२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काखी गन्हाउने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुस् यी ७ घरेलु उपाय

३ बैशाख २०७६, मंगलवार ०७:५३

काठमाडौं – गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ।

तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी यसका समाधान पनि छन्। काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः

सरसफाई र स्वास्थ्यमा ध्यान

काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरिरभर फैलिएर समग्रमा शरिर नै गन्हाउँछ। हाम्रो शरिरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनकी पसिना आउनु पनि एउटा नियमितता हो। तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा एकपल्ट नुहाउने गर्नुपर्छ। विशेगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ।  

हावा छिर्ने (प्राय कटन र फाईबर)का लुगा

हावा छिर्ने (प्राय कटन र फाईबर)का लुगा लगाउनुपर्छ। पसिना नसोस्ने तथा छालामा पनि अशर गर्ने भएकोले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ।

खाना खाँदा बिचार पुर्‍याउने 

गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ। यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरिरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ।

मौसमी फलफुल र पर्याप्त पानी

मौसमी फलफुल र प्रर्याप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ।

काखीमा कागती

गतीको रस दल्नु सबैभन्दा उपयुक्त घरेलु तरिका हो। यसबाट कुनै साइड इफेक्ट हुँदैन। आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र  यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ। यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ। यसले शरिरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ।

तुलसी र निम पात

लसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन्। यसले ब्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ। तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनुपर्छ। केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ। सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ। नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ।

छालाको पीएच घटाउ

एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन । तसर्थ स्याउको वाइन, भिनेगार, चियाको तेल र विच हेजल लगाउँदा पनि शरिरको दुर्गन्ध हट्छ। स्याउको वाइन, भिनेगर र विच हेजललाई पाखुरामुनि दल्ने गर्नुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै