३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो तौल घटाउने हो भने ३ बजे अघि नै खाजा खानुस्, सुत्ने र खाने समयमा ग्याप राख्नुस्

७ जेष्ठ २०७६, मंगलवार ०२:५२

सास | अमेरिकन जर्नल अफाक्लीनिकल न्यूट्रेशनमा प्रकाशित एक अध्ययन अनुसार दिउसोको खाजा ३ बजे पछी खानाले मानिसहरुमा तौल बढ्ने सम्भावाना हुने गरेको छ | यो अध्ययन स्पेनका करीब १२०० भन्दा बढी तौल बढी भएका मानिसहरुमा गरिएको थियो | 

स्वस्थ रहनको लागि सहि समय छानेर खाने कुराहरु खानु जरुरी हुन्छ | खास गरेर यदी तपाइको तौल बढेको छ भने तपाइँले अनिवार्य समय अनुसार खाने कुरा खानु उपयुक्त हुन्छ | यदी तपाई छोटो समयमै आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने, खानेकुराको साथसाथै खाने समयको बारेमा पनि धेरै कुराको जानकार हुनु आवश्यक रहेको अध्ययमा उल्लेख छ तर कामको चाप र समय नमिल्नाले धेरै मानिसहरु लन्च ढिलो गर्दछन् र यही कारणले तौल बढ्छ |

लन्च गर्ने सबैभन्दा अनुपयुक्त समय कुन हो ? 

अमेरिकन जर्नल अफा क्लीनिकल न्यूट्रेशनमा प्रकाशित एक अध्ययन अनुसार दिउसोको खाना ३ बजे पछी खानाले मानिसहरुमा तौल बढ्ने सम्भावाना हुने गरेको छ | यो अध्ययन स्पेनका करीब १२०० भन्दा बढी तौल बढी भएका मानिसहरुमा गरिएको थियो | जो आफ्नो बढ्दो तौलका कारण निकै तनावमा थिए | अध्ययनको क्रममा यस्तो पाईयो कि मानिसहरु दिउसो ३ बजेपछी खाजा खाने गर्दछन, जसको कारण उनीहरुको वजन झनै बढ्ने क्रममा रहन्छ |

यो अध्ययनमा खासगरि विशेष जेनेटिक भएका मानिसहरुलाई समावेश गराईएको थियो | सन् २०१३ मा भएको अर्को एक अध्ययनले पनि यस्तै कुरा सार्वजनिक गरेको थियो कि ३ बजेपछी खाजा खाने गर्नाले मानिसको तौल घट्दैन उल्टो बढ्छ |


लन्चको समयले कसरी पार्छ फरक ? 

खानु र सुत्नुले शरीरलाई ठूलो प्रभाव पार्छ | इन्सुलिन नामक हर्मोनमा पनि यसको गहिरो असर पर्छ | जब शरीरमा इन्सुलिन सेन्सिटिभिटी कम हुन्छ तब वजन कम गर्न मुस्किल हुन्छ |

खाना खाने सही समय कुन हो ? 

हार्वर्ड यूनिवर्सिटीद्वारा गरिएको अध्ययनले समय मिलाएर खाना नखानाले स्वास्थ्यमा नकारात्मक असर पर्दछ | जो मानिस सही समयमा खाने कुरा खाँदैन, उसको तौल घटाउन निकै समस्या पर्छ | हरेक दिन निश्चित समय मिलाएर खाना खाने गर्नाले शरीरको सर्केडियन क्लकले सही तरीले काम गर्छ |

रिपोर्टमा भने अनुसार सही समयमा खाना खानाले मेटाबलिज्म, मोटोपन र स्लिप साइकल सही तरीकाले काम गर्न थाल्दछ | तपाइँ पनि यदी आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने सही समयमा खाना खान शुरु गरि हाल्नुस  | 

बिहानको ब्रेकफास्ट गर्ने सहि समय बिहान ८ बजे भित्र, त्यसपछि ११ बजे भित्र बिहानको खाना, त्यसपछि ३ बजे भित्र खाजा र बेलुका ७ देखि ९ बजेभीत्र बेलुकीको खाना खाँदा राम्रो हुन्छ  | बेलुकीको खाना खाँदा अर्को महत्वपूर्ण कुरा के ध्यान दिनुस भने तपाइले खाने समय र सुत्ने समस्यको अन्तर ३ घण्टाको हुनुपर्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन