२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् केराको बोक्राको फाइदै-फाइदा !

१६ भाद्र २०७६, सोमबार ०७:३७

भदौ १६, काठमाडौँ | यदि तपाईंले अहिलेसम्म केराको बोक्रालाई फोहोर सम्झेर त्यत्तिकै फ्याँकिरहनु भएको छ भने अबदेखि त्यस्तो नगर्नु होला । किनभने केराको बोक्रामै यति धेरै गुण तथा फाइदाहरु छन्, जसका बारेमा तपाईंलाई जानकारी नै छैन । त्यसमा भएको भिटामिन, कार्बोहाइड्रेट, एन्टि अक्सिडेन्ट तथा पोटासियम जस्ता तत्वहरु तपाईंको छालाको लागि कुनै वरदानभन्दा कम छैन ।

यस्ता छन् केराको बोक्राका फाइदाहरु

 तपाईंको अनुहारमा छालासम्बन्धी समस्या जस्तो डण्डिफोर, एक्ने अथवा कालो दाग आएको छ भने केराको बोक्राले तपाईंलाई सहयोग गर्न सक्छ । त्यसका लागि केराको बोक्रामा मह लगाएर अनुहारमा हल्का हातले मसाज गर्ने र केही समयपछि सफा पानीले अनुहार धुनु भयो भने तपाईंले छालाका समस्याबाट छुटकारा पाउने हुनेछ ।

ब्ल्याक हेडको समस्याका लागि पनि केराको बोक्रा उपयोग गर्न सकिन्छ । त्यसका लागि केराको बोक्रालाई मिचेर त्यसमा आधा चम्चा कागतीको रस तथा एक चिम्टी बेकिङ पाउडर मिसाउने । त्यसपछि उक्त मिश्रणलाई ब्ल्याक हेड आएको ठाउँमा लगाउने र दश मिनेटपछि सफा पानीले धुने । त्यसो गर्दा ब्ल्याक हेडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

दाँतमा भएको पहेंलोपनलाई हटाउनका लागि पनि केराको बोक्रा निकै नै प्रभावकारी मानिन्छ । करिब एक हप्तासम्म सधैं बिहान एउटा केराको बोक्राले दाँतमा राम्ररी रगडेर कुल्ला गर्नु पर्छ । यसो गर्दा दाँतको पहेंलोपनबाट छुटकारा पाउन सकिन्छ ।

आँखाको तल्लो भागमा कालो हुने समस्याबाट ग्रसित हुनुहुन्छ भने त्यसमा पनि पनि केराको बोक्रा काम लाग्छ । त्यसका लागि केराको बोक्रालाई मिक्सर-ब्लेन्डरमा पिस्ने र त्यसमा एलोभेरा जेल मिसाएर आँखाको तल्लो भागमा लगाउने । उक्त पेस्ट सुकेपछि राम्ररी पखाल्नु पर्छ ।

केराको बोक्रामा पाइने एन्टि अक्सिडेन्टले छालाको चाउरीपनाबाट पनि छुटकारा दिन्छ । त्यसका लागि केराको बोक्रालाई मिक्सरमा पिस्ने र त्यसमा दुई चम्चा बदामको तेल मिसाएर अनुहारमा लगाउने । करिव २० मिनेटपछि सफा पानीले अनुहार धुने । यसो गर्नाले अनुहारको छाला चाउरी पर्नबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ