२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भावस्थाको मुख्य लक्षण के-के हुन् ? यस्ता छन् गर्भवती महिलाले ध्यान दिनैपर्ने कुराहरु

२०७५, १० फाल्गुन शुक्रबार ०९:०२

प्रत्येक गर्भवती महिलाको स्वास्थ्य राम्रो हुनु जरुरी छ । उनले राम्रो वा पोषणयुक्त खाना र परिवार तथा छरछिमेकको स्नेह र सहयोग पाउनु पर्छ । स्वस्थ महिलाहरू गर्भावस्थामा तथा सुत्केरी हुँदा कुनै कठिनाइ महसुस गर्दैनन् र त्यस्ता महिलाबाट जन्मिएका बालबच्चा पनि स्वस्थ हुन्छन्।

गर्भावस्थाका मुख्य लक्षणहरु

-समयमा महिनावारी नहुने    

-थकाइ लाग्ने वा जिउ गल्ने

-शरीरमा ज्वरो आएजस्तो लाग्ने

-कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने

-बारम्बार पिसाव लाग्ने

-स्तन गानिएर आउने, ठूलो हुने

-ढाड (तल्लो भाग ) दुख्ने

-गर्भ रहेपछि हल्का रक्तश्राव हुने

-टाउको दुख्ने

-दिक्क लाग्ने वा तनाव हुने

-बिहान उठ्ने बित्तिकै बिरामी हुने

गर्भावस्थाका शारीरिक परिवर्तनहरु

पहिलो १२ हप्ता

-खाना अमन हुने,

-वाकवाकी लाग्ने,

-स्तन दुख्ने तथा भारी हुने

१३– २८ हप्ता

-वाकवाकी लाग्न हराउने

-छालाको रङ परिवर्तन हुने

-मुखमा चायाँ, पोतो आउने

-पेट बढेको देखिने

-पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने

-पहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र  पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन्।

२८ देखि ४० हप्ता

-पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने

-बढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्ने

-ढाड दुख्ने

-आठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने

-नवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुने

गर्भावस्थाका असाधारण लक्षणहरु

-ज्वरो आउने

-योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने

-पिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुने

-पखाला लाग्ने, निरन्तर वान्ता हुने

-पोट दुख्ने

-टाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०÷९० भन्दा माथि हुने

-अत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने 

-तैताला,हत्केला र शरीर चिलाउने 

प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरु

-सफा रहने र सधै नुहाउने

-पौष्टिक खाना खाने

-हलुका, खुकुलो र आरामदायी कपडा लगाउने

-ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने

-तनावयुक्त काम नगर्ने

-आराम गर्ने

-चिल्लो, पिरो,अमिलो आदि नखाने

-९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने

-राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने

-कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने

-जाँड, रक्सी तथा चुरोट नपिउने

-विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने

-मोटरसाइकल÷स्कुटर नचलाउने

-शारीरिक सम्र्पक नराख्ने

-चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने÷ प्रयोग नगर्ने

-टिटानस सुई लगाउन

गर्भावस्थामा प्रोटिन,आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात,भटमास,गेडागुडी, जागर, ब्रोकाउली,काउली तरकारी खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला