३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक्कासी मोबाइल बन्द भए फ्रिजमा हाल्दिनुस

१४ असार २०७६, शनिबार ०५:४७

सास । स्मार्टफोनमा सानो सानो समस्याले पनि कहिलेकाही हामीलाई दुख दिईरहेको हुन्छ । कहिलेकाही मोबाइलमा केहि समस्या आउन सक्छ त्यस्तो अवस्थामा मोबाइल कुनै पसलमा बनाउन लानु बन्दा पनि घरमै बसेर बनाउने प्रयास गर्न सकिन्छ । आज हामीले स्मार्ट फोनमा हुने केहि समस्या तपाइँ आफैले समाधान गर्न सक्नुस भन्ने हेतुले यो जानकारी दिएका छौं तल पढ्नुस: 

फोन एक्कासी बन्द भएमा…. 

कहिलेकाहि नयाँ वा पुरानो फोन एक्कासी बन्द हुन सक्छ । यस्तो अवस्थामा उक्त मोबाइललाई प्लास्टिकले बेरेर फ्रीज भित्र हालेर केहि समय पछी फोन अन गर्न सकिन्छ । स्मार्टफोनको ब्याट्री लिथियम आयनबाट बनेको हुन्छ । तातो भएपछी यसले एक्कासी काम गर्न छाड्छ ।  त्यसैले कुल फ्रिजमा फोन राख्दा ब्याट्री पुरानै अवस्थामा ल्याउन सकिन्छ । तर फ्रीजमा राख्दा फोनलाई राम्ररी प्लास्टिकले बेरेर राख्नुस नत्र फोन भिजन सक्छ । साथै १/२ घण्टा भन्दा धेरै बेर नराख्नुस । 

फोन पानीमा भिजेमा … 

फोन भिजेको छ भने तुरुन्त स्विच अन नगर्नुस् । साथै भिजेर पनि फोन खुलै छ भने स्विच अफ गर्नुस । यस्तो गर्दा फोनमा बिद्युत सर्ट हुन पाउंदैन । यदी ब्याट्री निकाल्न मिल्ने फोन छ भने तत्काल निकाल्नुस साथै सिम कार्ड, स्क्रीन गार्ड, मेमोरी कार्ड निकाल्नुस । फेरी कुनै कटनको कपडाले फोन पुछ्नुस । पुछीसके पछि फोन र ब्याट्रीलाई धान वा चामलभित्र दबाउनुस । धान वा चामलले फोनबाट छिट्टै पानि सोस्न मद्धत गर्छ । ८/१० घण्टापछी मोबाइल खोल्ने प्रयास गर्नु हुन्छ । 

फोन स्क्र्याच भएमा… 

यदि तपाइको फोनको स्क्रीन गार्ड छैन भने बिस्तारै स्क्राय्च हुन्छ । स्क्र्याच भएको भागलाई सफा गर्दा टुथपेस्ट प्रयोग गर्न सक्नुहुन्छ र नरम कपडाले बिस्तारै बिस्तारै पुछ्न सक्नुहुन्छ । यसले फोनको स्क्रीन सफा बनाउँछ । 

फोनको एप्लिकेशन क्र्यास भएमा वा ह्यांग भएमा…

यदि तपाइ एप्लिकेशन डाउनलोड गर्दै हुनुहुन्छ र त्यसै समय तपाइको एन्ड्रोइड फोनको एप्लिकेशन क्र्यास भएमा वा ह्यांग भएमा नआत्तिनुस । यस्तो अवस्थामा फोनको ब्याट्री निकालीदिनुस् । फेरी ब्याट्री लगाएर फोनलाई रीस्टार्ट गर्नुस । रीस्टार्ट गरेपछि गूगल प्लेमा गएर तपाईलाई चाहिएको ऐप फेरी अपडेट गर्न सक्नुहुन्छ । यदी अपडेटको अप्सन नआएमा उक्त एप्लाई अनइन्स्टल गर्नुस र फेरी इन्स्टल गर्नुस । समस्या समाधान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड