३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काखी गन्हाउने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुस् यी ७ घरेलु उपाय

३ बैशाख २०७६, मंगलवार ०७:५३

काठमाडौं – गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ।

तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी यसका समाधान पनि छन्। काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः

सरसफाई र स्वास्थ्यमा ध्यान

काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरिरभर फैलिएर समग्रमा शरिर नै गन्हाउँछ। हाम्रो शरिरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनकी पसिना आउनु पनि एउटा नियमितता हो। तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा एकपल्ट नुहाउने गर्नुपर्छ। विशेगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ।  

हावा छिर्ने (प्राय कटन र फाईबर)का लुगा

हावा छिर्ने (प्राय कटन र फाईबर)का लुगा लगाउनुपर्छ। पसिना नसोस्ने तथा छालामा पनि अशर गर्ने भएकोले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ।

खाना खाँदा बिचार पुर्‍याउने 

गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ। यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरिरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ।

मौसमी फलफुल र पर्याप्त पानी

मौसमी फलफुल र प्रर्याप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ।

काखीमा कागती

गतीको रस दल्नु सबैभन्दा उपयुक्त घरेलु तरिका हो। यसबाट कुनै साइड इफेक्ट हुँदैन। आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र  यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ। यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ। यसले शरिरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ।

तुलसी र निम पात

लसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन्। यसले ब्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ। तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनुपर्छ। केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ। सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ। नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ।

छालाको पीएच घटाउ

एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन । तसर्थ स्याउको वाइन, भिनेगार, चियाको तेल र विच हेजल लगाउँदा पनि शरिरको दुर्गन्ध हट्छ। स्याउको वाइन, भिनेगर र विच हेजललाई पाखुरामुनि दल्ने गर्नुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन