१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाईलाई थाहा छ ? मानिसलाई उसको सोचअनुसार नै रोग लाग्छ नि !

२५ फाल्गुन २०७५, शनिबार ०३:३२

काठमाडौँ — रोगी भएर बाँच्न कोही पनि चाहदैन । सबै स्वस्थ्य रहन चाहन्छन् । स्वस्थ्य रहनका लागि धेरै कुराको ख्याल गर्नु जरुरी हुन्छ । नियमित व्यायम, पोषणयुक्त खानालगायतका कार्यहरु गर्दा पनि हामी स्वस्थ्य रहेको दावा गर्न सक्दैनौँ । स्वस्थ्य रहनका लागि हाम्रो मस्तिष्क पनि शरिरसँग सम्बन्धित हुन्छ, जुन चिकित्सा विज्ञानले प्रमाणित गरेको छ । 

धेरै जसो रोगहरु 'साईकोसोमेटिक' हुन्छन्। तपाईँको मनको, नकारात्मक सोचका कारणले पनि रोग लागिरहेको हुन्छ। तपाईँको शरीरमा कुनै रोग छैन, तर तपाईँको मन बिरामी हुन सक्छ। जसले गर्दा तन बिरामी भइरहेको छ। आम धारणा भने फरक छ। यदि मन खराब छ भने शरीरमा यसको कुनै प्रभाव हुदैन। मन र शरीर फरक कुरा हुन्। शरीरसँग मनको केहि लिनु दिनु छैन।

वास्तवमा भन्नुपर्दा मनको एउटा सानो विचारले पनि शरीरमा आफ्नो प्रतिकृया जनाउँछ। यसै कारण मन तन्दुरुस्त छ भने तनपनि तन्दुरुस्त हुन्छ। स्वास्थय सम्बन्धि एउटा किताब पढेँ, जसमा ए देखि जेडसम्म प्रत्येक रोगको नाम लेखिएको छ। त्यसकै छेउमा उसको विचार पनि लेखिएको छ। जस्तै – ए – अर्थराईटिस , बी – बल्डप्रेसर , सी- केन्सर , डी – डायबिटिज। यसैगरी प्रत्येक रोगको साथै योपनि लैखिएको छ कि यस्तो- विचार गर्नाले यो रोग लाग्छ, र यस किसिमको विचार गर्नाले यस्तो रोग हुन्छ।

मन जुनअवस्थामा हुन्छ मस्तिष्कद्वारा हार्मोन्सको स्राव पनि त्यसै अनुरुप हुन्छ र हाम्रो कार्य हार्मोन्स द्वारा नै निर्मित हुन्छ। हिजोआज मुटु सम्बन्धि रोगहरु 'कमन' हुँदै गइरहेको छ। सबैभन्दा मुख्य कारण यसको के हो भने यदि तपाईँको स्वाभाव एकदम सिरियस भएर बस्ने किसिम को छ, तपाईँ एकदमै रिसाउने गर्नुहुन्छ, या तपाईँ एकदमै सेन्सेटिभ हुन्हुन्छ, सानो-सानो कुरामा पनि झर्किनु हुन्छ, मनमा राख्नु हुन्छ भने यस किसिमको बानीले पछि गएर तपाईँको मुटुलाई असर गर्न सक्छ। धेरै जसो ह्रदयघातको कारण यही कारणले हुने गर्छ।

यहाँ यो कुरो स्पष्ट छ– की जबसम्म तपाईँको मन यदि पोजिटिभ भएन भने तपाईँ कहिलेपनि स्वस्थ्य भएर बस्न सक्नु हुन्न। यसकारण आजबाट नै आफ्नो हेल्थलाई महत्व दिन सुरु गर्नुस् । किनभने जब तपाईँको स्वास्थ्य नै ठिक छैन भने तपाईँसँग भएका जति पनि सुख-सुविधाका साधनहरु छन् त्यसको कुनै महत्व छैन। हेल्थलाई महत्व दिनुछ भने तपाईँले माईन्ड ( मन–मस्तिष्क) लाई महत्व दिनुस् ।

धेरे जसोलाई लाग्छ कि औषधिहरुको सेवनले नै हामी निको हुन्छौँ। तर वास्तवमा हामीलाई रोगबाट मुक्ति दिलाउने काम हाम्रो माईन्डले गर्छ। औषधिले त हाम्रो मनमा एकप्रकारको साईकोलोजिकल ईफेक्ट खडा गर्दछ। प्लेसबो ईफेक्टको सम्बन्धमा धेरैपल्ट अनुसन्धान भएको छ। जसमा एउटै किसिमका रोगबाट पीडित भएका दुईजना रोगीलाई लिइन्छ। एउटालाई ओरिजनल औषधि दिईन्छ भने अर्कोलाई यस्तो औषधि दिईन्छ जुन हेर्दा ओरिजलन दबाई जस्तो देखिन्छ। तर यसको बिरामीको शरीरमा कुनै किसिमको ईफेक्ट हुँदैन। जब दुवैजनालाई एज ए ट्रिटमेन्ट औषधि दिईन्छ । त्यस बेला परिणाम के देखियो भने दुवै पेसेन्ट पूर्णरुपले निको भए। यसैलाई भनिन्छ प्लेसिबो ईफेक्ट। किनभने जुन बिरामीलाई औषधि दिइयो उसको शरीरमा त असर हुनै नै भयो, तर औषधिको सट्टा अर्को बिरामीलाइ औषधिको नाम मा प्लेसिबो दिईयो – यो औषधि हो भनेर। उसको साईकलोजीले यहाँ काम गर्न सुरु गर्यो, अर्थात् उसको माईन्डले यहाँ काम गर्न सुरु गरिदियो।

तपाईँको माईन्ड( मन)सँग सबैभन्दा ठूलो हिलिगं पावर छ, जसलाई आटोमेटिक हिलिगंसिस्टम भनिन्छ। जुन क्षमता हामी सबैसँग छ। कहिले काही हाम्रो हात-खुट्मा स-साना चोटपटक लाग्छ। त्यसबेला हामी केहि गर्दैनौँ त्यो घाउ भित्रबाट आफैँ निको भएर जान्छ। यो जुन हिलिगंसिस्टम हो त्यसले हाम्रो शरीरको प्रत्येक सेलमा काम गर्दछ। जब तपाईँको मन नेगेटिभ हुन्छ माईन्डले तपाईँको शरीरमा प्वाइजन जेनेरेट गर्दछ। तपाईको मनले शरीरलाई बिरामी बनाउँछ। र मन खुशी हुँदा शरीरमा भएका रोगहरु हिलिगं हुन थाल्छन्।

केही मानिसहरु आफूलाई निको नहुने रोग लागेको भन्दै निराश हुन्छन्। यस्ता रोगहरुलाई 'इनक्युरेबल' पनि भनिन्छ। इनक्युरेबल अर्थान इन- भित्रबाट, क्युरेबल– ठिक हुन्छ। भित्रैबाट निको हुने किसिमको रोग लागेको रहेछ। यदि तपाईँलाई यस किसिमको कुनै रोग छ भने न डराउनुस्, हिम्मतले काम लिनुस्। आफ्नो मनलाई पोजेटिभ बनाउनुस्। सकारात्मक सोच राख्नुस् , पोजिटिभ सोचको बारेमा बर्ल्ड वाईज रिसर्च भएका छन्। जसमा बिरामीले केन्सर जस्तो प्राणघातक रोगलाई समेत जितेका छन्।

विश्वमा यस्ता कयौ हस्तिहरु छन् जो आफ्नो सकारात्मक सोचको जादुले असाध्य रोगमाथि विजय प्राप्त गरेका छन्। बलिउड अभिनेत्री मनिषा कोईराला, पर्यटनउद्यमी कर्ण शाक्यलाई हामी उदाहरणका रुपमा लिन सक्छौँ। ईनर हिलिगं सिस्टममाथि- पोजिटिभ सोचले गर्ने असरको सम्बन्धमा सहकार्य गर्ने हो भने हामी विश्वको स्वास्थ्य क्षेत्रमा धरै सुधार ल्याउन सक्छौँ। यो होइन कि मेडिसन आवश्यक छैन। आवश्यक परेको बेला चिकित्सकको परामर्शमा औषधि लिनुपर्छ। सानो–तिनो समस्या हुने बित्तिकै औषधि खाईहाल्ने मानिसहरुमा औषधि नलिए आफू सन्चो हुन्न भन्ने भ्रम हुन्छ। उनहरुको मनले स्वंय आफैँभित्र रहेको हिलिगं सिस्टम माथि भरोसा गर्न सक्दैनन्।

सामान्य समस्यमा औषधि खाने बानीले हानी पुर्याउन सक्छ। यदि कुनै औषधिको साईड ईफेक्ट छैन भने त्यसले तपाईको शरीरमा कुनैपनि प्रकारको प्रभाव राख्न सक्दैन। तपाईँ जुन- जुन औषधि लिनुहुन्छ निश्चय नै तपाईँको रोगलाई ठिक त गर्छ तर शरीरलाई विस्तारै–विस्तारै खोक्रोपनि पारीदिन्छ। प्रकृतिले हामीभित्र – यस्तो हिलिगंको रचना गरेको छ भने त्यसलाई किन न अपनाउने।

यदि स्वस्थ्य रहन छ भने सब भन्दा पहिले मनलाई स्वस्थ्य राखौँ। मनलाई चलाउनका लागि उर्जाको आवश्यकता पर्दछ। यो उर्जा शरीरको कोष एवं मस्तिष्कको ग्रन्थि द्वारा स्रावित हार्मोन्सबाट प्राप्त हुन्छ। भनाई नै छ,“ नो पोईजन्स किल अ पोजिटिभ थिकंर एन्ड नो मेडिसिन क्यान क्युर अ नेगेटिभ थिकंर”। त्यही भएर होला स्वास्थ्य रहनका लागि हाम्रो मन पनि स्वास्थ्य हुन जरुरी छ। अर्थात हामीले पनि सकरात्मक सोच राख्नुपर्छ। कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता