२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनिच्छित गर्भबाट बच्नका लागि यौन सम्पर्कको बेला अपनाउनुस् यी चार तरिका

२०७५, २४ फाल्गुन शुक्रबार १०:५५

टिप्स:- दम्पतीबीच नियमित रुपमा शारीरिक सम्बन्ध हुनुपर्छ । यसले उनीहरुलाई शारीरिक तथा भावनात्मक रुपमा नजिक ल्याउँछ । यदि दम्पतीबीच शारीरिक सम्बन्ध हुँदैन भने उनीहरुमा केही भावनात्मक समस्या देखापर्न सक्छ । भ्रम र अविश्वास पैदा हुनसक्छ । भ्रम र अविश्वासले दाम्पत्य सम्बन्धलाई सधै धरापमा पार्छ ।

यौन सम्बन्ध राख्नुपर्छ, यो प्राकृतिक आवश्यक्ता पनि हो । यौन सम्बन्धका क्रममा केही सावधानी अपनाइयो भने अनिच्छित गर्भ रहनबाट बच्न सकिन्छ ।

१. बडी क्यालेन्डरको सहयोग

यो तरिका धेरै पुरानो हो । यसमा शरीरको थर्मामीटर, क्यालेन्डर र औंलाको सहायताले आफ्नो सर्वाइकल फ्लूइडको जाँच गर्न सकिन्छ । मेन्सुटअल साइकल -महिनावरी चक्र)लाई ध्यानमा राख्नुपर्छ । यदि म्यूकस लचिलो छ भने तपाईंको गर्भ रहन सक्छ । यदि यो चिपचिपा छ भने सम्झनुहोस् कि तपाईंको समय सुरक्षित छ । यो प्रेग्नेन्सी रोक्ने सबैभन्दा सस्तो तरिका हो ।

२. सेक्स गरौं तर पेनिट्रेशन होइन

यदि यौन सम्बन्धका क्रममा तपाईंहरु दुबै पेनिट्रेशन -योनीद्वारमा लिंग प्रवेश गराउने गराउन चाहनुहुन्छ र अनिच्छित गर्भबाट पनि बच्न चाहनुहुन्छ भने कुनै किसिमको गर्भनिरोध प्रयोग गर्नुपर्छ । यदि तपाईं गर्भनिरोध र प्रेग्नेन्सी दुबैबाट बच्न चाहनुहुन्छ भने यौन सम्बन्धको क्रममा हात र मुखको प्रयोग गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस् कि हातको उत्तेजना र ओरल सेक्स पनि उत्तिनै सन्तुष्टिदायक हुन्छ । तर, यस क्रममा ध्यान दिनुपर्ने चाहि के भने विर्यलाई योनीको आसपासमा आउन दिनुहुँदैन ।

त्यसो त बिना पेनिट्रेशन यौन सम्बन्ध राख्दा गर्भवती हुने संभावना एकदम कम हुन्छ । तर, ध्यान राख्नुहोस् कि गर्भ रहनका लागि केवल एक स्पर्म नै काफी छ ।

३. गर्भनिरोधकको प्रयोग

अहिले गर्भनिरोधका अनेक उपाय छन् । यस्ता उपाय हुँदाहुँदै असुरक्षित यौन सम्बन्ध बनाउनुको कुनै अर्थ छैन ।

महिलाले गर्भनिरोधक गोली सेवन गर्न सक्छन् । कन्डोम प्रयोग गर्न सकिन्छ । अरु किसिमको विकल्प पनि छन् । यद्यपी कन्डोमबाहेकका विकल्प अपनाउँदा महिलाको शारीरिक स्वास्थ्यमा केही असर गर्छ कि भनेर ध्यान दिनुपर्छ ।

४. ‘हुन्न’ भन्नुपनि एक विकल्प

अक्सर यौनको लागि पुरुष नै अग्रसर हुने गर्छन् । जब पुरुषलाई यौनको इच्छा जाग्छ, तब उनले आफ्नो पार्टनरलाई त्यसका लागि तयार हुन आग्रह गर्छन् । पुरुषकै विर्य स्खलन भएपछि उनीहरुको यौन सम्बन्ध पुरा हुन्छ । यसमा महिलाको उपस्थिती र रुचीलाई त्यती ध्यान दिइदैन । जबकी गर्भ रह्यो भने महिला नै बढी पीडित हुने हो । महिलाले नै बढी मानसिक र शारीरिक समस्या झेल्ने हो । यसकारण पार्टनरले असुरक्षित यौन सम्बन्ध बनाउने इच्छा राख्छ भने महिलाले हुन्न भन्न सक्नुपर्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला