२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरमै यसरी बनाउनुस् अनुहारको तिलकोठी र चाया हटाउने फेसप्याक

२०७५, २५ फाल्गुन शनिबार ०८:३२

काठमाडौं । अनुहारमा निस्कने चायाले धेरै मानिसलाई सताएको हुन्छ । पुरुषभन्दा पनि महिलाहरू यो समस्याबाट बढी ग्रसित हुन्छन् । यसको सही उपचार गर्न धेरै खर्चसमेत गरिरहेका हुन्छन् । चाया मात्र नभएर अनुहारमा आउने तिलकोठीले सुन्दरतामा पनि असर पुर्‍याउन सक्छ । यस्ता समस्याबाट छुटकारा पाउन ब्युटिसियन कल्पना शाक्यले केही प्याक बनाउने उपाय सुझाएकी छिन् ।

तिलकोठीलाई फेसप्याक

हरियो धनियाँको रसमा कागतीको रस दुईदेखि चार थोपा र बियरको रस तीनदेखि पाँच थोपा मिसाई अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ ।

बेसार र दही मिसाई अनुहारमा लगाउने । सो लगाएको २० मिनेटपछि नुहाउँदा अनुहार सफा हुन्छ ।

एक कप दूधमा दुई चम्ची ह्विस्की मिसाई आधा कप हुने गरी पकाउने र त्यो लेपलाई सुत्नुअघि लगाई २० मिनेटपछि पखाल्ने ।

चायालाई फेसप्याक

एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस, आधा चम्चा गोलभेँडाको रस र त्यसमा पाउरोटीको सेतो भाग मिसाएर प्याक बनाई अनुहारमा लगाउने । २० मिनेटपछि पखाल्ने ।

मुगीको दाल ठूलो एक चम्चा, दही सानो एक चम्चा, अन्डाको सेतो भाग र पहेँलो भाग दुई चम्चा, आधा भाग कागतीको रस, आधा चम्चा मह, एक चिम्टी बेसार मिसाई प्याक बनाएर अनुहारमा लगाउने । २० मिनेटपछि पुछ्ने (पखाल्ने) ।

कालो तुलसीको पातमा थोरै मह, तीन–चार थोपा कागतीको रस मिसाएर राति सुत्ने वेलामा फेसप्याकका रूपमा लगाउने । २० मिनेटपछि पखाल्ने । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला