहन्छ ।

सिंह राशि 

यो राशिका ब्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै ब्यक्त हुँदैन । तर इशाराको पर्खामा भने हुन्छन् । यौन सम्बन्धको सममया यिनीहरु निक्कै जोशसहित प्रस्तुत हुन्छन् । जोशले गर्दा पार्टनरको भावना भने त्यति बुझ्दैनन् ।

कन्या राशि 

यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्नीसँग प्रेम ब्यक्त गरिहाल्दैनन् । यद्यपी चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

तुला राशि 

यो राशिका ब्यक्ति आफ्नो पार्टनरको खुसीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भैहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

वृश्चिक राशि 

वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरुको अति उत्साहका कारण पार्टनरलाई भने केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।

धनु राशि 

यो राशिका मानिसको विशेषकता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार रहन्छन् । यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।

मकर राशि 

यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । प्रेममा विश्वास गर्न लायक राशि मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टीप्रति कम सचेत हुन्छन् ।

कुम्भ राशि 

यो राशिका ब्यक्ति यौन क्रिडाका लागि अति उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीको प्रयोग गर्न मन पराउँछन् । यौन क्रिडा गरिरहँदा अन्य कुरा गर्न मन पराउँदैनन् यिनीहरु । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीलाई बढी ध्यान दिन्छन् ।

मीन राशि 

यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टीमा ध्यान दिन्छन् । यिनीहरुमा पनि यौन चाहाना अत्याधिक हुन्छ । कुम्भ राशि जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराँउछन् । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला