श्वासप्रश्वासको बेलामा नाकबाट घाटी हुदै फोक्सोसम्म पुग्ने भाइसरल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... श्वासप्रश्वासको बेलामा नाकबाट घाटी हुदै फोक्सोसम्म पुग्ने भाइसरल"/>
२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइरल ज्वरो के हो ? लक्षण र बच्ने उपाय यस्ता छन्, जानी राखौं

२०७५, १८ माघ शुक्रबार ०८:०३

प्रमिला घिसिङ | माघ १८, काठमान्डौ | भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउने गर्छ ।

श्वासप्रश्वासको बेलामा नाकबाट घाटी हुदै फोक्सोसम्म पुग्ने भाइसरले फोक्सोमा इन्फेक्सन गराउन थाल्छ  । त्यहाँबाट सो भाइरस रगतमा मिसिएपछि ज्वरो आउने गर्छ । भाइरल ज्वरोलाई सामान्य भाषामा इन्फ़्लुएज्जा भनिन्छ | मानिसको शरीरमा संक्रमण गर्ने भाइरस, ब्याक्टेरिया, फङगाइ जस्ता जीवाणुहरुले संक्रमण गर्यो भने हामीमा ज्वरो आउने गर्छ र हामी भाइरल ज्वरोको सिकार बन्न पुग्छौं | विभिन्न खालका ब्याक्टेरिया, तथा भाइरसको कारणले लाग्ने रोग नै भाइरल ज्वरो हो |

के हो त भाइरल इन्फ्लुज्जा ?

एक्कासी ३९ से भन्दा माथि ज्वरो आउनु, स्वासप्रस्वासमा समस्या देखा पर्नु, टाउको दुख्ने लक्षण देखा पर्नुलाई हामी इन्फ्लुज्जा भएको भन्दछौ | यही नै इन्फ्लुज्जा हो |

२ ) यो रोग कसरी लाग्छ ?

यो रोग भाइरस, हावा, पिउने पानी, स्वासप्रस्वासको माध्यमबाट हाम्रो शरीरमा जीवाणुको रुपमा छिर्ने गर्छ, यसरी नै हामीलाई भाइरल ज्वरो लाग्छ | 

३ ) कुन अवस्थामा भाइरल ज्वरोले बढी आक्रमण गर्छ ?

बालबालिका, वृद्दावृद्द र रोगसंग लड्न सक्ने क्षमता कम भएका मान्छेलाई बढी यो रोगले बढी आक्रमण गर्छ |

४ ) कुन समयमा बढी आक्रमण गर्छ त भाइरल ज्वरोले ? 

डा. युगल भट्टराई

यसले बर्खाको समय र गर्मी समयमा बढी आक्रमण गर्छ |

५ ) भाइरल ज्वरोको भाइरस के हो ? 

भाइरल ज्वरोको मुख्य भाइरस राइनो भाइरस हो |

६ ) यो रोगका लक्षणहरु के-के हुन ? 

एक्कासी ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, हाच्छिउ आउनु, नाकबाट पानी बग्नु, हाडजोर्नी दुख्नु जस्ता लक्षण देखा पर्दछ | बालबालिकाहरुमा भने वाकवाकी लाग्ने गर्दछ |

७ ) यो रोगका खतराका चिन्हहरु के-के हुन् ?

आँखा रसिलो हुनु, नाकाबाट पानी बग्नु, स्वप्रस्वासमा समस्या हुनु, छाती दुख्नु, मुटुको चाल गडबड हुनु जस्ता खतराका चिन्ह हुन् |

८ ) यो रोगबाट बच्ने उपायहरु के- के हुन् ?

यो रोगबाट बच्न खोक्दा, हाछिउ गर्दा रुमालको प्रयोग गर्ने, बाहिर हिंड्दा मास्कको प्रयोग गर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, बिहान चाडैं उठ्ने, संक्रमित व्यक्तिसंग कुरा गर्दा एक मिटरको दुरीमा बस्ने, रोगि व्यक्तिलाई रोग निको नभएसम्म छुटै कोठामा राख्ने गर्नु पर्छ |

९ ) यो रोगीले के खाने के नखाने ?

यस्ता रोगीले बजारमा प्याकिङ गरेका खाने कुरा नखाने, फलफुल हरु राम्रोसंग पखालेर खाने, झोलिलो खानेकुरा खाने, पानी तताएर मात्र पिउने | बालबालिका छ भने आमाको दुध बढी चुसाउने र झोलिलो खानेकुरा बढी खुवाउने | 

(डा. युगल भट्टराई, मेघा अस्पताल प्रा. लि ललितपुरका मेडिकल अफिसर हुन्)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला