२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निमोनिया भनेको के हो ? यसका लक्षण र बच्ने उपाय यस्ता छन्

२०७५, ३ फाल्गुन शुक्रबार ०८:०५

प्रमिला घिसिङ | निमिनिया भनेको फोक्सोमा हुने एक प्रकारको रोग हो | यो अति सुक्ष्म किटाणु, ब्याक्टेरिया, भाइरस, फंगसको कारण लाग्ने गर्दछ | निमोनिया वातावरण प्रदुषणको कारण स्वासप्रस्वसको माध्यमबाट मानिसको फोक्सोमा हुने संक्रमण नै निमोनिया हो |

निमोनिया कसरी लाग्छ ? 

निमोनिया अति सुक्ष्म किटाणु, ब्याक्टेरिया, भाइरस र फंगसको कारण लाग्दछ |

कति वर्षको बालबालिकाम कस्तो निमोनिया लाग्छ ?

जन्मेदेखि ३ हप्ता देखि ३-४ वर्ष उमेरको बालबालिकामा (स्ट्रेप्टोकोकस) नामक निमोनिया  लाग्छ, ५ वर्ष पछिको बालबालिकामा (माइकोप्लासमा) नामक निमोनिया लाग्ने गर्दछ |

निमोनियाको लक्षण के – के हुन् ? 

सामान्य रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गार्ह्रो हुनु, शरीरमा निलो दाग देखा पर्नु, टाउको दुख्नु, मुटुको चाल गडबड हुनु, आखा रातो हुनु, सिगान बग्नु जस्ता लक्षण देखा पर्दछ |

निमोनियाका कारक तत्वहरु के-के हुन् ?

धुम्रपान: धुम्रपान गर्ने मानिसमा फोक्सोमा समस्या देखा पर्दछ, यसले निमोनिया पनि उतपन्न गर्दछ |

मादक पदार्थ सेवन: मादक पदार्थ सेवनले फोक्सोमा नराम्रो समस्या निम्त्याउछ, यसरीनै मादक पदार्थ सेवन गर्ने मान्छे पनि निमोनियाको सिकार बन्दछ |

उमेरमा वृद्दता: उमेरमा वृद्दता संगै निमोनियाको समस्या पनि हुने गर्दछ |

एन्फ़्लुएन्जा भाइरल ज्वरो: यसले पनि निमोनिया निम्त्याउछ |

निमिनियाबाट बच्ने उपायहरु यस्ता छन्:-

१ ) बच्चालाई अरु बेलाको तुलनामा धेरै पटक आमाको दुध खुवाउने,

२ ) बच्चालाई धुलो र फोहर वातावरनमा खेल्न नदिने,

३ ) बच्चा जन्मेदेखि ६ महिना सम्म आमाको दुध मात्र खुवाउने, त्यसपछि आमाको दुध संगै पोषिलो खानेकुरा घ्यु, गेडागुडी, फलफुल, जाउलो जस्ता खानेकुरा खुवाउने,

४ ) बच्चालाई हावा आउन जान सक्ने सफा कोठामा राख्ने,

५ ) बच्चालाई एक वर्षमा खोपको मात्रा पुरा गर्ने,

६ ) बच्चालाई मौसमअनुसारको कपडा लगाईदिने |

(डा. सुरज घिमिरे सिमाम्स मेडिकल हल बागडोल,ललितपुरका फर्मासिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला