२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिउने हैन त, जमराको जुस ?

२०७५, २८ चैत्र बिहीबार ०९:१२

काठमाडौँ | पछिल्लो पटक जमराको जुस पिउनेहरुको वृद्धि भएको छ । उपत्यकामै पनि कतिपयले जमराको जुसलाई व्यवसायकै रुपमा पनि सुरु गरिसकेका छन् । यस्तो जुस पिउँदा हुने फाइदाबारे पनि धेरैले जानकारी खोजि गर्न थालेका छन् ।

बिशेष गरि जमरा भन्ने बित्तिकै हामीले हिन्दु धर्म मान्नेहरुको महत्वपूर्ण पर्व दशैँको स्मरण गर्छौं । दशैंमा गहुँ, जौ र मकै उमारेर जमरा बनाइन्छ र उक्त जमरा दशैको टिकाको दिन आफ्ना परिवारजन र आफन्तजनको निधारमा टिका लगाई कान वा टोपीमा जमरा सिउरिएर आशिस दिने चलन छ । सहज बुझ्ने अर्थमा भन्नु पर्दा गहुँ, जौ र मकै उमारेर बनाइने कलिला पहेँला/हरिया पातलाई जमरा भनिन्छ । 


भारत र अमेरिकालगयात देशमा वैज्ञानिक अनुसन्धानबाट हरियो जमरा (ह्विट ग्रास) को बारेमा अध्ययन भए पनि पहेलो जमराको बारेमा अनुसन्धान भएको छैन । हरियो जमराको जुस पिउनु राम्रो हुने कुरा अन्तराष्ट्रिय स्तरमै प्रमाणित भएको कुरा हो । हरियो जमराको जुसलाई हरियो रगत पनि भनिन्छ । किनकी यसले शरीरमा रगत बढाउँछ, जसले गर्दा रक्तअल्पता भएका बिरामीहरूलाई निकै फलदायी मानिन्छ । हरियो जमराको जुसमा प्रशस्त क्लोरोफिल हुने हुँदा यसमा एन्टिअक्सिडेनट गुण हुन्छ । जसले कोशहरूलाई छिटो बुढो हुन रोकेर शरीरलाई जवान राख्न सघाउँछ । यसका अलवा धेरै फाइदाहरु छन् – जो जमराबाट पाउन सकिन्छ । 

हरियो जमराको जुस पिउनाले मानिसको शरीरलाई चहिने खनिज र भिटामिन ए, बि, सी, ई समेत पाइन्छ । तयस्तै प्रोटिन र एमिनो एसिड समेत प्राप्त गर्न सकिन्छ । मानव शरीरमा हुने विषाक्त पदार्थहरू हटाउन, रगतमा चिनीको सन्तुलनमा राख्न र, दाँतको क्षति रोकथामको लागि पनि यो लाभदायक हुन्छ । यति मात्र होइन, पाचन सहायता गर्ने, र उच्च रक्तचापको स्तर घटाउन पनि हरिया जमराका जुस लाभदायक हुन्छ ।

जुसको नियमित सेवनबाट क्यान्सर हुनबाट समेत बच्ने, क्यान्सर भइसकेको भए क्यान्सर फैलिन रोक्छ । 

दिनको ५-१० ग्राम जमराको जुस पिउनु राम्रो हुने बताइएको छ । फाइदा गर्छ भन्दैमा एकैचोटी धेरै पिउनु राम्रो हुँदैन । 


यसको सेवनले रोग लाग्ने तत्वहरु हटाउनमा पनि मद्धत मिल्छ । मुख्यत: शरीरका लागि रोग प्रतिरोधात्मक क्षमतामा समेत यसले वृद्धि गर्छ । साथै मोटोपना हटाउनमा पनि यो लाभदायक छ । मुटुको लागि पनि यो निकै लाभदायक छ । 

बजारमा किनेरनै यसको सेवन गर्नुपर्छ भन्ने छैन । जसरी दशैंमा जमरा राखिन्छ त्यसरीनै प्राकृतिक तरिकाले जमरा उमारेर त्यसैलाई मिक्चरमा हालेर पेष्ट बनाएर पनि सेवन् गर्न सकिन्छ । 

जौ/गहुँको जमरा उर्मादा यसलाई घाम नर्छिने अध्यारो कोठाको आवश्यकता पर्दछ । जसमा राम्रो प्रांगारिक मल भएको धुलो माटो ४ इन्च जति बाक्लो हुनेगरी बर्गाकार, गोलाकार वा आयताकार भाँडामा राखी उक्त माटो माथि ठिक्क बाक्लो हुनेगरी जौ/गहुँको दानाहरु छर्नुपर्दछ र माथिबाट माटोले छोपि हल्का पानिले ओशिलो पार्नु पर्छ । यसरी जौ को जमरा राखेको ६/७ दिन जति पछि जमरालाई कैचीले काटेर सफासँग धोएर यसको जुस तयार गरी सेवन गर्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला