२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावरी किन गडबडी हुन्छ ? जानी राखौं

२०७६, २६ बैशाख बिहीबार ०९:११

कतिपय महिलाको समस्या हुन्छ, महिनावरी गडबडी । सामान्यत महिलाहरुले आफ्नो कुरा गोप्य राख्छन् । महिनावरीको समस्याबारे पनि उनीहरु खुलेर कुराकानी गर्दैनन् ।

त्यही कारण हो, उनीहरुमा मानसिक तनाव हुने । महिलाको यस्तो मर्म घरपरिवार, सासु-ससुरा लगायतले सजिलै बुझिदिदैनन् । सामान्य लागेपनि यो समस्याले महिलालाई मानसिक र शारीरिक दुबै किसिमको पीडा दिइरहेको हुन्छ ।

महिनावरी किन गडबडी हुन्छ ? यसबारे महिलाहरु वेखबर हुन्छन् । हुनपनि महिनावरी गडबडी हुनुको कारण एकमात्र छैन । अनेक कारणले यस्तो समस्या हुने गर्छ । शहरिया वा चिकित्सकको पहुँचमा भएका महिलाहरु त आवश्यक परामर्श र परीक्षणका लागि अस्पताल धाउन सक्छन् । तर, ग्रामिण क्षेत्रका अझ दूर-दराजका महिलाहरु भने भित्रभित्रै यो पीडा गुम्साएर बस्ने गर्छन् ।

महिनावरी किन गडबडी हुन्छ त ?

भनिन्छ, सही किसिमको खानपानले पनि महिनावरी गडबडीको जोखिम हुँदैन । अर्थात महिनावरी नियमित गराउनका लागि कतिपय खानेकुरा उपयोगी हुनेगर्छ । यसै सन्दर्भमा विविसी हिन्दी अनलाइनले प्रतुत गरेको लेख यहाँ सान्दर्भिक छ ।

महिनावरी गडवडीमा खानपान जिम्मेवार

महिलाको शरीरमा हर्मोनल गडबडी हुनुमा खानपानको प्रत्यक्ष सम्बन्ध रहने गरेको एक अध्ययनले जनाएको छ । उक्त अध्ययन अनुसार जो महिला खानामा कार्वोहाइडे्रटस्को सेवन धेरै गर्छन्, उनीहरुमा महिनावारी समय अगावै सुरु हुने सम्भावना उच्च हुने गर्छ ।

विशेषगरी,  पास्ता तथा चामल अधिक सेवन गर्ने महिलामा महिनावारीको समस्या एक डेढ वर्ष पहिले नै सुरु हुने गर्दछ ।

गेडागुडीले सामान्य गडबडी

लिड्स विश्वविद्यालयले वि्रटेनका नौ सय १४ महिलामा गरेको एक अध्ययनमा माछा, मटर तथा गेडागुडीको सेवन गर्ने महिलाको महिनावारीमा सामान्य गडबडी हुने गरेको पाइएको थियो । जबकी महिनावारी गडबडी हुनुमा खानपानका साथै अन्य कुराले पनि असर पार्ने चिकित्सकहरु बताउँछन् ।

उक्त अध्ययन जर्नल अफ एपिडिमियोलोजी एण्ड कम्युनिटी हेल्थमा प्रकाशित थियो । उक्त अध्ययनमा महिलाहरु समक्ष खानपानबारे प्रश्न सोधिएको थियो । जसमा फलाहार तथा सागसब्जीको ज्यादा सेवन गर्ने महिलाहरुमा महिनावारी ढिलो हुने गरेको पाइएको थियो । जुन एक देखि डेढ वर्षको बीचमा रहेको पाइएको थियो ।

जबकी कार्वोहाइड्रट्सको ज्यादा सेवन गर्ने महिलाहरुमा महिनावारी एक देखि  डेढ वर्ष पहिले नै सुरु हुने गरेको पाइएको थियो । उक्त शोधमा शोधकर्ताहरुले खानपानका बाहेक महिलाको वजन, प्रजनन स्वास्थ्य तथा विभिन्न हर्मोनको प्रभावबारे पनि उल्लेख गरेका थिए ।

फलाहार सागसब्जीले महिनावरी ढिलो

प्रजनन स्वास्थ्य तथा हर्मोन सम्बन्धि समस्यालाई आणुवंशिक समस्यासित पनि जोड्ने गरिन्छ, जसको सोझो असर महिनावारीमा पर्ने गर्छ  । शोधकर्ताहरुले भ ने अनुसार फलाहार सागसब्जीमा एन्टीअक्सिडेनट तत्व पाइन्छ, जसको सेवनले महिनावारी ढिलो हुने गर्छ ।

जबकी माछामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ र, यो माछामा मात्र पाइने तेल हो । यसको सेवनले शरीरमा एन्टीअक्सिडेन्टको मात्रा ब ढ्ने गर्छ । जबकी कार्वोहाइड्रेट्सको सेवनले शरीरमा इन्सुलिन प्रतिरोधक क्षमतामा वृद्धि हुने गर्छ ।

यसले सेक्स हर्मोनलाई समेत प्रभावित पार्नुका साथै एस्ट्रोजनको मात्रा समेत बढाउँछ । यस्तो अवस्थामा महिनावारीमा गडबडी हुनुका साथै समय भन्दा पहिले महिनावारी हुने सम्भावना उच्च हुने गर्छ ।

यस शोधका शोधकर्ता जेनेट कैडका अनुसार महिनावारी हुने उमेर र महिलाको स्वास्थ्यसित प्रत्यक्ष सम्बन्ध हुन्छ  । जो महिलामा महिनावारी समयभन्दा पहिले हुन्छ, उनीहरुमा मुटु तथा हड्डी सम्बन्धि समस्या हुने सम्भावना उच्च हुने गर्छ । त्यस्तै, जो महिलामा महिनावारी समयभन्दा ढिलो हुने गर्छ, उनीहरुमा स्तन तथा गर्भाशयको क्यान्सर हुने सम्भावना अधिक हुने गर्छ ।

काउली, हरियो साग, बेसार, नरिवलको तेल लगायतका खाद्यान्नलाई महिलाको अण्डासयको गुणस्तरीयतासित जोडेर हेरिन्छ । तर त्यसको अर्थ यसले प्रजनन स्वास्थ्यको गुणस्तर बढाउँछ भन्ने कदापी हैन । यसको सिधा असर अणुवंशिक कारणसित हुने गर्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला