२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! महिलाहरुमा यसकारण निम्तिने गर्छ बाँझोपन समस्या, जानी राखौं

२४ माघ २०७५, बिहीबार ०८:१२

टिप्स | बाँझोपन महिला र पुरुषमा दुवैमा हुन्छ । तर, हाम्रो समाजमा धेरैजसो दोष महिलालाई दिने गरिन्छ । महिलामा बाझोपना हुनुको प्रमुख कारण भनेको डिम्ब उत्पादन नहुनु हो । त्यस्तै गर्भ नबस्नुमा पाठेघरको नली बन्द हुने,  महिलाको फेलिपिन ट्युब बन्द हुँदा विभिन्न संक्रमण हुन सक्छ । त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुन सक्छ । यद्यपी आफुमा बाँझोपन भए, नभएको संकेत भने उनीहरुले मासिक स्रावकै क्रममा थाहा पाउन सक्छन् ।

यसका लागि महिलाहरुले महिनावारीका क्रममा हुने मासिक चक्रबारे ध्यान दिन जरुरी छ | यस्ता छन् बाझोपनको कारण:

१. महिनावारीको अन्तराललाई ध्यान दिने

कुनै महिलाको महिनावारी हुने समयको अन्तराल २५ देखि ३० दिन भन्दा धेरै छ भने त्यसले उक्त महिलामा ओभ्यूलेसन नियमित नभएको जनाउ दिन्छ ।

एक अध्ययनका अनुसार मासिक धर्म चक्र २५ दिन भन्दा कम रहने महिलामा २७ देखि २९ दिनसम्म उक्त चक्र रहनेको तुलनामा गर्भ बस्ने सम्भावना कम हुने गर्छ । त्यसबाहेक, तीस वर्षको उमेरका आसपासका महिलामा महिनावारी नियमित नभएमा त्यो पि्र-मेनोपौजको संकेत हुनसक्छ ।

२. तौल नियन्त्रित गर्ने

करिब १२ प्रतिशत बाँझोपनामा तौल मुख्य कारण हुनेगर्छ । विशेषगरी, शरीरको तौल बढी भएमा  शरीरको फ्याटले एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसले ओभ्यूलेशनलाई असर पुर्‍याउँछ ।

३. एक्ससाइजले पनि पार्छ असर

एक अध्ययनले जनाए अनुसार सातामा चार घण्टा दौडने वा एरोविक्स गर्ने महिलाको तुलनामा एक्सरसाइज नगर्ने महिलामा गर्भधारण गर्ने सम्भावना ४७ प्रतिशतले कम हुने गर्छ । तर, त्यो भन्दैमा धेरै वर्कआउट गर्नैपर्छ भन्न खोजेको हैन । धेरै वर्कआउट गर्नाले शरीरमा उर्जाको कम हुनसक्छ र धेरै तनाव भएर प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ ।

४. गर्भनिरोधधक चक्कीको प्रयोग पनि बाझोपना हुनसक्छ ?

गर्भनिरोधक चक्कीको प्रयोगले बाझोपनाको समस्या निम्तने मानिसको आम धारणा छ । जबकी गर्भनिरोधक चक्कीको सेवनले गर्भधारणा गर्नमा कुनै समस्या हुँदैन । बरु यसको लगातारको प्रयोगले गर्भधारण गर्नमा सहयोग पुग्ने गर्छ ।

एक शोधले जनाए अनुसार चार वर्ष भन्दा कम समय गर्भनिरोधक चक्की सेवन गर्ने महिलामा दुई वर्ष भन्दा कम समय यो चक्की सेवन गर्ने महिलाको तुलनामा गर्भवती हुने सम्भावना धेरै रहेको थियो ।

उक्त शोधले जनाए अनुसार यस्ता चक्कीले ओभ्यूलेशन रोक्दछ भने केहीले अण्डालाई  जिवित राख्नमा पनि मद्दत गर्दछ ।

५. वंशाणुगत कारणले पनि पार्नसक्छ असर

चाडै रजनोवृत्ति हुने आमाहरुमा उनीहरुबाट जन्मने सन्तानमा पनि छिटो  रजनोवृत्ति हुने सम्भावना धेरै हुन्छ । त्यस्तै, परिवारमा कसैलाई बाझोपनाको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि बाझोपनाको समस्या हुने सम्भावना उच्च हुन्छ । त्यसबाहेक फाइब्राइड, एंडोमेटि्रयोसिस जस्ता समस्या पनि वंशाणुगत कारणले हुने भएकोले यस्ता कुरामा ध्यान दिएर पनि महिलाहरुले आफूमा बाझोपनाको समस्या छ कि छैन थाहा पाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै