२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाठेघरको मुखको क्यान्सर भएको थाहा पाउने यी हुन् सुरुवाती संकेत

१४ भाद्र २०७६, शनिबार १०:००

भदौ १४, काठमाडौँ  |  विश्वमा धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५-४० बर्षको उमेरपछि हुन्छ । 


विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ | पाठेघरको मुखको क्यान्सरलाई निकै खतरनाक मान्ने गरिन्छ । किनभने यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ । यसले शरीरका भित्री अंगहरुमा नराम्ररी प्रभावित बनाउँछ ।जबकी पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गंभिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ । यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार संभव र सहज हुन्छ । त्यसैले शरीरमा देखिने केही यस्ता संकेतपछि सर्तक हुनुपर्छ ।

१.धेरै रक्तस्राब :सामान्यत पाठेघरको मुखको क्यान्सर ३५ देखि ४० बर्षको उमेरपछि हुनेगर्छ । यद्यपि यसको संकेतबाट रोग पहिचान गर्न सकिन्छ । यदि शारीरिक सम्बन्ध र रजनोवृत्तिपछि पनि धेरै रक्तश्राब भयो, प्रजनन अंगमा दुखाई महसुस भयो भने यो पाठेघरको मुखको क्यान्सरको लक्षण हो । यस्तो स्थितिमा तपाईंले तुरुन्तै चिकित्सकको परामर्श लिन आवश्यक छ ।

२.वाइट डिस्चार्ज हुनु :अक्सर महिलाले वाइट डिस्चार्ज जस्ता समस्यालाई आम समस्या मानेर नजरअन्दाज गर्छन्, जो पछि गएर निकै खतरनाक सावित हुनसक्छ । यस्तो समस्यालाई नजरअन्दाज गर्नु हुँदैन किनभने यो पाठेघरको मुखको क्यान्सरको लक्षण पनि हुनसक्छ ।

३.कोखको पीडा: मासिक धर्ममा सामान्यतः महिलाको कोखमा दुखाई अनुभव हुँदैन । तर, अचानक हल्का वा तिब्र दुखाई महसुस हुन थालेमा त्यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ । यस्तो स्थितिमा तपाईंले तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ ।

४.पिसाब गर्दा पीडा: यदि पाठेघरको लक्षणलाई नजर अन्दाज गरियो भने यो क्यान्सर यतिसम्म बढ्न पुग्छ कि त्यसले पिसाबको थैलीसम्म पुग्न सक्छ । यसले गर्दा पिसाब फेर्दा कठिन हुन्छ । यस्तो स्थितिमा पनि तपाईंले तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ ।

५.गुप्ताङ्गमा जलन:मासिक स्रावका क्रमममा वा सम्बन्ध बनाइरहेको बेला रक्तश्राव हुनु वा अचानक गर्भाशयमा जलन हुनु पनि पाठेघरको मुखको क्यान्सरको लक्षण हो । यस्तो लक्षणलाई नजरअन्दाज नगरौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ