२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भनिरोधक चक्की यस्तो फाइदाजनक ! यी ५ समस्याबाट छुटकारा दिलाउँछ

२०७५, २६ माघ शनिबार ०५:४५

अनिश्चित गर्भ नरहनका लागि बजारमा गर्भनिरोधक चक्की उपलब्ध छन् । यस्ता चक्की प्रयोग गर्दा स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।

गर्भ निरोधक चक्कीको सेवनले महिलामा हर्मोनल गडबडी हुनसक्छ ।

तर, यो चक्कीले हानि मात्र गर्दैन । गर्भ निरोधक चक्कीको सेवनले यस्तो फाइदा गर्छ ।

के छ त फाईदा ?

गर्भनिरोधक चक्की अनिच्छित गर्भ रोक्नमा मात्र सिमित छैन । यसका अन्य धेरै फाइदाहरु  छन्, जसले महिलालाई महिनावारी हुन मद्दत गर्नुका साथै डन्डिफोरको समस्याबाट उन्मुक्ति दिलाउँछ ।

त्यसो त, अनिच्छित गर्भधारण गर्नबाट बच्ने अन्य कयौ उपायहरु छन् । तर महिलाहरु भने यस्ता खान नै बढी रुचाउँने गर्छन् । गर्भ रोक्ने उपाय पनि दुई किसिमको हुन्छ, हर्मोनल र नन हर्मोनल ।

हर्मोनल औषधीको प्रयोगले महिलाको हर्मोनमा बद्लाव गरी गर्भ बस्नबाट रोक्छ । त्यस्तै, नन हर्मोनलमा कपर्टी, कन्डोम इत्यादी लगायतका गर्भ निरोधक अस्थाई साधन पर्दछ । जसले गर्भ बस्नबाट रोक्न मद्दत गर्छ ।

महिलाहरु हर्मोनल औषधीको सट्टा यस्ता नन हर्मोनल उपाय प्रयोग गर्न रुचाउँछन् । जबकी नन हर्मोनल उपायको तुलनामा महिलाहरुमा हर्मोन औषधीको प्रयोग बढी लाभदायक मानिन्छ । किनकी यस्ता औषधीको प्रयोगले गर्भ रोक्नेमात्र नभई अन्य धेरै फाइदा गर्दछ ।

१, मासिक धर्म नियन्त्रित राख्छ

महिनावारी ढिलो हुनुमा हर्मोनले ठूलो भूमिका खेल्छ । खासगरी, महिनावारी हुदाँ बढी रक्तश्राव भएमा वा महिनावारी अनियमित भएमा यस्ता गर्भ निरोधक चक्कीले त्यसलाई नियन्त्रित गर्न मद्दत गर्छ ।  गर्भनिरोधक चक्कीको प्याकेटमा २८ चक्की औषधी हुन्छ । यसमा २१ वटा सकि्रय चक्की -हर्मोन सहित) र बाकी सात निस्कि्रय चक्की हुन्छ । निस्कि्रय चक्की सेवन गरेमा महिलाहरुमा महिनावारी हुने गर्छ । त्यसैले, धेरै सकि्रय चक्कीको सेवन गरेर पनि महिलाले आˆनो महिनावारी नियमित गर्न सक्दछन् । यसले पोलीसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) पनि निको पार्छ ।

२. हर्मोनल एक्ने सफा गर्छ

शरीरमा हर्मोनको गडबडी भएमा पिम्पल्स आउने गर्छ  ।गर्भनिरोधक चक्कीको सेवनले शरीरमा हर्मोनलाई नियन्त्रित गर्छ । यो चक्कीमा एस्ट्रोजेन तथा प्रोजेस्टेरोन नामक हर्मोन हुने भएकोले यसको सेवनले हर्मोनलाई नियन्त्रित गरी  पिम्पल्सको समस्याबाट समेत छुटकारा दिलाउँछ ।

३. महिनावारी सम्बन्धि दुखाईबाट छुटकारा दिलाउँछ

एक रिपोर्टमा उल्लेख गरिए अनुसार महिनावारीको दुखाई कम गर्न ३१ प्रतिशत महिलाले गर्भ निरोधक चक्कीको  सेवन गर्छन् । किनकी महिनावारी हुदाँ पाठेघरले प्रोस्टेग्लैडिंग नामक हर्मोनको स्राव गर्छ । यो हर्मोन बढी स्राव भएमा पेट दुख्ने गर्छ । यो हर्मोनले महिनावारीमा गर्भाशयलाई संकुचित बनाउँछ, जसले महिनावारीमा क्राम्प्स हुने गर्छ ।

गर्भनिरोधक चक्की खानाले ओभ्युलेशन कम हुन्छ र प्रोस्टेग्लैडिङ्गको स्राव पनि कम हुन्छ । किनकी सामान्यतया मासिक चक्रका क्रममा प्रत्येक महिना  महिलाको शरीरबाट एउटा अण्डा ओभरी -डिम्बासय)बाट निस्केर गर्भाशयसम्म पुग्छ । तर, जब यो चक्कीको सेवन गरिन्छ, तब अंडा गर्भाशयसम्म आउँदैन जसले गर्दा गर्भाशयमा क्राम्प्स हुँदैन । र, क्राम्प्स नभएपछि पेट पनि दुख्दैन ।

४. गर्भाशयको क्यान्सरको जोखिम कम गर्छ

एस्ट्रोजेन र प्रोजेस्टेरोन नामक संयुक्त हर्मोनको सेवन गर्नेहरुमा गर्भाशयको क्यान्सर हुने सम्भावना पनि ५० प्रतिशत कम हुन्छ । कतिसम्म भने यो औषधी खान छोडेपनि यसको असर बीस वर्ष पछि सम्म पनि रहिरहन्छ । र, यसले डिम्बासयमा हुनसक्ने क्यान्सरबाट पनि बचाउँछ ।

५. रक्तअल्पत्राको जोखिम कम हुन्छ

महिनावारीका क्रममा धेरै महिलालाई उच्च रक्तश्राव हुन्छ । जसले गर्दा उनीहरुमा रक्तअल्पत्राको जोखिम पनि धेरै हुने गर्छ । रक्तअल्पत्रा भएमा रगतमा अक्सिजनको आपूर्ति गर्ने हेमोग्लोविनको मात्रा कम हुने गर्छ । जबकी हर्मोनयुक्त गर्भनिरोधक चक्कीको सेवनले महिनावारी हुदाँ धेरै रक्तश्राव हुँदैन र महिनावारीमा कारण हुने रत्तअलपत्रा पनि हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला