विश्व स्वास्थ्य सूचांकले देखाइसकेको छ, ‘डिप्रेसन अब विश्वको लागि टाउको दुखाईको विषय बन्नेछ ।’ अहिले हामी डिप्रेसनको दलदलभित्र फस्दैछौं । हाम्रा घरमा कति सदस्य यस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विश्व स्वास्थ्य सूचांकले देखाइसकेको छ, ‘डिप्रेसन अब विश्वको लागि टाउको दुखाईको विषय बन्नेछ ।’ अहिले हामी डिप्रेसनको दलदलभित्र फस्दैछौं । हाम्रा घरमा कति सदस्य यस्"/>
२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! कतै तपाईं पनि डिप्रेसनको शिकार पो बन्नुभयो कि ?

२९ माघ २०७५, मंगलवार ०६:४१

टिप्स | विश्व स्वास्थ्य सूचांकले देखाइसकेको छ, ‘डिप्रेसन अब विश्वको लागि टाउको दुखाईको विषय बन्नेछ ।’ अहिले हामी डिप्रेसनको दलदलभित्र फस्दैछौं । हाम्रा घरमा कति सदस्य यस्ता होलान्, जो डिप्रेसनले ग्रस्त छन् । अबको विश्वमा डिप्रेसनले भयावह रुप लिँदैछ । यसको बाछिटा हाम्रो समाजमा पनि परिसकेको छ । हाम्रा वयस्क, युवा, केटाकेटीसमेत डिप्रेसनको रोगी बन्दैछन् ।

आखिर किन अहिले डिप्रेसनले हामीलाई लखेट्दैछ ? किन हामी यसको चंगुलमा फस्दैछौं ?

यहाँ एक आध्यात्मिक गुरुले यिनै प्रश्नहरुको जवाफ खोजेका छन् । किन हुन्छ डिप्रेशन ? सद्गुरु जग्गी बासुदेवको भाषामाः

डिपे्रशनबारे म जुन कुरा भन्न गईरहेको छु, त्यो यसकारणले भनिरहेको छैन कि मलाई कुनै चिन्ता छैन वा म  संवेदनहीन छु । बरु यसकारणले भनिरहेको छु कि तपाईंलाई जे भइरहेको त्यो व्यक्तिको स्वभाव हो, प्रकृति हो ।

यदी हामीले आफूलाई डिप्रेसनको स्थितिमा पुर्‍याइरहेका छौ भने हामीले आˆनो  मनमा गलत किसिमको गलत भावना र विचार पैदा गरिरहेका छौ ।

मनमा कुनै भावना प्रवल छैन वा विचार तिव्र छैन भने मन निरास हुँदैन । र, डिपे्रसन पनि हुँदैन । कुरा यतिमात्र हो की गलत भावना मनमा तिव्र रुपमा पैदा भएमा त्यसले मानिसमा डिप्रेसनको समस्या निम्त्याउन सक्छ ।

किन हुन्छ डिप्रेसन ?

धेरैजसो डिपे्रसन आˆनै कारणले निम्तिन सक्छ । धेरै कम व्यक्ति मात्र रोगका कारण डिप्रेसनमा पर्ने गर्छन् । आणुवशिक कारण अन्य कुनै कारण उनीहरुलाई डिप्रेसन हुने हुदाँ त्यस्ता व्यक्तिले डिप्रेसन हुनबाट बच्न केही गर्न सक्दैनन् ।

बाँकी सबै मानिसलाई भने पागल बनाउन सकिन्छ । किनकी स्थिर मानसिकता र पागलपनको सिमारेखामा निकै कममात्र अन्तर छ । मानिसहरु सधै यसबाट पार पाउन चाहन्छन् ।

उदाहरणका लागि जब तपाईं रिसाउनु हुन्छ, तब तपाईंले यसको अन्तरलाई कम गर्नु हुन्छ । वास्तवमा त्यतिबेला सिमा पार गर्दैछु भन्ने राम्रो जानकारी हुन्छ ।

त्यसैले त, मानिसहरु बेलाबेलामा भन्ने गर्छन्, ‘म आज झण्डै पागल भइन’ । त्यो अवस्थामा हामी आˆनो स्थिर मानसिकताको सीमालाई केही क्षणको लागि पार गरिरहेका हुन्छौ । र, पागलपनको अवस्थासम्म पुन फर्किरहेका हुन्छौ ।

यो कुरालाई तपाईं आफै  अपनाएर हेर्नुहोस् । कुनै व्यक्तिमाथि प्रत्येक दिन करिब दश मिनेट रिस पोख्न थाल्नोस् ।  तपाईंलाई आफै थाहा हुनेछ, करिब तीन महिनाको अन्तरालमै तपाईं डिपे्रशनको शिकार हुनुहुनेछ ।

यसको कारण के हो भने, दिनहुँ पागलपनको व्यवहार गरेमा एक दिन हामी यस्तो अवस्थामा पुग्छौ, जहाँबाट फेरी र्फकन असम्भव जस्तै हुन्छ । हामी पागलपनको उत्कर्षमा पुग्छौ । त्यतिबेला चिकित्सकीय रुपले हामीलाई रोगी घोषित गरिन्छ ।

यहाँ बुझ्नु पर्ने कुरा के हो भने यदी क्षणभरको लागि मात्र पनि तपाईंलाई रोगी घोषित गरिन्छ भने तपाईं रोगी हो ।  यसको लागि कसैले तपाईंलाई मेडिकल रिपोर्ट नदिन सक्छ । तर यसको मतलव यही हो कि तपाईं त्यो अवस्थामा पुग्दै हुनुहुन्छ ।

किनकी, के तपाइर्ंलाई लाग्छ, कुनै पनि मानिसलाई विना कारण यसरी रिसाउने अधिकार छ ? अरुमाथि रिस पोख्न अधिकार दिइएको छ ? तपाईलाई किन लाग्छ, डिपे्रसनमा हुनु भनेको कुनै विशेष अधिकार हो, जसको मद्दतले अरुको ध्यान आफूसित आकषिर्त गर्न सकियोस् । यदी तपाइर्ं यस्तै नै सोच्नु हुन्छ भने एक दिन यस्तो समय अवश्य आउनेछ, जतिबेला तपाईलाई कुनै एक चिकित्सकको आवश्यकता पर्नेछ ।

डिप्रेसन- मानिसको ध्यान आकषिर्त गर्न ?

विरामी पर्नका लागि जीवनमा विभिन्न अवसर प्राप्त हुन्छ । विरामी हुदाँ सानो बेला देखि नै घरपरिवार तथा इष्टमित्रको ध्यान तपाईंतर्फ केन्दि्रत हुने गथ्र्यो । त्यतिबेला तपाईं खुशीले चिच्याउनु हुन्थ्यो । र, तपाईंले चिच्यिाएको सुनेर घर परिवारले गाली पनि गर्थे ।

सानो बेलामा विरामी हुदाँ फाइदा पनि हुन्थ्यो । एक त परिवारको ध्यान तपाईंमा केन्दि्रत हुन्थ्यो । अर्को, स्कुल जानु पर्दैनथ्यो । मानिसहरुको ध्यान तपाईंप्रति केन्दि्रत हुने भएकैले विरामी कसरी हुने भन्ने कुरा तपाईंले सानैमा सिकिसक्नु भएको थियो ।

तर, जब तपाई विवाह हुन्छ, त्यसपछि भने तपाईंले मानसिक रुपमा विरामी हुने कला सिक्नु हुन्छ ।

मानिसको ध्यान तपाईंमा केन्दि्रत होस् भन्ने चाहनुहुन्छ भने जानुस् एउटा कोठामा बस्नुस् र भन्नुस् मलाई डिपे्रसनको समस्या छ । मानिसहरुको ध्यान स्वतः तपाईमा केन्दि्रत हुन थाल्छ ।

शरीरलाई स्वस्थ राख्न प्रोत्साहण गर्नुहोस्, रोग निम्त्याउन होइन

म भन्छु, दुर्भाग्यवश धर्तीमा हुने ७० प्रतिशत भिन्नाभिन्नै विमारी हामीले नै निम्त्याउने गर्छौ । संक्रमणकै कुरा गर्दा पनि आफूलाई शारीरिक तथा मानसिक रुपमा पनि सबल राख्ने आˆनो स्वास्थ्य प्रति विशेष ध्यान राख्ने व्यक्तिलाई अन्यको तुलनामा कम विरामी हुने गर्छन् । उनीहरुलाई विषाणु तथा जिवाणु संक्रमण गर्ने सम्भावना पनि न्यून हुन्छ ।

जबकी आफ्नो स्वास्थ्यलाई प्रति वेवास्ता गर्ने तथा हेलचक्राई गर्ने व्यक्तिलाई भने रोगको संक्रमण हुने सम्भावना उच्च हुन्छ । आफूलाई शारीरीक र मानिसक रुपमा सबल र स्वस्थ राखेमा कहिल्यै विरामी परिदैन ।

मौसमको बदलीसँगै प्रत्येक पटक सिरक ओढेर सुत्ने मानिसकै कुरा गर्ने हो भने पनि त्यस्ता व्यक्ति विरामी पर्ने सम्भावना धेरै हुने गर्छ । उनीहरुलाई रोगले प्याप्ने सम्भावना धेरै हुने गर्छ ।

त्यसैले पनि, आफ्नो बच्चालाई अहिलेदेखि नै स्वस्थ जीवन बाँच्न सिकाऔ । यसको लागि आवश्यक परिस्थिति सिर्जना गरौ ।

जस्तो की  कुनै बच्चा विरामी भएमा उनीहरुलाई गएर अंगालो मारेर उनीहरुमाथि सहानुभूति नजताऔ । उनीहरुलाई अनुभव गराऔ, विरामी हुनु भनेको जीवनकै सबैभन्दा खराब क्षण हो । त्यसपछि, उनीहरुले महसुस गर्नेछन्, बच्चा, उसको शरीरका प्रत्यक रसायनले सिक्न थाल्ने छन्, फाइदा विरामी हुनुमा हैन, स्वस्थ र  खुशी रहनुमा धेरै छ ।

यदी हामी सबैले यो कुरा शरीरको जैविक र रसायनिक प्रकि्रया तथा वरिपरिका मानिसलाई स्पष्ट पारेको खण्डमा तपाईं आफै महसुस गर्न सक्नुहुन्छ कि त्यसपछि मानिसहरु अहिलेको जस्तो खासै विरामी हुँदैनन् ।

त्यसैले, आˆनै शरीरलाई स्वस्थ राख्नको लागि पनि यो परिस्थिति बनाउन आवश्यक छ । यदी यो कुरामा मन बनाउन सकिन्छ भने अन्य कुरामा पनि यस्तै तरीकाले मन बनाउन सकिन्छ । त्यसैले, समय आइसकेको छ, यो कुरा हामी सबैले बुझ्न जरुरी भैसकेको छ । मानसिक रुपमा, शारीरीक रुपमा रसायनिक रुपमा तथा उर्जाको दृष्टीले पनि तपाईंले यो बुझ्न आवश्यक छ कि विरामी भएर, दुखी भएर वा डिप्रेशनमा परेर बस्नुको कुनै फाइदा छैन । यसले कुनै लाभ पनि मिल्दैन । बरु खुशी, आनन्दपूर्ण तथा उत्साहपूर्ण तरीकाले बाँच्नमा जति फाइदा छ, त्यो अरु कुरामा कतै छैन । र, तपाईंले यो कुरा सबैलाई बताएमा उनीहरुले पनि तपाईसित त्यस्तै व्यवहार गर्न थाल्नेछन् । अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध