१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाईफाईको स्पीड दोब्बर बढाउने सजिलो उपायहरु यस्ता छन्, जानी राखौं

१४ फाल्गुन २०७५, मंगलवार ०७:३०

काठमाडौं । के तपाईँ निकै सुस्त गतिको वाईफाई राउटरको स्पीडबाट हैरान हुनुभएको छ ? यदि तपाईँलाई वाईफाईको स्पीडबाट समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

हामी यहाँ तपाईँलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईँको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ ।

१. राउटर राखिएको स्थान

तपाईँको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ । यस्तोमा तपाईँले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् । यदि तपाईँले राउटरलाई भुईँमा राखनुभएको छ भने त्यसको वाईफाई सिग्नल तपाईँको डिभाइसमा पुग्न सक्दैन् ।

त्यसैले वाईफाई राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइसमा पुरा सिग्नल आउँछ । बहुतल्ले घरमा वाईफाई प्रयोग गर्नुहुन्छ भने घरको माथिल्लो तल्लामा राउटर राख्नुहोस् ।

२. कति दूरीमा छ वाईफाई राउटर

हरेक वाईफाई राउटरको एउटा निश्चित सीमा तोकिएको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ । राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ । उदाहरणको लागि कुनै राउटरले ३०० मीटरसम्मको एरिया कभरेज गर्छ भने कुनैले ३० मीटरसम्मको मात्रै । त्यसैले तपाईँको वाईफाई राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नुहोस् । यस्तो जानकारी वाईफाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडिपट्टि लेखिएको हुन्छ ।

३. वरिपरिको वातावरण

वाईफाई राउटरको अवस्था र राखेको स्थान ठिक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ । वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफाईको वरिपरि सकेसम्म मेटलका सामाग्रीहरु नराख्नुहोस् । त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिग्नल रोक्नेहुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस् ।

४. कुन दिशामा वाईफाई राउटर राख्ने

वाईफाई राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्दछ । यसले सबै दिशामा एकै प्रकारले समान तहको सिग्नल पठाउने गर्दछ । त्यसैले जुन दिशामा वा स्थानमा बसेपनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस् ।

५. रिपीटर डिभाइसको प्रयोग

यदि माथिका सबै टिप्सहरु ध्यान पूर्वक प्रयोग गरिसक्नुभएको छ र अझैपनि वाईफाई सिग्नल कमजोर छ भने तपाईँले त्यसको लागि वाईफाई रिपीटर लगाउनु उपयुक्त हुन्छ । वाईफाई रिपीटरलाई कतै कतै वाईफाई सिग्नल बुस्टर डिभाइसको नामले बुझ्ने गरिन्छ । यो सानो उपकरणले तपाईँको वाईफाई राउटर र डिभाइसको दूरी केहि बढि भएपनि वाईफाई सिग्नललाई बढाउन सहयोग गर्दछ ।

रिपीटरको सहयोगबाट तपाईँको राउटरले धेरै एरिया कभरेज गर्दछ । यदि तपाईँ ठूलो एरियाको लागि वाईफाई प्रयोग गर्न चाहनुहुन्छ भने यस्तो रिपीटर डिभाइस प्रयोग गर्न सक्नुहुनेछ ।

माथि दिईएका टिप्सहरुलाई ध्यानपूर्वक पढेर लागू गर्नुभयो भने तपाईँको वाईफाई राउटरको समस्या र सुस्त गतिको स्पीडमा दोब्बरले सुधार भएको अनुभव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा