२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् मोबाइल प्रयोगकर्ताले जान्नै पर्ने ४ कुरा

१४ माघ २०७५, सोमबार ११:२३

स्मार्टफोनमा सानो सानो समस्याले पनि कहिलेकाही हामीलाई दुख दिईरहेको हुन्छ । कहिलेकाही मोबाइलमा केहि समस्या आउन सक्छ त्यस्तो अवस्थामा मोबाइल कुनै पसलमा बनाउन लानु बन्दा पनि घरमै बसेर बनाउने प्रयास गर्न सकिन्छ । आज हामीले स्मार्ट फोनमा हुने केहि समस्या तपाइँ आफैले समाधान गर्न सक्नुस भन्ने हेतुले यो जानकारी दिएका छौं तल पढ्नुसस्

१. फोन एक्कासी बन्द भएमा‘

कहिलेकाहि नयाँ वा पुरानो फोन एक्कासी बन्द हुन सक्छ । यस्तो अवस्थामा उक्त मोबाइललाई प्लास्टिकले बेरेर फ्रीज भित्र हालेर केहि समय पछी फोन अन गर्न सकिन्छ । स्मार्टफोनको ब्याट्री लिथियम आयनबाट बनेको हुन्छ । तातो भएपछी यसले एक्कासी काम गर्न छाड्छ । त्यसैले कुल फ्रिजमा फोन राख्दा ब्याट्री पुरानै अवस्थामा ल्याउन सकिन्छ । तर फ्रीजमा राख्दा फोनलाई राम्ररी प्लास्टिकले बेरेर राख्नुस नत्र फोन भिजन सक्छ । साथै १र२ घण्टा भन्दा धेरै बेर नराख्नुस ।

२. फोन पानीमा भिजेमा ‘

फोन भिजेको छ भने तुरुन्त स्विच अन नगर्नुस् । साथै भिजेर पनि फोन खुलै छ भने स्विच अफ गर्नुस । यस्तो गर्दा फोनमा बिद्युत सर्ट हुन पाउंदैन । यदी ब्याट्री निकाल्न मिल्ने फोन छ भने तत्काल निकाल्नुस साथै सिम कार्ड, स्क्रीन गार्ड, मेमोरी कार्ड निकाल्नुस । फेरी कुनै कटनको कपडाले फोन पुछ्नुस । पुछीसके पछि फोन र ब्याट्रीलाई धान वा चामलभित्र दबाउनुस । धान वा चामलले फोनबाट छिट्टै पानि सोस्न मद्धत गर्छ । ८र१० घण्टापछी मोबाइल खोल्ने प्रयास गर्नु हुन्छ ।

३. फोन स्क्र्याच भएमा‘

यदि तपाइको फोनको स्क्रीन गार्ड छैन भने बिस्तारै स्क्राय्च हुन्छ । स्क्र्याच भएको भागलाई सफा गर्दा टुथपेस्ट प्रयोग गर्न सक्नुहुन्छ र नरम कपडाले बिस्तारै बिस्तारै पुछ्न सक्नुहुन्छ । यसले फोनको स्क्रीन सफा बनाउँछ ।

४. फोनको एप्लिकेशन क्र्यास भएमा वा ह्यांग भएमा‘

यदि तपाइ एप्लिकेशन डाउनलोड गर्दै हुनुहुन्छ र त्यसै समय तपाइको एन्ड्रोइड फोनको एप्लिकेशन क्र्यास भएमा वा ह्यांग भएमा नआत्तिनुस । यस्तो अवस्थामा फोनको ब्याट्री निकालीदिनुस् । फेरी ब्याट्री लगाएर फोनलाई रीस्टार्ट गर्नुस । रीस्टार्ट गरेपछि गूगल प्लेमा गएर तपाईलाई चाहिएको ऐप फेरी अपडेट गर्न सक्नुहुन्छ । यदी अपडेटको अप्सन नआएमा उक्त एप्लाई अनइन्स्टल गर्नुस र फेरी इन्स्टल गर्नुस । समस्या समाधान गर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध