३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नानीबाबुलाई कसरी प्रतिभावान बनाउने ? पढ्नुहोस् पाँच टिप्स

३ चैत्र २०७५, आईतवार ०८:४३

काठमाडौं । आफ्ना नानीबाबुहरुको भविष्यबारे प्रायजसो सबै अभिभावक चिन्तित हुन्छन्।आफ्ना नानीबाबुहरुलाई सही बाटो देखाउन उनीहरु हर प्रयासमा तल्लिन हुन्छन्।

नानीबाबुहरुलाई पढाइमा सबल बनाउन वा चनाखो बनाउन अनावश्य दबाब दिनेगर्छन्।तर यसो गर्नु राम्रो होइन।इच्छाविरुद्ध दबाब दिँदा उनीहरुमा पढाइप्रति अरुचि बढेर आउँछ।

उनीहरुलाई चनाखो वा जिम्मेवारी बनाउन सानै उमेरदेखि कोशिश गर्नुपर्छ।किनकी सानो उमेरका नानीबाबुहरुको दिमाग छिटो विकसित हुन्छ।संझाएको छिटो बुझ्ने गर्छन्।

अभिभावकले नानीबाबुहरुसँग बस्दा होस् वा कुरा गर्दा उनीहरुजस्तै बनिदिनुपर्छ।उनीहरुसँग रमाउने, उनीहरुले सोधेको प्रश्नको जवाफ झर्को नमानी बताइ दिनुपर्छ।यसो गर्दा छिटो बुझ्ने र आमाबाबुप्रति सकारात्मक हुन्छन्।र कामप्रति जिम्मेवार बन्ने बानीको विकास हुँदै जान्छ।

तल पाँच टिप्स दिइएका छन् जुन तपाईका नानीबाबुहरुलाई प्रतिभावान बनाउनमा केही सहयोग पुग्नेछ।

१‍- नानीबाबुहरुसँग नियमित कुराकानी गर्नुहोस् : नानीबाबुहरुलाई प्रतिभावान बनाउनमा कुराकानीले विशेष भूमिका खेलेको हुन्छ।नियमित कुराकानीले नानीबाबुहरुसँग नजिक बनाउनुका साथै नानीबाबुहरुमा आत्मविश्वास बढ्छ। नानीबाबुहरु बोल्न थालेदेखि उनीहरुसँग रमाइला कुराकानी गर्ने बानीको विकास गर्नुपर्छ।उनीहरुसँग अंग्रेजी हिन्दी,नेपालीलगायत भाषामा कुराकानी गर्नेहोस्।ताकी उनीहरु बढ्दै गएपछि कुनै पनि भाषाको समस्या नआ‍ओस्।

२-घरमा खुशियाली वातावरण बनाउनुहोस : घरमा नानीबाबुहरुलाई राम्रो वातावर दिनुपर्छ।सुन्दर वातावरणमा हुर्केका नानीबाबुहरु पछि गएर एक जिम्मेवार मात्र नभइ बुद्धिमानी हुन्छन्।नानीबाबुहरुलाई सानैदेखि जिम्मेवारी बन्न दिनुपर्छ।अभिभावकले नियमित उनीहरुसँग खेल्ने, रमाउने गर्नुपर्छ।उनीहरुमा परेको समस्या बुझ्ने कोशिस गर्नुपर्छ।यसो गर्दा उनीहरुमा कामप्रति जिम्मेवारी हुन्छन्।

३- नानीबाबुहरुको उमेरअनुसार खेलौना किन्नुहोस- : नानीबाबुहरुका खेलौना किन्दा उनीहरुको उमेरमा ध्यान दिनु आवश्यक हुन्छ।किनकी उमेर अनुसारका खेलौना भएनन् भने यसले नानीबाबुहरुको मानसिक विकासमा असर गर्छ।खेलौनाले बच्चालाई खुसी र दु:खी बनाउने भएकाले उमेरअनुसारका खेलौना दिनुहोस्।यस्तो खेलौना दिनुहोस्, जसले बच्चालाई ज्ञानसम्बन्धि जानकारी देओस्।

४- नानीबाबुलाई नियमित पढाउने गर्नुहोस् : जब नानीबाबुहरु स्कुल जान थाल्छन् उनीहरुलाई किताब पढ,लेख भनेर मात्र दबाब दिनुहुँदैन। उनीहरुसँग बसेर किताब ‍‌ओल्टाइ पल्ट्याइ गर्ने। उनीहरुलाई नै यो केहो भनेर सोध्ने गर्नुपर्छ। यसो गर्दा उनीहरु हाँसेर उत्तर दिने गर्छन् र पछि प्रश्न सोध्ने गर्छन्। आफूले उत्तर दिँदा कहिले काहीँ गलत भनि दिनुपर्छ। यादहोस् त्यो उक्त प्रश्नको उत्तर नानीहरुलाई थाहा होस्। उनीहरुले त्यसो होइन, यसको उत्तर त यस्तो पो हो भन्दै जिस्काउने गर्छन्। आफूलाई बढी जान्ने भन्ठान्छन्। यसो गर्दा नानीबाबुहरुको नजादिँदो तरिकाले पठाइ अगाडि बढ्छ।

कापी किताबका साथसाथै उनीहरुलाई अंग्रजी/नेपाली वर्णमाला पढ्न लगाउने,‍औंला भाँचेर गन्ती गर्न सिकाउने,फलफूल दिँदा सम्बन्धित फलफूलको नाम बताइ दिने, चराचुरुंगी देखाउँदा नाम भनिदिने, घरमा आएका पाहुनाको नाम/नाता बताइने दिने, घुम्न जाँदा जाँदै गरेको स्थानको नाम र पुगिसकेपछि पुगेको स्थानको नाम बताइदिनुपर्छ।यसो गर्दा नानीबाबुहरुले सबै कुराको जानकारी पाउनुका साथै नयाँनयाँ कुरा सिक्ने मौका पाउँछन्।

५- नकारात्मक सन्देश दिने उपहार नदिनुहोस्: नानीबाबुहरुको जन्मदिनमा हतियार बुझाउने खालका खेलौना भुलेर पनि दिनुहुँदैन।यसले नानीबाबुहरुमा क्रोधको भावना पैदा गर्छ।हतियार बुझाउने खेलौनामा रमाउने बालबालिकाहरु पछि गएर रिसाहाखालका हुनेगर्छ।यस्ता नानीहरुमा सकारात्मकभन्दा पनि नकारात्मक सोचाइ बढ्नेगर्छ।

नानीबाबुहरुमा नकारात्मक सोचको विकास हुनेगर्छ।त्यसैले बालबालिकालाई उपहार दिँदा उमेरमा ध्यान दिनुपर्छ।भर्खर स्कुल जान थालेका नानीबाबुहरुलाई ठूला अक्षर भएका किताब,कलम,पेन्सिल,इरेजर,कटर,झोला,कुनै पर्यटकीयस्थल बुझाउने फोटो,कुनै विशेष जनावरको फोटो आदि उपहारको रुपमा दिँदा राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन