२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नानीबाबुलाई कसरी प्रतिभावान बनाउने ? पढ्नुहोस् पाँच टिप्स

२०७५, ३ चैत्र आईतवार ०८:४३

काठमाडौं । आफ्ना नानीबाबुहरुको भविष्यबारे प्रायजसो सबै अभिभावक चिन्तित हुन्छन्।आफ्ना नानीबाबुहरुलाई सही बाटो देखाउन उनीहरु हर प्रयासमा तल्लिन हुन्छन्।

नानीबाबुहरुलाई पढाइमा सबल बनाउन वा चनाखो बनाउन अनावश्य दबाब दिनेगर्छन्।तर यसो गर्नु राम्रो होइन।इच्छाविरुद्ध दबाब दिँदा उनीहरुमा पढाइप्रति अरुचि बढेर आउँछ।

उनीहरुलाई चनाखो वा जिम्मेवारी बनाउन सानै उमेरदेखि कोशिश गर्नुपर्छ।किनकी सानो उमेरका नानीबाबुहरुको दिमाग छिटो विकसित हुन्छ।संझाएको छिटो बुझ्ने गर्छन्।

अभिभावकले नानीबाबुहरुसँग बस्दा होस् वा कुरा गर्दा उनीहरुजस्तै बनिदिनुपर्छ।उनीहरुसँग रमाउने, उनीहरुले सोधेको प्रश्नको जवाफ झर्को नमानी बताइ दिनुपर्छ।यसो गर्दा छिटो बुझ्ने र आमाबाबुप्रति सकारात्मक हुन्छन्।र कामप्रति जिम्मेवार बन्ने बानीको विकास हुँदै जान्छ।

तल पाँच टिप्स दिइएका छन् जुन तपाईका नानीबाबुहरुलाई प्रतिभावान बनाउनमा केही सहयोग पुग्नेछ।

१‍- नानीबाबुहरुसँग नियमित कुराकानी गर्नुहोस् : नानीबाबुहरुलाई प्रतिभावान बनाउनमा कुराकानीले विशेष भूमिका खेलेको हुन्छ।नियमित कुराकानीले नानीबाबुहरुसँग नजिक बनाउनुका साथै नानीबाबुहरुमा आत्मविश्वास बढ्छ। नानीबाबुहरु बोल्न थालेदेखि उनीहरुसँग रमाइला कुराकानी गर्ने बानीको विकास गर्नुपर्छ।उनीहरुसँग अंग्रेजी हिन्दी,नेपालीलगायत भाषामा कुराकानी गर्नेहोस्।ताकी उनीहरु बढ्दै गएपछि कुनै पनि भाषाको समस्या नआ‍ओस्।

२-घरमा खुशियाली वातावरण बनाउनुहोस : घरमा नानीबाबुहरुलाई राम्रो वातावर दिनुपर्छ।सुन्दर वातावरणमा हुर्केका नानीबाबुहरु पछि गएर एक जिम्मेवार मात्र नभइ बुद्धिमानी हुन्छन्।नानीबाबुहरुलाई सानैदेखि जिम्मेवारी बन्न दिनुपर्छ।अभिभावकले नियमित उनीहरुसँग खेल्ने, रमाउने गर्नुपर्छ।उनीहरुमा परेको समस्या बुझ्ने कोशिस गर्नुपर्छ।यसो गर्दा उनीहरुमा कामप्रति जिम्मेवारी हुन्छन्।

३- नानीबाबुहरुको उमेरअनुसार खेलौना किन्नुहोस- : नानीबाबुहरुका खेलौना किन्दा उनीहरुको उमेरमा ध्यान दिनु आवश्यक हुन्छ।किनकी उमेर अनुसारका खेलौना भएनन् भने यसले नानीबाबुहरुको मानसिक विकासमा असर गर्छ।खेलौनाले बच्चालाई खुसी र दु:खी बनाउने भएकाले उमेरअनुसारका खेलौना दिनुहोस्।यस्तो खेलौना दिनुहोस्, जसले बच्चालाई ज्ञानसम्बन्धि जानकारी देओस्।

४- नानीबाबुलाई नियमित पढाउने गर्नुहोस् : जब नानीबाबुहरु स्कुल जान थाल्छन् उनीहरुलाई किताब पढ,लेख भनेर मात्र दबाब दिनुहुँदैन। उनीहरुसँग बसेर किताब ‍‌ओल्टाइ पल्ट्याइ गर्ने। उनीहरुलाई नै यो केहो भनेर सोध्ने गर्नुपर्छ। यसो गर्दा उनीहरु हाँसेर उत्तर दिने गर्छन् र पछि प्रश्न सोध्ने गर्छन्। आफूले उत्तर दिँदा कहिले काहीँ गलत भनि दिनुपर्छ। यादहोस् त्यो उक्त प्रश्नको उत्तर नानीहरुलाई थाहा होस्। उनीहरुले त्यसो होइन, यसको उत्तर त यस्तो पो हो भन्दै जिस्काउने गर्छन्। आफूलाई बढी जान्ने भन्ठान्छन्। यसो गर्दा नानीबाबुहरुको नजादिँदो तरिकाले पठाइ अगाडि बढ्छ।

कापी किताबका साथसाथै उनीहरुलाई अंग्रजी/नेपाली वर्णमाला पढ्न लगाउने,‍औंला भाँचेर गन्ती गर्न सिकाउने,फलफूल दिँदा सम्बन्धित फलफूलको नाम बताइ दिने, चराचुरुंगी देखाउँदा नाम भनिदिने, घरमा आएका पाहुनाको नाम/नाता बताइने दिने, घुम्न जाँदा जाँदै गरेको स्थानको नाम र पुगिसकेपछि पुगेको स्थानको नाम बताइदिनुपर्छ।यसो गर्दा नानीबाबुहरुले सबै कुराको जानकारी पाउनुका साथै नयाँनयाँ कुरा सिक्ने मौका पाउँछन्।

५- नकारात्मक सन्देश दिने उपहार नदिनुहोस्: नानीबाबुहरुको जन्मदिनमा हतियार बुझाउने खालका खेलौना भुलेर पनि दिनुहुँदैन।यसले नानीबाबुहरुमा क्रोधको भावना पैदा गर्छ।हतियार बुझाउने खेलौनामा रमाउने बालबालिकाहरु पछि गएर रिसाहाखालका हुनेगर्छ।यस्ता नानीहरुमा सकारात्मकभन्दा पनि नकारात्मक सोचाइ बढ्नेगर्छ।

नानीबाबुहरुमा नकारात्मक सोचको विकास हुनेगर्छ।त्यसैले बालबालिकालाई उपहार दिँदा उमेरमा ध्यान दिनुपर्छ।भर्खर स्कुल जान थालेका नानीबाबुहरुलाई ठूला अक्षर भएका किताब,कलम,पेन्सिल,इरेजर,कटर,झोला,कुनै पर्यटकीयस्थल बुझाउने फोटो,कुनै विशेष जनावरको फोटो आदि उपहारको रुपमा दिँदा राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला