२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के यस्तो समस्याको कुनै हल छ ?

२०७६, २८ असार शनिबार १६:३२

डा. करुणा कुँवर ।

म ३३ वर्षीय अविवाहित पुरुष हुँ । मेरो विवाह भएको छैन तर मेरी गर्लफ्रेन्ड छिन् । उनीसँग कुरा गर्दा उनले धेरैजसो समयमा यौन सन्तुष्टिको अनुभूति नगरेको महसुस हुन्छ । मलाई उनको धेरै माया लाग्छ तर यस्तै अवस्था कायम रह्यो भने भविष्यमा के होला, उनीसँग विवाह गर्ने कि नगर्ने दुविधामा छु । कतै उनीसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने पीर पनि लाग्छ ।कहिलेकाहीं कतै मैले उनलाई असन्तुष्ट त बनाइरहेको छैन भन्ने पनि लाग्छ । यो कस्तो समस्या हो ? के यस्तो समस्याको कुनै हल छ ? -बी 

सबैभन्दा पहिले यो समस्या के हो भन्ने छोटो चर्चा गरौं । महिलामा हुने यस्तो समस्याको कारण जैविक, मनोवैज्ञानिक एवं सामाजिक हुन सक्छ । जैविक कारणमा जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रसायनिक वा औषधिको लामो समयसम्मको प्रयोग हुनसक्छ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौनरोग, गर्भ रहने डरजस्ता पक्षहरूको भूमिका हुन्छ ।

यदि यौनहिंसा भएको इतिहास छ भने पनि यस्तो हुनसक्छ । सामाजिक कारणमा पार्टनरसँग कम कुराकानी हुने वा हुँदै नहुने, एक–अर्काबीच झगडा भैरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन इच्छा प्रकट गर्न नहुने मान्यता छ वा अन्य कारण हुनसक्छ, जसमा महिलाले यौन सन्तुष्टि महसुस गर्न सक्दैनन् ।

चरम सन्तुष्टिमा पुग्न नसक्नुको कारणमा यीमध्ये एक वा यी सबैको मिश्रण पाइन्छ । हरेक महिलामा चरम सन्तुष्टि प्राप्त नहुनुको एउटै कारण हुँदैन ।

त्यसकारण यीमध्ये कुन कारण हो पत्ता लगाउनु आवश्यक हुन्छ र जुन कारण हो त्यसअनुसारको उपचार गरिनुपर्छ । कतिपय महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या उनीहरूको शारीरिक बनावट, आफ्नो पार्टनर सहज नभएको वा ऊसँगको सम्पर्कमा सही आसन प्रयोग नगरिएको हुनसक्छ ।

यौनसम्बन्धका क्रममा मस्तिष्कमा तनाव छ भने पनि चरम सन्तुष्टिमा पुग्न गाह्रो हुन्छ । केही महिलाले आफ्नो पार्टनरसँग भावनात्मक सम्बन्ध बलियो महसुस नगर्दा पनि सन्तुष्टि महसुस नगरिएको पाइन्छ ।

यदि तपाईंकी गर्लफ्रेन्डको तौल धेरै छ वा धूम्रपान गर्नुहुन्छ भने तौल घटाउने र धूम्रपान छाड्नुपर्ने हुन्छ । तपाईंले आफ्नो पार्टनरलाई उनको संवेदनशील अंग पत्ता लगाउन मद्दत गर्नुपर्ने हुन्छ । उनलाई यदि कुनै विधि ठीक लागे त्यही विधिअनुसार यौनसम्पर्क राख्न सकिन्छ । 

यसमा मनोपरामर्श र चिकित्सकीय उपचारको आवश्यकता छ कि पत्ता लगाउनु जरुरी हुन्छ ।

एक–अर्कासँग मनको कुरा गर्ने, कुराकानी गर्ने, एक–अर्काप्रति सम्मान देखाउने जस्ता कुराको कमी हो भने पनि खुलेर कुरा गर्नुपर्ने हुन्छ र त्यसको पनि कारणको खोजी गर्नुपर्ने हुन्छ । विभिन्न किसिमको औषधि–उपचार भए पनि धेरैजसो महिलालाई औषधी सेवनले प्रभाव नपारेको देखिन्छ । किनभने कुनै पनि औषधि जादु होइन । विशेष गरेर यदि यो समस्यामा मनोवैज्ञानिक वा सामाजिक कारण लुकेको छ भने त्यसलाई औषधिले समाधान गर्न सक्दैन । 

तपाईं र तपाईंकी गर्लफ्रेन्डबीच हाल सम्बन्धमा केही तनाव सिर्जना हुन थालेको छैन, त्यसैले यदि तपाईंको प्रयासले अझै काम गरिरहेको छैन भने यो सम्बन्धलाई बिग्रनबाट जोगाउन तपाईंहरू दुवैले खुलेर एक–अर्कासँग कुरा गर्न तथा परामर्श लिन आवश्यक छ । 

तपाईंहरूमध्ये एक जनाको कारणले यौनमा चरम सन्तुष्टि अनुभव हुन नसकेको हो कि दुवै जनाको समस्याले हो, पत्ता लगाउन पनि विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ । लामो समयसम्म समस्यालाई कायम राख्दा ग्लानि, हीनताबोध अनि दुई जनाबीचको बुझाइमा कमी आउन थाल्छ र अन्त्यमा सम्बन्ध बिग्रन सक्छ । स्रोत: साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला