२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोनम्यारो प्रत्यारोपणबाट एड्सरोगीको उपचार सफल !

२०७५, २२ फाल्गुन बुधबार १०:३५

काठमाडौं । एड्सलाई प्राणघातक रोग मानिँदै आएको छ र यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन । तर, हालै एक एड्स रोगीको स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरी पूर्णरुपमा स्वस्थ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कुनै एड्सरोगीको सफल उपचार भएको यो दोस्रो घटना हो ।

बेलायतका ती बिरामीको नाम खुलाइएको छैन । उनलाई झण्डै तीन वर्ष अगाडि एचआईभी संक्रमणविरुद्ध लड्न सक्ने दुर्लभ वंशाणु भएका एक दाताको बोन म्यारोको स्टेम सेल प्रत्यारोपण गरिएको थियो ।

चिकित्सकका अनुसार १८ महिनादेखि ती बिरामीमा एचआईभी भाइरसको कुनै लक्षण देखिएको छैन । जबकि, उनले एन्टि–रेट्रोभाइरल औषधि सेवन बन्द गरिसकेका छन् ।

यद्यपि, उनी पूर्णरुपमा निको भएका हुन् वा होइनन् भन्ने स्वतन्त्र अन्वेषण हुन बाँकी छ । यसअगाडि अमेरिकाका टिमोथी ब्रोन नामक बिरामी यही प्रक्रियाबाट एड्समुक्त भएका थिए । ल्यूकेमियाबाट पनि पीडित उनलाई सन् २००७ मा बोन म्यारो प्रत्यारोपण गरिएको थियो । अहिलेका बिरामीमा चाहिँ सन् २०१२ देखि हजकिन्स लिम्फोमा नामक क्यान्सर देखिएको थियो । अहिले उनको क्यान्सर पनि निको हुने चरणमा छ ।

चिकित्सकका अनुसार बोनम्यारो प्रत्यारोपण प्रक्रिया खतरनाक र पीडादायी हुने गर्छ । यसलाई एड्सको नियमित उपचारमा प्रयोग गर्न सकिने सम्भावना नरहेको उनीहरु बताउँछन् । ‘तर आगामी दिनहरुमा एड्सको पूर्ण उपचार सम्भव हुने कुरामा हामी आशावादी बनेका छौं,’ माइक्रोबायोलोजिस्ट जेफ्री मिलुसले भने ।

बेलायतको युनिभर्सिटी कलेज लन्डन, इम्पेरियल कलेज लन्डन, क्याम्ब्रिज र अक्सफर्ट विश्वविद्यालयका अनुसन्धानकर्ताहरु यो प्रक्रियामा संलग्न छन् । अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला