२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो यौन सम्पर्कमा के–के कुरामा ध्यान दिने ? विवाहपूर्वको यौन सम्पर्क थाहा हुन्छ कि हुँदैन ?

२०७६, ४ जेष्ठ शनिबार ०८:४६

युवा/युवती जोसुकैमा किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ । तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य समयमा यस्तो सजिलो किसिमको स्वतन्त्रता छैन । विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने गरेको हुनाले विशेषतः प्रेमिल सम्बन्धमा रहेका जोडीले लिंग योनि सम्पर्कलाई विवाहपछिको लागि साँचेर राख्नु बुद्धिमानी हुन्छ । 

तर, पनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौन सम्पर्क राख्न नसकिने भने होइन । मानिसमा कौतुहलता हुन्छ । ऊ नयाँ अनुभव सँगाल्न चाहन्छ । यस क्रममा पहिलो पटकको यौन सम्पर्क आफ्नो प्रेमिका, चिने जानेका वा व्यावसायिक यौनकर्मीसँग हुनसक्छ । उचित यौन शिक्षा एवं प्रजनन अंगको विस्तृत जानकारीको अभावमा पहिलो पटकको यौन सम्पर्क धेरैजसोका लागि त्यति सफल र सुखदायी हुँदैन । डर, त्रास, हतार, हतास तथा असुरक्षित वातावरणमा यौन सम्पर्क राख्नु पर्दा यौन सम्पर्क पूर्वको तयारीमा खासै ध्यान जाँदैन ।

विवाहपूर्वको यौन सम्पर्क 

विवाहपूर्व यौन सम्पर्क राखिएको कुरा थाहा पाउन गाह्रो छ। पुरुषलाई महिलाको यौनांगबारे सामान्य जानकारी हुने भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन। त्यसैले सामान्य तवरले यौन सम्पर्क राखिसकेको अथवा नराखेको योनि छुट्याउन गाह्रो हुन्छ। हाइमेन (योनिच्छद) को आधार लिन सकिन्छ तर यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ।

कौमार्य भंग भए पनि लचिलो योनिच्छद नच्यातिएको हुनसक्छ भने यौन सम्पर्क वेगरको अन्य शारीरिक क्रियाकलाप (साइकल चढ्दा, घोडा चढ्दा, खेलकुद) ले पनि पातलो योनिच्छद च्यातिएको हुनसक्छ। धेरैजसो विवाहपूर्वका यौन सम्पर्क योजनाबद्ध नहुन सक्छन् । यसका कारण प्रजनन जटिलता भने निम्तिन सक्दछ।

सफल यौन सुखका लागि सम्भोगको सही व्यवस्थापन गर्नुपर्छ। सम्भोग व्यवस्थापनको क्रममा कतिपय कुरामा ध्यान दिनुपर्छ। जस्तै कि तनावरहित अवस्थामा मात्र यौन सम्पर्क गर्ने, अनावश्यक दबाबका बेला यौन सम्पर्क नराख्ने, गोप्यताको निश्चितता तथा एकान्त वातावरणमा मात्र यौन सम्बन्ध राख्ने, हतार वा थकानपछि क्रमशः शीघ्र वा ढिलो स्खलनको समस्या हुनसक्छ त्यसैले यथेष्ट आरामपछि पाकक्रीडामा पर्याप्त समय दिई यौन कार्य गर्ने, थप मादकता दिने हुनाले हल्का संगीत बजाउने त्यसै गरी दुवैका लागि स्वीकार्य पफ्र्युम लगाउने, मधुरो प्रकाशको व्यवस्था गर्ने, डर, चिन्ता र थकान मेटाउने हुनाले दुवैले हल्का मद्यपान गर्ने, यौन कार्यको केही घण्टाअघि हल्का मिष्ठान्न भोजन गर्ने, यौन कार्यअघि र पछि शारीरिक सरसफाईमा ध्यान दिने।

पहिलो पटकको यौन सम्पर्कका बेला पुरुष यौनसाथीमा लिंग उत्तेजना नहुने, शीघ्र स्खलन हुने समस्या हुनसक्छ भने महिला यौनसाथीमा गर्भ रहला कि, यौन सम्पर्कपछि धोका देला कि, कसैले थाहा पाउला कि, बेइज्जत होला कि भन्ने डरले पूर्ण रूपमा यौन सन्तुष्टि प्राप्त गर्र्न गाह्रो हुन्छ। यस्तो परिस्थितिमा पहिलो यौन सम्पर्कको क्रममा हाइमेन (योनिच्छद) च्यातिई हल्का रक्तस्राव वा रगत मिसिएको योनिस्रावले झन् त्रास उत्पन्न गराउँछ।

मानव यौन प्रतिक्रिया चक्रको सम्पूर्ण चरणहरू, यौन संवेदनशील अंगहरू, पाकक्रीडाको जानकारीको अभावमा तथा यसलाई यथेष्ट समय दिई यौन सम्पर्क नगरिँदा तालमेल नमिली पार्टनर दुवैले यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन्। यसरी पहिलो गाँसमै ढुंगाको अनुभव सँगाल्नुपर्ने हुन्छ। यसै गरी सुरक्षित सेक्स, सुरक्षित चक्र, आकस्मिक गर्भ निरोध तथा गर्भपतनको कानुनी मान्यताको पर्याप्त जानकारी नहुँदा डरैडरमा यौन सम्पर्क राख्नुपर्ने हुन्छ। विभिन्न आसनको उपयोग, योनिमार्ग तथा पुरुष लिंग चिप्लो बनाउने तरिकाको जानकारीको अभावमा यौन कार्य कष्टप्रद हुन्छ।

यौन जोडीबीच एकआपसमा आफ्नो यौन चाहना, यौनेच्छा साटासाट नगरे वा एकले अर्कालाई यौन कार्यमा सहयोग नगरे पहिलो पटकको यौन सम्पर्कमा शारीरिक पक्ष बढी हाबी हुनसक्छ अर्थात् यौन कार्य केवल यान्त्रिक मात्र हुनसक्छ। तर, सफल सम्भोग कार्यमा मानसिक पक्षको भूमिका पनि उत्तिकै हुन्छ। विवाह इतरको यौन सम्बन्धमा विशेषतः महिला यौनसाथीको गोप्यताको उच्च कदर गर्नुपर्दछ।

आफ्नै प्रेमिका वा परिचित व्यक्तिसँग पहिलो पटकको यौन सम्पर्कपछि निरन्तर सम्पर्कमा रहनुपर्छ। यस क्रममा महिनावारी, यौनांगमा पीडा वा कुनै यौन समस्या वा पहिलो पटकको यौन सम्पर्कपछि कुनै तनाव, पिर, चिन्ता तथा उदासीपना छ/छैन बुझ्नु पर्छ। कुनै पनि समस्या उत्पन्न भएको खण्डमा आफ्नो यौनसाथीलाई भरपूर सहयोग गर्नुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि आफूले साथ दिने ढाडस दिनुपर्छ।

यस्तो कार्यबारे सम्बन्धित अभिभावकले थाहा पाएको खण्डमा गालीगलौज गर्ने, डर त्रास देखाउनेभन्दा पनि आफ्ना सन्तानलाई निश्चिन्त बनाई तिनीहरूलाई परेको समस्याको समाधान गोप्य तवरले गरिदिनुपर्दछ। यसबाट पाठ सिकी भविष्यमा नैतिक मूल्य, मान्यता कायम राख्न सल्लाह दिनुपर्छ। पहिलो पटकको यौन सम्पर्क तुलनात्मक रूपमा असुरक्षित हुनसक्छ। त्यसैले सदैव सुरक्षित सेक्सको पालना गर्नुपर्छ।

डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति विशेषज्ञ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला