२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भनिरोधक चक्की सेवनको तालिका छुटेमा के हुन्छ ? यसले महिनावारीमा के असर गर्छ ? जान्नुहोस

२०७६, १ भाद्र आईतवार ०७:५७

काठमाडौँ  | महिलाहरुले अनिच्छित गर्भ रोक्नका लागि गर्भनिरोधक चक्की अर्थात बर्थ कन्ट्रोल्स पिल्स सेवन गर्दा यसको तालिका छुटेमा के हुन्छ धेरै लाई जिज्ञाशा हुन सक्छ  | यदि कुनै दिन उक्त चक्की सेवन गर्न भुलियो भने के यसले तपाईं गर्भवती हुने सम्भावना बढ्छ ?

यौन रुपले सक्रिय महिला जो गर्भरहनबाट जोगिन चाहन्छन अर्थात गर्भ नरहोस् भन्ने चाहना भएका महिलाहरु लाई सामान्यत गर्भनिरोधक चक्की  सेवन गर्नका लागि सुझाव दिइन्छ, जो छन् र गर्भावस्थाबाट सुरक्षा चाहन्छन् । यौन गतिविधिमा सक्रिय भएर पनि बच्चा जन्माउन चाहँदैनन् । उनीहरुलाई नै गर्भनिरोधक चक्की सेवन गर्नका लागि सुझाव दिइन्छ ।

धेरैजसो महिला यसमा द्विविधाग्रस्त हुन्छन् । कन्ट्रसेप्टिव पिल त्यो हो जसलाई तपाईं आफ्नो महिना अनुसार सेवन गर्नुहुन्छ । यद्यपि जसले कुनै सुरक्षा विधी नअपनाई यौन सम्बन्ध बनाउन पुग्छन् उनीहरु संभावित गर्भबाट बच्नका लागि चक्की दिइन्छ, जसलाई आपतकालिन चक्की भनिन्छ ।

गर्भनिरोधक चक्कीले खासगरी यो  सेवन गरेपपछि ओभुलेसन रोकिन्छ, जसले अन्डा ओभरिजबाट बाहिर निस्कन पाउँदैन । यदि अन्डा ओभरीबाट बाहिर आएमा त्यो स्पर्मको सम्पर्कमा आउन सक्छ । यद्यपि सबै चक्कीले यसरी काम गर्दैन । केही चक्की गर्भाशयको भित्र बन्ने पत्रलाई अरु मोटो बनाइदिन्छ, जसले गदार्न स्पर्म अन्डासम्म पुग्न पाउँदैन ।

विज्ञहरुका अनुसार यो चक्की तब प्रभावकारी हुन्छ, जब यसलाई समय र सही ढंगले सेवन गरिन्छ । यदि महिलाले बिचमा कुनै दिन चक्की सेवन गर्न छाडेमा गर्भवती हुने संभावना बढ्छ । यदि चक्कीको कोर्सको पुरा गर्नुभएको छ भने यसले ९९ प्रतिशत काम गर्छ ।

के हुन्छ यदि तालिका छुटेमा ?

एस्ट्रोजन र प्रोजेस्टेरोनबाट बनेको यो कम्बिनेसन चक्कीले हर्मोनको हरेक महिना हुने परिवर्तन वा अस्थिरतालाई रोक्छ, जसले ओभ्युलेसन रोक्छ । अहिले यो चक्की यसरी तयार गरिएको छ कि त्यसको असर २४ घण्टासम्म रहन्छ । यस्तोमा जब तपाई चक्की लिन भुल्नुहुन्छ तब हर्मोनको स्तर तल र्झन पुग्छ । यही कारण टाउको दुख्ने, पेटमा गडबडी हुने, वान्ता हुने जस्ता साइड इफेक्ट देखापर्छ । विज्ञका अनुसार यदि तपाईंले यो चक्की लिन छुटाउनु भयो भने हर्मोन्सको स्तर सामान्यबाट तल र्झन पुग्छ, जसले गर्दा गर्भवती हुने संभावना बढ्छ ।

यदि तपाईंले मिड प्याकलाई बिचमा छाडिदिनुभयो भने वा चक्की सेवन गर्न भुल्नुभयो भने यसले महिनावरी चक्र पनि बिग्रन्छ जुन सामान्य हुनमा निकै समय लाग्छ । किनभने यसले ओभ्युलेसन चक्रलाई कन्ट्रोल र प्रोटेक्ट गर्छ । यसैले चक्की लिइएन भने ओभ्युलेसनमा असर पर्छ, जसले अन्डा ओभरीजबाट बाहिर निक्लन सक्छ । साथै यसबाट हल्का रक्तश्राव पनि हुनसक्छ ।

हरेक दिन चक्की सेवन गर्नुहुन्छ भने सकेसम्म एउटै समयमा लिने गर्नुहोस् । यसले गर्दा हर्मोन सन्तुलनमा रहन्छ । धेरै भन्दा धेरै एक वा दुई घण्टाको तल माथि चक्की लिने समय फेरबदल हुनसक्छ । यद्यपि यो समय पनि धेरै घटबढ भएमा गर्भवती हुने संभावना बढब्छ ।

जब महिला प्रेग्नेन्सीका लागि पूर्ण रुपले तयार हुन्छन् तब यो चक्कीलाई बिचमा सेवन गर्न बन्द गर्न सक्नुहुनछ । चक्की सेवन गर्न छाडेपछि मासिक स्राव र ओभ्युलेशन चक्त सामान्य हुनमा थोरै समय लाग्छ । यसका साथै अचानक बीचमा छाड्दा मुड स्विङ, कपाल पातलो हुने जस्ता समस्या आउन सक्छ । यस्तो भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

अब कुरा आउँछ कि यो चक्कि नियमित रुपमा सेवन गरिरहनुभएको छ । यौन क्रियाकलापमा पनि संलग्न भइरहनुभएको छ । गर्भवती हुन चाहनुहुन्न । यद्यपि भुलेर कुनै दिन तपाईंले यो चक्की लिन भुल्नुभयो । जतिबेला सम्झनुहुन्छ तत्काल अर्थात चाडो भन्दा चाडो चक्की सेवन गर्नुहोस् । जति चाडो गर्नुहुन्छ, खतरा उतिनै कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला