२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भनिरोधक चक्की सेवनको तालिका छुटेमा के हुन्छ ? यसले महिनावारीमा के असर गर्छ ? जान्नुहोस

१ भाद्र २०७६, आईतवार ०७:५७

काठमाडौँ  | महिलाहरुले अनिच्छित गर्भ रोक्नका लागि गर्भनिरोधक चक्की अर्थात बर्थ कन्ट्रोल्स पिल्स सेवन गर्दा यसको तालिका छुटेमा के हुन्छ धेरै लाई जिज्ञाशा हुन सक्छ  | यदि कुनै दिन उक्त चक्की सेवन गर्न भुलियो भने के यसले तपाईं गर्भवती हुने सम्भावना बढ्छ ?

यौन रुपले सक्रिय महिला जो गर्भरहनबाट जोगिन चाहन्छन अर्थात गर्भ नरहोस् भन्ने चाहना भएका महिलाहरु लाई सामान्यत गर्भनिरोधक चक्की  सेवन गर्नका लागि सुझाव दिइन्छ, जो छन् र गर्भावस्थाबाट सुरक्षा चाहन्छन् । यौन गतिविधिमा सक्रिय भएर पनि बच्चा जन्माउन चाहँदैनन् । उनीहरुलाई नै गर्भनिरोधक चक्की सेवन गर्नका लागि सुझाव दिइन्छ ।

धेरैजसो महिला यसमा द्विविधाग्रस्त हुन्छन् । कन्ट्रसेप्टिव पिल त्यो हो जसलाई तपाईं आफ्नो महिना अनुसार सेवन गर्नुहुन्छ । यद्यपि जसले कुनै सुरक्षा विधी नअपनाई यौन सम्बन्ध बनाउन पुग्छन् उनीहरु संभावित गर्भबाट बच्नका लागि चक्की दिइन्छ, जसलाई आपतकालिन चक्की भनिन्छ ।

गर्भनिरोधक चक्कीले खासगरी यो  सेवन गरेपपछि ओभुलेसन रोकिन्छ, जसले अन्डा ओभरिजबाट बाहिर निस्कन पाउँदैन । यदि अन्डा ओभरीबाट बाहिर आएमा त्यो स्पर्मको सम्पर्कमा आउन सक्छ । यद्यपि सबै चक्कीले यसरी काम गर्दैन । केही चक्की गर्भाशयको भित्र बन्ने पत्रलाई अरु मोटो बनाइदिन्छ, जसले गदार्न स्पर्म अन्डासम्म पुग्न पाउँदैन ।

विज्ञहरुका अनुसार यो चक्की तब प्रभावकारी हुन्छ, जब यसलाई समय र सही ढंगले सेवन गरिन्छ । यदि महिलाले बिचमा कुनै दिन चक्की सेवन गर्न छाडेमा गर्भवती हुने संभावना बढ्छ । यदि चक्कीको कोर्सको पुरा गर्नुभएको छ भने यसले ९९ प्रतिशत काम गर्छ ।

के हुन्छ यदि तालिका छुटेमा ?

एस्ट्रोजन र प्रोजेस्टेरोनबाट बनेको यो कम्बिनेसन चक्कीले हर्मोनको हरेक महिना हुने परिवर्तन वा अस्थिरतालाई रोक्छ, जसले ओभ्युलेसन रोक्छ । अहिले यो चक्की यसरी तयार गरिएको छ कि त्यसको असर २४ घण्टासम्म रहन्छ । यस्तोमा जब तपाई चक्की लिन भुल्नुहुन्छ तब हर्मोनको स्तर तल र्झन पुग्छ । यही कारण टाउको दुख्ने, पेटमा गडबडी हुने, वान्ता हुने जस्ता साइड इफेक्ट देखापर्छ । विज्ञका अनुसार यदि तपाईंले यो चक्की लिन छुटाउनु भयो भने हर्मोन्सको स्तर सामान्यबाट तल र्झन पुग्छ, जसले गर्दा गर्भवती हुने संभावना बढ्छ ।

यदि तपाईंले मिड प्याकलाई बिचमा छाडिदिनुभयो भने वा चक्की सेवन गर्न भुल्नुभयो भने यसले महिनावरी चक्र पनि बिग्रन्छ जुन सामान्य हुनमा निकै समय लाग्छ । किनभने यसले ओभ्युलेसन चक्रलाई कन्ट्रोल र प्रोटेक्ट गर्छ । यसैले चक्की लिइएन भने ओभ्युलेसनमा असर पर्छ, जसले अन्डा ओभरीजबाट बाहिर निक्लन सक्छ । साथै यसबाट हल्का रक्तश्राव पनि हुनसक्छ ।

हरेक दिन चक्की सेवन गर्नुहुन्छ भने सकेसम्म एउटै समयमा लिने गर्नुहोस् । यसले गर्दा हर्मोन सन्तुलनमा रहन्छ । धेरै भन्दा धेरै एक वा दुई घण्टाको तल माथि चक्की लिने समय फेरबदल हुनसक्छ । यद्यपि यो समय पनि धेरै घटबढ भएमा गर्भवती हुने संभावना बढब्छ ।

जब महिला प्रेग्नेन्सीका लागि पूर्ण रुपले तयार हुन्छन् तब यो चक्कीलाई बिचमा सेवन गर्न बन्द गर्न सक्नुहुनछ । चक्की सेवन गर्न छाडेपछि मासिक स्राव र ओभ्युलेशन चक्त सामान्य हुनमा थोरै समय लाग्छ । यसका साथै अचानक बीचमा छाड्दा मुड स्विङ, कपाल पातलो हुने जस्ता समस्या आउन सक्छ । यस्तो भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

अब कुरा आउँछ कि यो चक्कि नियमित रुपमा सेवन गरिरहनुभएको छ । यौन क्रियाकलापमा पनि संलग्न भइरहनुभएको छ । गर्भवती हुन चाहनुहुन्न । यद्यपि भुलेर कुनै दिन तपाईंले यो चक्की लिन भुल्नुभयो । जतिबेला सम्झनुहुन्छ तत्काल अर्थात चाडो भन्दा चाडो चक्की सेवन गर्नुहोस् । जति चाडो गर्नुहुन्छ, खतरा उतिनै कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह