२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिलेनसनशिपमा हुँदा गर्न नहुने ५ गल्ती के के हुन् जन्नुहोस

२०७६, १० भाद्र मंगलवार ०७:२७

 एजेन्सी |  मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको अवस्थामा सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् । 

मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धीत र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ? 

व्यक्तिगत जीवनसँग सम्बन्धीत कुराहरु सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्दा यसले मानिसको जीवनमा पार्ने प्रभाव निकै नराम्रो हुन सक्छ । के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ । 

सम्बन्ध र व्यक्तिगत जीवनसँग मेल खाने के–के कुरा सामाजिक सञ्जालमा शेयर गर्नुहुँदैन ? 

महंगो उपहार :तपाईंको पार्टनरले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ ।

व्यक्तिगत फोटो : आफ्नो पार्टनरसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् । 

घुम्न जाने ठाउँको जानकारी :यदि तपाईं छुट्टिमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् । 

ब्रेकअप: यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भएको छ र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । त्यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ ।

झै–झगडा :सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ । यसका साथै त्यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ । भने, अन्य मानिसको अगाडि उसको छवि नराम्रो हुन सक्छ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा कुनै मिल्ने मान्छेसँग मनको कुरा शेयर गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला