काठमाडौं | दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण हुँदैन । त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले उनीहरु अघात प्रेम बर्षाउँछन्, कहिले तितो पोख्छन् । धेरै दाम्पत्य-चक्रमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं | दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण हुँदैन । त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले उनीहरु अघात प्रेम बर्षाउँछन्, कहिले तितो पोख्छन् । धेरै दाम्पत्य-चक्रमा "/>
२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता गुण भएका जीवनसाथी रोजनुहोस्, तपाईको भाग्य आफैं चम्किनेछ

२३ चैत्र २०७५, शनिबार ११:०५

काठमाडौं | दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण हुँदैन । त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले उनीहरु अघात प्रेम बर्षाउँछन्, कहिले तितो पोख्छन् । धेरै दाम्पत्य-चक्रमा कहिले घाम, कहिले पानी हुन्छ । यसो भन्दैमा उनीहरुले एकअर्कालाई प्रेम गर्दैनन् भन्ने होइन । प्रेम गर्छन् । तर, कति ?

जीवनको सबैभन्द महत्वपुर्ण पक्ष विवाहा । जो विवाहापछि कतिको खुशि र दुखि हुन्छन् त्यो आफुमा भर पर्ने कुरा हुन् ।

श्रीमान श्रीमतीविचामा कसले कसलाई बढी माया गर्छ ? अक्सर दम्पतीबीच यस्ता किसिमको बहस चलिरहेको हुन्छ, यो स्वभाविक हो, र चल्न्ु पछि पर्छ । हरेकले आफुले बढी माया गर्ने बताउँछन् । यति हुँदाहुँदै पनि उनीहरुबीच मनमुटाव हुन्छ । ठाकठुक पर्छ । झैझगडा हुन्छ । बैमनश्यता हुन्छ ।

पति-पत्नीमा कसले, कसलाई बढी माया गरिरहेको छ भन्ने कुरा थाहा पाउन गाह्रो हुन्न । उनीहरुको व्यवहार, बडील्याङ्वेज, मनोभाव आदिबाट यो कुरा दर्शाइरहेको हुन्छ ।

सामिप्यता खोज्ने

पति वा पत्नीमध्ये कसले, कसको बढी सामिप्यता खोज्छ ? यसले पनि उनीहरुको मनोभाव बुझ्न सकिन्छ । जसले आफ्नो पार्टनर नजिक हुँदा बढी आनन्दित महसुष गर्छ, जो आफ्नो पार्टनरसँग अनेक वहानाले नजिकिन खोज्छ । स्पर्श गर्न चाहन्छ । पक्कैपनि उनीहरुमा पार्टनरप्रति बढी माया हुन्छ ।

उनीहरु बिहे, भोजमा होस् वा घुमघाममा, सिनेमा हेर्न होस् वा पारिवारिक जमघटमा आफ्ना पार्टनरको उपस्थिती खोज्छन् । पार्टनरको अनुपस्थितीमा खल्लो अनुभव गर्छन् ।

केयरिङ

हाम्रो मुड सधै एकनास रहँदैन । कहिले खुसी र कहिले दुखी भइन्छ । यस्तो अवस्थाबारे ख्याल राख्ने पार्टनरमा माया हुन्छ । यदि पति/पत्नी दुखी हुँदा त्यसबारे चासो राख्छ र उनलाई सामान्य अवस्थामा फर्काउने प्रयास गर्छ भने त्यस्ता पार्टनरमा माया हुन्छ ।

यस्ता पति/पत्नीले आफ्ना पार्टनरको स्वास्थ्य अवस्था के छ, दिनभर के खायो, के खाएन, औषधीको छुट्यो कि भन्नेसम्मका ख्याल राख्ने गर्छन् । त्यतीमात्र होइन, पार्टनरले लगाएको लुगा ठिक छ/छैन, गरेको काम सही छ/छैन भन्नेसम्ममा चासो राख्छन् । पार्टनरलाई जाडो भएको, भोकाएको, थाकेको सबै अवस्थाबारे बुझ्न खोज्ने पति/पत्नी मायालु हुन्छन् ।

खुसीको खोजी

पार्टनरको अनुहार सधै हँसिलो होस्, खसी होस् भन्ने चाह राख्ने पति/पत्नीलाई पनि सकारात्मक मान्नुपर्छ । यस्ता पति/पत्नी पार्टनरको  खुसीमा आफ्नो खुसी खोज्छन् । पार्टनरको सुखमा आफु आनन्दाभूत गर्छन् । त्यतीमात्र होइन, पार्टनर के कुरामा खुसी हुन्छन्, के कुरामा रमाउँछन् त्यस्तै वातावरण बनाउने प्रयास गर्छन् ।

सकारात्मक भाव

कतिपय दम्पतीमा के हुन्छ भने, पति वा पत्नीले भनेको कुरालाई गलत व्याख्या गर्ने । गलत ढंगले बुझ्ने । यहि कारण उनीहरुमा मनमुटाव भइरहन्छ ।

यद्यपी पति/पत्नी जो आफ्नो पार्टनरप्रति सकारात्मक भाव राख्छन् । पार्टनरको भावनालाई सम्मान गर्छन् । पार्टनरले बोलेको, भनेको, सोचेको कुरालाई सकारात्मक रुपमा लिन्छन् । यस्ता पति/पत्नीले आफ्ना पार्टनरलाई माया गर्छ ।

सहयोगको भावना

अक्सर पति घरबाहिरको काम गर्ने, पत्नीले घरधन्दाको काम गर्ने पारिवारिक संरचना छ हामीकहाँ । घरधन्दाको काम गर्ने, बच्चा हेर्ने, खानपिन पकाउने जस्ता काम पत्नीको जिम्मामा लगाइन्छ । घर बाहिरको काममा पतिलाई अगाडि सारिन्छ । यस्तो अवस्थामा पति/पत्नीले आफ्नो पार्टनरको काम साझेदार गर्छन् भने उनमा अधिक माया हुन्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै