३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको यी ९ गलत बानी: जसले दिमागमा खतरनाक समस्या पैदा गर्छ ! जानी राखौं

३ बैशाख २०७६, मंगलवार ०७:४०

काठमाडौं | उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् ।

मुख्यतयाः तपाईंको दैनिक जीवनयापनको कारण दिमाग कमजोर भइरहेको हुन्छ । सामान्य लाग्ने कतिपय बानीव्यवहारले मानिसको मस्तिष्कमा नराम्रो असर पारिरहेको हुन्छ । जसको कारण छिट्टै विर्सने, पढेको कुरा याद नआउनुका साथै दैनिकमा कामकाजमा समेत झमेला ब्यहोर्नु परिरहेको हुन्छ ।

यस्तो समस्या दिनप्रतिदिन बढ्दै जाने र अन्तमा दिमागमा खतरनाक समस्या पैदा हुने विभिन्न अनुसन्धानमा देखाइएको छ ।

मानिसका केही यस्ता बानी छन् जसले उनीहरुको दिमागमा प्रत्यक्ष असर पारिरहेका छन्ः

१.खानपानमा लापरवाही

व्यस्तताका कारण कतिपय मानिसहरु खाना समयमा नखाने, अस्वस्थ खाना खाने गरिरहेका हुन्छन् । जसले शरीर मात्र होइन दिमाग पनि कमजोर बनाउँछ । बिहान खाने विहानदेखि लिएर रातिको खानासम्म स्वस्थ खान जरुरी हुन्छ । विहान खाली पेट बस्दा तपाईंको दिमागले काम गर्न सक्दैन र त्यसपछि धेरै खाना खाँदा दिमागमा उल्झन पैदा हुन्छ । जसले गर्दा तपाईं दिनभरी राम्रोसँग काम गर्न सक्नुहुन्न ।

२. धुमपान

धुमपान स्वास्थको लागि हानिकारक छ । यसले जीवनलाई छोट्याउने मात्र होइन दिमागलाई पनि कमजोर बनाउँछ । म्याकगिल युनिभर्सिटीले गरेको एक अध्ययनका अनुसार धुमपानले मस्तिष्कको संवेदनशील भाग कर्टेक्सलाई सीधा असर गर्छ जसको कारण स्मरण शक्तिमा कमी आउँछ ।

३. गलत बानी

आजभोलि मानिसहरुको जीवनशैली अन्तर्गत राति अबेरसम्म नसुत्ने, व्यायाम नगर्ने जस्ता बानीहरु पर्छन् । राति अबेरसम्म ल्यापटप, मोबाइल वा कम्प्युटरको अगाडि बस्नाले दिमागमा सीधा असर पर्छ ।

४. पानी कम पिउँदा

तिर्खाएको मानिसले भन्दा पानी पिउने मानिसको दिमाग १४ प्रतिशत तेज हुन्छ । यदि तपाईँ लामो दुरिको यात्रा, कुनै परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने साथमा पानी बोक्ने बानी बसाल्नुहोस् जसले तपाईंको दिमागलाई ताजा बनाइराख्छ र कुनै पनि महत्वपूर्ण कुरा बिर्सनबाट जोगाउँछ ।

५. अल्छी

अल्छी मानिसहरुको दिमाग कम रचनात्मक र कमजोर हुन्छ । किनकी उनीहरु दिमागको प्रयोग नै धेरै गर्दैनन् । तपाईं जति धेरै दिमागी काम गर्नुहुन्छ त्यति नै दिमाग रचनात्मक र सिर्जनशील बन्छ । साथै हरेक दिन कसरत गर्दा पनि दिमागलाई शक्ति मिल्छ र राम्रोसँग काम गर्न सक्छ ।

६. तनाव

तनावले पूरै शरीरको शत्रु हो । त्यसैले तनावबाट मुक्त हुन जरुरी छ । तनावले दिमागमा नराम्रो असर गर्छ । जब तनाव हुन्छ तब हाम्रो मृगौलाले तनाव ग्रन्थीको उत्पादन गर्छ । धेरै तनाव ग्रन्थीको उत्पादन हुँदा दिमागमा प्रत्यक्ष असर पर्छ ।

७. ईयरफोन

तपाईंले देख्नुभएको होला प्रायः मानिसहरु आजभोलि कानमा ईयरफोन र हेडसेट लगाएर गीत सुनिरहको हुन्छन् । तर लामो समयसम्म ईयरफोनको प्रयोग गर्दा कानसँगसँगै ब्रेन टिशुजको पनि नोक्सान पुर्याउँछ । लगातार यसो गर्दा अल्जाइमरको समस्या हुन्छ ।

८. निन्द्रा

एकजना स्वस्थ्य व्यक्तिलाई हरेक दिन ७ देखि ८ घण्टा सम्म सुत्न जरुरी हुन्छ । यसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि निन्द्रा पुगेन भने दिमागले भोलिपल्ट राम्रोसँग काम गर्न सक्दैन । जसले गर्दा दिमागले काम गर्ने क्षमतामा ह्रास आउँदै जान्छ ।

९. एक्लोपन

केहि मानिसहर भिडभाडभन्दा एकान्तमा बस्न रुचाउँछन् । लामो समयसम्म एक्लै बस्दा दिमागमा असर गर्ने अनुसन्धानमा उल्लेख भएको पाइन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन