२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यदि तपाई आफ्नो बच्चाको नाम राख्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस यी कुराहरु

२०७६, १४ भाद्र शनिबार ०७:२७

काठमाडौँ | यदि तपाई आफ्ना बच्चाहरुको नाम राख्दै हुनुहुन्छ भने राम्रो संग बुझेर मात्र राख्नुहोस | नाम भनेको पछि गएर उसको पहिचान हो | बच्चाको खुशीसँगै अनेक जिम्मेवारीहरु पनि बढ्न थाल्छ । तीमध्ये सबैभन्दा पहिलो जिम्मेवारी बच्चाको नामाकरण नै हो, प्रायः आमा-बुबा आफ्नो बच्चाको नाम के राख्ने भन्ने द्विविधामा परेको पाइन्छ ।

यद्यपि, शेक्सपियरको भनाइअनुसार नाममा के राखेको छ र ? भन्ने सोच्ने हो भने त नाम भनेको सामान्य कुरा हुन्छ । तर, नाम भनेको बच्चालाई आमा-बुबाले दिएको त्यस्तो उपहार हो, जुन जीवनभर ऊसँग रहन्छ । भविष्यमा ऊ त्यही नामले चिनिन्छ, त्यसैले नाम छनौट गर्दा विभिन्न झमेलाहरु आउनु स्वभाविक नै हो । यदि तपाईं आफ्नो बच्चाको नाम के राख्ने भन्ने समस्यामा हुनुहुन्छ भने ती कुराहरुमा ध्यान दिनुुहोस्, जसले तपाईंको समस्यालाई केही हदसम्म कम गर्न सहयोग पुर्‍याउने छ ।

तपाईंलाई के राम्रो लाग्छ ?

तपाईंले आफैसँग सोध्नुहोस्, तपाईंलाई कस्तो किसिमको नाम मनपर्छ ? तपाईंलाई केही फरक किसिमको नाम मनपर्छ कि पारम्परिक नाम मनपर्छ ? जब तपाईंले यो प्रश्नको जवाफ पाउनु हुन्छ, कस्तो प्रकारको नामको बारेमा सोच्नु हुँदैन भन्ने कुरामा तपाईं निश्चित हुनुहुन्छ । हामीले रोजेको नामले हाम्रो व्यक्तित्व वयान गर्छ ।

पौराणिक नामको माग

आज-भोलि पुराना नाम विशेष गरेर पौराणिककालका नामको माग बढेको छ । यदि तपाईंलाई पौराणिक कामको प्रसिद्ध व्यक्तिहरुको नाम मनपर्छ भने त्यसमा केही आधुनीकरण गरेर नाम राख्न सक्नु हुन्छ । तर, यस प्रकारको नाम राख्दा भविष्यमा यही नामको कारण तपाईंको बच्चा हाँसोको पात्र नबनोस् भन्ने कुरालाई ध्यान दिनु आवश्यक छ । त्यस्तै तपाईंले राख्नु भएको नामको उच्चारण पनि मानिसले सही तरिकाले गर्न सकोस् भन्ने कुरालाई पनि ध्यान दिनु पर्छ ।

बचेर प्रयोग गर्नुहोस्

हिजो-आज अभिभावकहरुले बच्चाको नाम राख्दा धेरै प्रयोग गर्न थालेका छन् । श्रीमान्-श्रीमतीको नाम जोडेर नयाँ नाम निकाल्ने चलन बढ्दै गएको छ । तर नाममा प्रयोग गर्दा बच्चाको नाम नै उसको कमजोरी र आफ्नो नामभन्दा अप्ठ्यारो लाग्ने जस्ता किसिमको नामहरु छनौट गर्नु हुँदैन ।

यी उपायहरु अपनाउनुहोस्

यदि तपाईंले आफ्नो बच्चाको नाम छनौट गरिसक्नु भएको छ, तर त्यही नाम राख्ने भनेर निश्चित हुनु भएको छैन भने यी तरिकाहरु अपनाउन सक्नु हुन्छ । आफूले राखेको नाम उच्चारण गर्नुहोस्, ठूलो स्वरले पनि बोलाउनुहोस्, आफ्नो थरसँग जोडेर बोलाउनुहोस् । तपाईंलाई उसको नाम सुन्दा कस्तो लाग्यो भन्ने अन्दाज आफैं गर्न सक्नु हुन्छ ।

परिवारमा नाम राख्ने परम्परा

प्रायः परिवारमा बच्चाको नाम अगाडिबाट आउने अक्षरको आधारमा राखिने गरिन्छ । यदि तपाईंको परिवारमा पनि यही परम्परा छ भने तपाईंको नाम छनौट गर्ने समस्या समाधान भएको सम्झनुहोस् । तपाईंले अंग्रेजी २६ अक्षरबाट शुरुआत हुने नामको बारेमा सोच्न सक्नु हुन्छ र त्यही अक्षरबाट कुनै आधुनिक नाम पनि सोच्न सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला